Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कस्तो हुँदैछ अमेरिकी चुनाव २०२० ?

जनता भ्वाइस by जनता भ्वाइस
October 15, 2020
in समाचार
0
कस्तो हुँदैछ अमेरिकी चुनाव २०२० ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिकी राष्ट्रपतिको चुनावका लागि अब तीन हप्ताभन्दा कम समय बाँकी रहँदा बाइडेन र ट्रम्प दुवै उमेदवारहरु यतिबेला बचेको समयलाई सक्दो सदुपयोग गर्नतर्फ लागि परेका छन् । मेल–इन भोटिङ अनि प्रारम्भिक मतदान सुरु भइसके पनि राष्ट्रपति ट्रम्प कोरोना भाइरसका कारण अवरोध हुन पुगेको चुनाव अभियानको भर्पाइ गर्न अहिले आयोवा स्टेट पुगेका छन् । कोरोना संक्रमित भएपछि ट्रम्प पहिलोपटक चुनाव प्रचार अभियानका लागि भनेर सोमबर राति फ्लोरिडा गएका हुन् । त्यसअघि ह्वाइटहाउसले उनको परीक्षण केही दिनदेखि लगातार नेगेटिभ आएको जानकारी दिएको थियो ।

नोभेम्बर ३ का दिन तय निर्वाचानका लागि अहिलेसम्म १ करोडभन्दा बढी अमेरिकी नागरिकहरुले मेलबाट या व्यक्तिगत रुपमा मतदान गरिसकेका छन् । मंगलबार टेक्सस र जर्जियामा भएको प्रारम्भिक मतदानमा अमेरिकीहरु घण्टौँ लामो लाइन बसेर आफ्नो पालो पर्खिरहेकाबारे सामाजिक संजालमा अधिक चर्चा भएको छ ।

चुनावका दिन बढी भीडभाड हुन सक्ने हुँदा कोरोना संक्रमणको डरले धेरै मानिसहरु अहिले नै मतदान गर्न हतारिरहेको बताइएको छ । प्रारम्भिक मतदान बुधबार पनि तीनवटा स्टेट कनसस, रोडे आइलन्ड अनि टिअनिजमा सम्पन्न हुनेछ ।

यता, पूर्वप्रथम महिला मिशेल ओबामा र बास्केटबल खेलाडी, एनबीएका स्टार लेब्रोन जेम्स मतदानका लागि आएका नागरिकलाई सुरक्षाका उपकरण, खानेकुरा अनि निःशुल्क कानुनी सुझाव, यातायातलगायतका सेवा प्रदान गर्न संयुक्तरुपमा लागि परेका हुन् । त्यसैगरी हालै गरिएको अर्को एक सर्वेक्षणमा भारतीय अमेरिकीहरुमा ७२ प्रतिशत बाइडेनको पक्षमा रहेको र उनैलाई मत हाल्ने तयारी गरेको देखिएको छ ।

यसअघि प्रधानमन्त्री मोदी र ट्रम्पबीचको बलियो सम्बन्ध अनि भारतको मानव अधिकार रेकर्डबारे बाइडेन प्रशासनको आलोचना पश्चात् ट्रम्पको समर्थन बढ्नेमा डेमोक्रेटहरु चिन्तित थिए । तर अहिले प्रायः भारतीय–अमेरिकी नागरिकहरु दुई देशबीचको कुटनीति भन्दा पनि अमेरिकाको अर्थतन्त्र अनि स्वास्थ्य सेवालाई बढी प्राथमिकतामा राखेर निर्णय लिन चाहेको पाइएको छ ।

हाल ट्रम्प आयोवाको डेस मोइनेसमा र्याली अभियान सञ्चालन गरिरहेका छन् भने उता बाइडेन अनि सेनेटर कमला ह्यारिस चाहिँ मुसलमान समूहहरुलाई अभिवादन गर्न पुगेका हुन् । उपराष्ट्रपति माइक पेन्स पनि मिचिगेनमा चुनाव प्रचार अभियानकै लागि व्यस्त छन् ।

तर, निर्वाचनको दिन नजिकिनै लाग्दा ट्रम्प आयोवा पुग्नुले उनी पुनः निर्वाचित हुने आशाबारे केही चिन्ताजनक संकेत दिएको पनि बताइएको छ । किनकि २०१६ मा उनले डेमोक्रेटकी उमेदवार हिलारी क्लिन्टनलाई त्यहीँबाट १० प्रतिशत मतले हराएका थिए । तर, हालै गरिएको केही सर्वेक्षणमा भने उनी र बाइडेनबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ ।

त्यसैगरी आयोवामा अहिले कोरोना संक्रमणको दर पनि अधिक वृद्धि हुँदा अस्पताल भर्ना हुनेको सङ्ख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तरपनि रिपब्लिकन गर्भनर किम रेनोल्डस मास्क अनिवार्य गर्ने लगायतका उपाय अपनाउने विरुद्धमा रहँदै आएकी छन् ।
यो हप्ता पनि उनले ट्रम्पका समर्थकलाई समूहमा आउन भनेर सामाजिक संजालमार्फत भनेकी हुन् ।

यसैबीच, मंगलबार नै ट्विटरले ट्रम्पका अस्वेत समर्थक भएको दाबी गर्ने थुप्रै फेक अकाउन्टहरु डिलिट गरिदिएको छ । अरुलाई झुक्याउन खोजेको र अफवाह फैलाइरहेकाले ट्विटरको नियम उल्लंघन भएको बताउँदै कम्पनीले अकाउन्ट डिलिट गरिदिएको बताएको छ । चुनावका समयमा गलत सूचना प्रवाह गर्ने सम्बन्धी फेसबुक, ट्विटरलगायत सबै सामाजिक संजालका प्लेटफर्महरुले गम्भीर कदम उठाउने यसअघि प्रतिज्ञा गरेका थिए ।

२०१६ को राष्ट्रपति निर्वाचनमा रुसले फेसबुक लगायत विभिन्न साधनमार्फत चुनावमा हस्तक्षेप गरेको पाइएको थियो । ट्रम्पलाई जिताउन चलखेल भएका सम्बन्धी एफबीआईले अनुसन्धान पनि गरेको थियो जसलाई उनले नकार्दै आएका छन् । त्यसैले योपटक त्यस्तो हुन नदिन साइबर सुरक्षा निकायहरु सतर्क भएर लागिरहेको बताइएको छ भने ट्वीटर अनि फेसबुकले पनि चुनावलाई प्रभावित गर्ने गलत किसिमका पोस्ट र अकाउन्टहरु हटाइरहेका छन् । रोयटर्सबाट

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एउटा काहालीलाग्दो जिन्दगीको वास्तविकता, न आफैं कमाउन सक्छन् न कामाउने नै कोही छ (भिडियो सहित्)

Next Post

पोखरा महानगर पालिकाको सेवा अनिश्‍चितकालका लागि बन्द

Next Post
पोखरा महानगर पालिकाको सेवा अनिश्‍चितकालका लागि बन्द

पोखरा महानगर पालिकाको सेवा अनिश्‍चितकालका लागि बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.