Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सैपुको विद्युतीकरण काण्डको थप खुलासा, यस्तो छ नालीबेली

जनता भ्वाइस by जनता भ्वाइस
October 14, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
सैपुको विद्युतीकरण काण्डको थप खुलासा, यस्तो छ नालीबेली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज २७, प्रकाश न्यौपाने ।


मन्थली नगरपालिका वडा नं. २ का वडाध्यक्ष तरणीशंकर अधिकारी अष्ट्रेलियाबाट फर्किए लगत्तै क्वारेन्टिनमा नै मदिरापाटीको आयोजना गरेर विवादमा आएसँगै छिमेकी पालिकाका वडाध्यक्ष पनि विवादमा तानिएका छन् ।


छिमेकी पालिका लिखु तामाकोसी २ का वडाध्यक्ष पदमबहादुर तामाङ बिजुलीको मिटरबक्स काण्डमा फसेका छन् । लिखु तामाकोसी वडा नं. २ का वडाध्यक्ष तामाङ सैपुमा विद्युतीकरण गर्ने कार्य भइरहेको अवस्थामा प्रति मिटरबक्स ५ सय २३ रुपैयाँ स्थानीयसँग अनाधिकृत रुपमा उठाएर भ्रष्टाचार गर्न लागिपरेको भन्ने आरोप खेपिरहेका छन् ।

वडाध्यक्ष तामाङ्ग भन्छन् :

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाईन सैपुमा वितरणको कार्य भइरहेको छ । मिटरबक्स खरिद प्रक्रियाका लागि लिएको जम्मा २ हजार ७ सय पनि सत्य हो । हामीले लिएको २ हजार ७ सय रुपैयाँमा २ हजार ४ सय ७६ रुपैयाँ ८० पैसा ५ देखि १५ एमपियरसम्मको मिटरबक्सका लागि पर्छ । बाँक ५ सय २३ रुपैयाँ २ पैसा हामीले आफूखुशी खानका लागि उठाएका होइनौं । विद्युत प्राधिकरणका कर्मचारीले हामीलाई प्रष्ट रुपमा भनेका थिए कि, ‘हाम्रा करारका कर्मचारीहरुको तलब १२ देखि १३ हजारसम्म मात्र हुन्छ ।

यस्तो अवस्थामा उनीहरुले प्रति मिटर जडान बापत् ५ सय रुपैयाँसम्म लिन्छन् तर त्यसको भरपाई दिँदैनन् ।’ यसरी विद्युत प्राधिकरणका कर्मचारीले भनेपछि हामीले जसरी पनि बिजुली बाल्नु त परिहाल्यो भनेर उपभोक्तासँग ५ सय २३ रुपैयाँ २ पैसा बढी उठाएकै हौँ ।


तर हालका दिनमा जब यो विषय विवाद्को रुपमा आयो, त्यो तब विद्युत प्राधिकरण, रामेछाप वितरण केन्द्रका कर्मचारी कैलाश अधिकारीले कर्मचारीहरुलाई हामी हाम्रो तलब काटेरै भएपनि करारका ती कर्मचारीहरुलाई हामी व्यहोर्छौं भन्ने कुरा गरेका छन् । त्यसको टेलिफोन कल रेकर्ड मसँग प्रमाणको रुपमा छ ।


अर्को कुरा प्राधिकरणका कर्मचारीहरुलाई प्रति मिटरबक्स जडान खर्च दिनुपर्ने भनेको सँगै यो मिटरबक्स खरिद् कार्यका लागि म ६ पटक रामेछाप धाएको छु । कति ग्राहकको लालपुर्जा धुजाधुजा भएको र त्यसको प्रतिलिपि निकाल्नका लागि पटक पटक मन्थली जानुपरेको अवस्थामा पनि थियो । त्यो खर्च पनि त्यसमै पर्न आउँछ । मिटरबक्स ढुवानीका लागि ढुवानी खर्च लागेको छैन । किनकी मिटरबक्सको ढुवानी प्राधिकरणको गाडीले नै गरिदिएको हो ।


मिटर जडान कार्य नसकिएकोले हामीले सार्वजनिक सुनुवाई गर्न पाएका छैनौं । काम सकिनासाथै सार्वजनिक सुनुवाई गरी खर्चको वास्तविकता जनताको माझमा प्रष्ट देखाउन सक्छु म । हाल संकलन गरेको रकम २ हजार ७ सयबाट मिटरबक्स खरिद गरेको पैसा कटाएर बाँकी रकम ग्राहकहरुलाई फिर्त गर्छु । फिर्ता हुने रकम ५ सय २३ रुपैयाँ हो ।

विद्युत प्राधिकरण भन्छ, हामीलाई धन्यवाद् भए पुग्छ :

सैपुको यो घटना बाहिर आएसँगै जनता भ्वाइससँग नेपाल विद्युत प्राधिकरण, शाखा मन्थलीका प्रमुख विनोद अधिकारीले आफ्नो प्रतिक्रिया दिएका छन् । आफ्नो प्रतिक्रियामा उनी भन्छन्, ‘हामी हाम्रा कर्मचारीहरुलाई सामान्य कार्यालय समयमा मात्र काममा खटाउने गर्दैनौं । हामीले हाम्रा ग्राहकको भलाईका लागि साँझ बिहानको समयमा पनि काममा खटाउने गरेका छौं । हाम्रा कर्मचारीहरुलाई थप काममा खटाए बापत् थप रकमको माग कुनै ग्राहकसँग गरेका छैनौं । गरेको प्रमाण यदि कोहीसँग छ भने पेश गर्न सक्नुहुन्छ । त्यसको कडा भन्दा कडा कारबाही हामी गर्न तयार छौं ।’


रामेछाप वितरण केन्द्रका कर्मचारी कैलास अधिकारीको नामै किटेर वडाध्य तामाङले भनेपछि हामीले यस बारेमा जिज्ञासा राख्दा उनी भन्छन्, ‘मैले कुनै कर्मचारीलाई ग्राहकसँग थप पैसा लिनुस् भनेको छैन । अब कर्मचारीहरुले यस्तो खाले अपचलित कार्य गरे भन्नेमा मलाई शत प्रतिशत विश्वास त लाग्दैन । तर यदि कैलासजीले यस्तो कार्य गर्नुभएको हो भने कारवाही हुन्छ । तर सरकारी कार्यालयीय प्रक्रिया हो, लिखित् उजुरी जसले दिएपनि कारबाहीको लागि प्राधिकरण तयार छ ।
अर्कोकुरा, हामीले साँझ बिहान नभनी कर्मचारीहरुलाई काममा लगाउँदा हामीलाई चाहिने भने ग्राहकको खुशी मनले धन्यवाद् मात्रै हो । हाम्रो अपेक्षा यति नै हो । बिना तथ्य प्रमाणका हल्लाहरु फैलाएर कर्मचारीहरुको काम गर्ने मनोबलमा प्रभाव पार्ने कार्य नगरियोस् ।’


सैपुको विद्युत मिटरबक्स जडान कार्य हालका लागि रोकिएको छ । वडाध्यक्ष तामाङ्का अनुसार हाल प्राधिकरण्का कर्मचारीहरु मिटरबक्स जडान कार्य बिचमै रोकेर जिल्ला फर्किएका छन् । साथै, तामाङ्ले मिटरबक्स खरिद प्रक्रियामा बढी रकम लिएको र जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको परिणामस्वरुप आफूले बढी लिएको रकम फिर्ता गर्छु भनेर कागज गरेको भन्ने हल्ला भ्रामक भएको आफूले जारी गरेको प्रेस विज्ञप्तीमा समेत भनिसकेका छन् । यसै सम्बन्धमा हामीले जिल्ला प्रहरी कार्यालयसँग बुझ्दा यस्तो तथ्य फेला परेको छ ।

यसो भन्छन्, रामेछापका डिएसपी :

‘लिखु तामाकोसी गाउँपालिका २ नं. वडाका वडाध्यक्ष पदमबहादुर तामाङले विद्युत मिटरबक्स खरिद् प्रक्रियामा बढी पैसा लिएको भन्ने उजुरी हामीकोमा आएको थियो । त्यो बढी पैसा लिए नलिएको बारे हाम्रो क्षेत्राधिकारको विषय होइन । लेनदेन वा आर्थिक कारोबारको विषय हामी हेर्न सक्दैनौं । जिल्ला प्रशासन वा अन्य कुनै कार्यालयले हेर्ने विषय हो यो । तर वडाध्यक्ष र स्थानीय एक युवा बीचमा भएको झगडाको विषयमा मात्र हामीले चासो दिएका हौं । मिटरबक्स खरिद् बारेमा भएको आर्थिक हिसाबकिताबको हामीले कुनैपनि कागज गराएका छैनौं । त्यो हाम्रो क्षेत्रभित्रको विषय होइन ।’


समादरणीय पाठकवृन्द, सैपुको यो घटनासँगसँगै रामेछाप जिल्लाका अन्य पालिकाभित्र भएका र हुन बाँकी विद्युतीकरण कार्यमा समेत बढी रकम लिएको भन्ने सूचना हाम्रो न्यूज डेक्सलाई प्राप्त भइरहेको छ । त्यसको वास्तविकता समेत हामी पाठक माझमा यथासक्य छिटो राख्नेछौं ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पहिल्यै बनेको बीसीजी खोप कोभिड उपचारमा परीक्षण गरिँदै

Next Post

अर्धाङ्गिनी र सिपाही

Next Post
अर्धाङ्गिनी र सिपाही

अर्धाङ्गिनी र सिपाही

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.