Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पहिल्यै बनेको बीसीजी खोप कोभिड उपचारमा परीक्षण गरिँदै

जनता भ्वाइस by जनता भ्वाइस
October 14, 2020
in समाचार, स्वास्थ्य
0
पहिल्यै बनेको बीसीजी खोप कोभिड उपचारमा परीक्षण गरिँदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बीबीसी । बेलायतका वैज्ञानिकहरुले अहिले १९२१ मा बनेको बीसीजी खोपको परीक्षण गर्न सुरु गरेका छन् । यसले कोभिडबाट ज्यान बचाउन सक्छ सक्दैन भन्ने थाहा पाउनका लागि उनीहरुले अध्ययन थालेका हुन् । यो खोप त्यससमय टीबी रोगका लागि निर्माण गरिएको थियो तर यसले अन्य संक्रमणहरुबाट पनि जोगाउन सक्ने केही प्रमाणहरु भेटिएका छन् । र, यसको ट्रायलमा अहिले १ हजार भन्दा बढी मानिसहरु सहभागी हुने बताइएको छ ।

प्रायः मानिसहरुले बाल्यकालमा नै यो खोप लगाइसकेका हुन सक्छन् तर यसबाट अहिले लाभ हासिल गर्न फेरि लगाउन आवश्यक रहेको बताइएको छ । खोपहरु प्रतिरोधात्मक प्रणालीलाई नै विशेष रुपमा लक्षित गर्ने किसिमले डिजाइन गरिएको हुन्छ जसले कुनै निश्चित संक्रमणविरुद्ध सुरक्षा दिन्छ । तर यही प्रक्रियाले प्रतिरोधात्मक प्रणालीमा अति तीव्र परिवर्तनहरु पनि ल्याउँछ । यसैकारण यो खोपले अन्य संक्रमणहरुप्रति इम्युन सिस्टमले दिने प्रतिक्रिया पनि वृद्धि गर्न सक्ने वैज्ञानिकहरुले आशा गरेका छन् । यसले कोभिडविरुद्ध हाम्रो शरीरलाई फाइदा गराउन सक्ने उनीहरुको भनाइ छ ।

विगतका क्लिनिकल ट्रायलमा बीसीजी खोपले भर्खर जन्मिएका बालबालिकाहरुमा निमोनिया र सेप्सिसका कारण मृत्यु हुने दरलाई ३८ प्रतिशतले कम गराउने गरेको पत्ता लागेको थियो । यता दक्षिण अफ्रिकामा भने यो खोप नाक, घाँटी अनि फोक्सोसँग सम्बन्धित संक्रमण कम गर्न सँग सम्बन्धित रहेको बताइएको छ । नेदरल्यान्डमा गरिएको अनुसन्धानमा पनि बीसीजीले शरीरमा ‘यल्लो फिभर’ भाइरसको मात्रा न्युनीकरण गर्ने पत्ता लागेको थियो ।

यसबारे युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्रोफेसर जोन क्याम्पबेलले बीबीसीसँग भनेका छन्, “यो विश्वव्यापी रुपमै अत्यन्तै महत्वपूर्ण खोज हुन सक्छ । हाम्रो विचारमा यो खोपले कोभिडविरुद्ध नै विशेष रुपमा सुरक्षा दिलाउन नसके पनि वास्तविक खोप र अन्य उपचार नआउन्जेल अवस्य पनि केही फाइदा गराउने सम्भाव्यता बोकेको छ ।”

बेलायतको ट्रायल भने अन्तर्राष्ट्रिय ब्रेस–स्टडीको हिस्सा हो जुन अष्ट्रेलिया, नेदरल्यान्ड, स्पेन, ब्राजिलमा पनि भइरहेको छ । यसका लागि कूल १० हजार स्वयमसेवक नियुक्त गरिएको छ । जुन स्वास्थ्यकर्मीहरुको स्वास्थ्यमा बढी केन्द्रित छ किनकि उनीहरु कोभिड भाइरससँग सबैभन्दा अगाडि रहेर लडिरहेका छन् । स्याम हिल्टन पनि एक्सटरबाट यस ट्रायलमा सहभागी एक डाक्टर हुन् जो कोभिड संक्रमित हुने उच्च जोखिममा पर्छन् ।

बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, “बीसीजीले कोभिडबाट संक्रमित भए पनि धेरै बिरामी नपार्न मद्दत गर्छ भन्ने धेरै राम्रो थ्योरी छ । त्यसैले पनि म यसले केही हिसाबले मलाई सुरक्षित गराउन सक्छ भन्नेमा विश्वास गर्छु । किनकि विशेषगरी यो जाडोयाममा म काममा धेरै खटिनुपर्ने हुन्छ ।” यता विश्व स्वास्थ्य संगठनका डिरेक्टर जेनेरल डाक्टर टेड्रोसले पनि यो विषयमा यस्तो भनेका हुन्, “रोगमा आधारित खोप नआउन्जेल त्यसविरुद्ध केही स्तरमा सुरक्षा दिलाउन बीसीजी भ्याक्सिनसँग राम्रो सम्भाव्यता छ । ”

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

फोहोरमा ठेकेदारको मनोमानी, स्थानीय भन्छन्, ‘के हामी फोहोरमै सुत्नु ?’

Next Post

सैपुको विद्युतीकरण काण्डको थप खुलासा, यस्तो छ नालीबेली

Next Post
सैपुको विद्युतीकरण काण्डको थप खुलासा, यस्तो छ नालीबेली

सैपुको विद्युतीकरण काण्डको थप खुलासा, यस्तो छ नालीबेली

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.