Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाल निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा (सूचना सहित्)

जनता भ्वाइस by जनता भ्वाइस
October 18, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
बाल निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा (सूचना सहित्)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ०२, सविना कार्की, रामेछाप ।
जनता भ्वाइस डट कम गत भदौ २१ गते आयोजना गरेको बाल निबन्ध प्रतियोगिताको नतिजा आज सार्वजनिक भएको छ । कोरोना भाइरस कोभिड १९ का कारण विद्यालय शिक्षामा परेको प्रभाव सम्बन्धि विषयलाई उठाउँदै विद्यालय तहका बालबालिकाहरुसँग निबन्धको आह्वान गरिएको थियो ।

असोज ७ गते राती १२ बजेसम्मको समयसीमा तोकिएको भएपनि प्रतियोगिता सम्बन्धी जानकारी अधिकांश बालबालिकाहरुले नपाएको गुनासो अएपछि पुनः १५ दिनको समय थप गरि असोज २२ गते राती १२ बजेसम्म निर्धारण गरिएकोमा कूल १ सय ६६ निबन्धहरु प्राप्त भएका थिए ।


अधिकांश नेपालका विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको सहभागिता रहेको उक्त प्रतियोगितमा भारतको सिक्किम र महाराष्ट्रबाट पनि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जनता भ्वाइस डट कमको आधिकारिक अफिसियल इमेल मार्फत प्राप्त भएका बाल निबन्धहरुलाई ३ सदस्यीय मूल्याङ्कन समितिले मूल्याङ्कन गरेको थियो । निबन्धकार तथा मन्थली माध्यमिक विद्यालयका सह प्रधानाध्यापक पेशल आचार्यको संयोजकत्वमा बनेको ३ सदस्यीय मूल्याङ्कन समितिमा काठमाडौंमा रहनु भएका अन्य २ जना मूल्याङ्कनकर्ता धीरकुमार श्रेष्ठ, लेखक तथा सम्पादक शब्दाङ्कुर मासिक र लेखक तथा प्राध्यापक नरेन्द्र पनेरु रहेका थिए ।


इमेलमा प्राप्त हरेक निबन्धहरुलाई कोडिङ्गरि मूल्याङ्कनकर्ताहरुलाई पिडिएफ फम्र्याटमा इमेल गरि मूल्याङ्कन गराइएको जनता भ्वाइस डट्कमका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
प्रथम, द्वितीय र तृतीयको साथमा ३ वटा सान्त्वना पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा नगद तथा प्रमाणपत्रहरु रहेका छन् । नगद पुरस्कार क्रमसः १० हजार, ७ हजार, ५ हजार र सान्त्वना पुरस्कार स्वरुप ३ जनालाई ३–३ हजार रुपैयाँ रहेको थियो ।


रामेछाप जिल्लामा नै पहिलो पटक गरिएको अनलाइन बाल निबन्ध प्रतियोगिता तथा जिल्लामा हालसम्म भएका समग्र निबन्ध प्रतियोगितामा यो नै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता रहेको प्रधान सम्पादक प्रकाश न्यौपानेले बताएका छन् ।


प्रतियोगितामा सहभागी १ सय ६६ जना बालबालिकाहरु मध्येमा श्री शान्ति भगवती माध्यमिक विद्यालय लेटाङ्, मोरङ्मा कक्षा १० मा अध्ययनरत् छात्र अशोक महर्जन प्रथम, एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूल बुटवलमा कक्षा १२ मा अध्ययनरत छात्रा बसुन्धरा भण्डारी द्वितीय र तामाकोसी आवासीय माध्यमिक विद्यालय, मन्थलीमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रथमा श्रेष्ठले तृतीय स्थान हासिल गरेका छन् ।


त्यस्तै ३ जना अन्य छात्रछात्राहरु समेत सान्त्वना पुरस्कारले पुरस्कृत भएका छन् । जसमा भूपू सैनिक कालीगण्डकी इङ्ग्लिस बोर्डिङ् स्कुल स्याङ्जामा अध्ययनरत कक्षा १० की छात्रा प्रतीक्षा भट्टराई, ज्योति माध्यमिक विद्यालय खाँडादेवी ७ गाल्पा, रामेछापमा अध्ययनरत कक्षा १२ की छात्रा अविका थापा मगर र क्यान्डिड इन्टरनेशनल बोर्डिङ् स्कूल, भक्तपुरमा कक्षा ७ मा अध्ययनरत छात्रा दिप्ती न्यौपानेले सान्त्वना पुरस्कार पाउन सफल भएका छन् ।


उक्त बाल निबन्ध प्रतियोगितालाई शिक्षा विकास तथा समन्वय इकाई रामेछापले सहयोग गरेको थियो । त्यस्तै शारदा स्टोर मन्थलीका प्रोपाइटर नवीनकुमार थापामगर र प्रथमा मनि ट्रान्फरका प्रोपाइटर सुरेश उदासले समेत सहयोग गर्नुभएको थियो ।


आज अपरान्ह ४ बजे गुगल मिट मार्फत बिजयी छात्रछात्राहरुलाई भेला गरी मूल्याङ्कनकर्ताद्वय पेशल आचार्य र धीरकुमार श्रेष्ठले नतिजा सार्वजनिक गर्नुभएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सिन्धुलीमा लागुऔषध सहित २ जना पक्राउ

Next Post

‘छँदाखाँदाको छोरालाई ललाई फकाई मन्थली लगे । काम लगाइदिए जस्तो गरे र मारिदिए ।’ (भिडियाे सहित्)

Next Post
‘छँदाखाँदाको छोरालाई ललाई फकाई मन्थली लगे । काम लगाइदिए जस्तो गरे र मारिदिए ।’ (भिडियाे सहित्)

‘छँदाखाँदाको छोरालाई ललाई फकाई मन्थली लगे । काम लगाइदिए जस्तो गरे र मारिदिए ।’ (भिडियाे सहित्)

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...