असोज २९, पोखरा ।
पोखरा महानगरपालिकाको कर्मचारीमा कोरोना संक्रमण देखिएपछि महानगरपालिकाले आफ्ना सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।
बिहीबार बिहान एक विज्ञप्ति जारी केही कर्मचारीमा कोरोना देखिएको र केही कर्मचारी ट्रेसिङमा परेका कारण सेवा बन्द गरिएको विज्ञप्तिमा लेखिएको छ ।
मेयर मानबहादुर जीसीका अनुसार अत्यावश्यक कामहरु र वडाले दिने सेवा भने निरन्तर रहनेछ ।
