Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

असोजमा ईप्रका बनेपाका प्रमुख तिमिल्सिना बने बाग्मतीको सर्वोत्कृष्ट प्रहरी

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
October 30, 2020
in समाचार
0
असोजमा ईप्रका बनेपाका प्रमुख तिमिल्सिना बने बाग्मतीको सर्वोत्कृष्ट प्रहरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


कार्तिक १४, हेटौँडा । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । गत असोज महिनाको विभिन्न मितीमा गरी ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको, लागु औषधसहित मानिस पक्राउ गरेको, डलर साट्ने बहानामा ठगी गर्ने समुह पक्राउ गरेकाले उनलाई सर्वोत्कृष्ट घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक सुदीप गिरीले बताउनुभयो । प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ अनुसार छनोट समिति गठन गरेर हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न थालेको छ ।
प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ मा उल्लेखीत व्यवस्था अनुसार असोज महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी -Best State Police Of The Month_ घोषणा गरीएको जनाइएको छ । यसबाट कर्मचारीमा काम गर्न थप हौसल्ला मिल्ने विस्वास गरिएको छ । वाग्मति प्रदेश प्रहरीको यसकार्य स्वागतयोग्य मानिएको छ ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

‘लाभग्राहीमा नाम त आयो तर घर बनाउन जग्गा छैन ।’ खड्का भावुक हुँदै भन्छिन्… (भिडियाे सहित्)

Next Post

र्‍यापर भिटेनको ‘पारा’ र सरकारको ‘पारा’

Next Post
र्‍यापर भिटेनको ‘पारा’ र सरकारको ‘पारा’

र्‍यापर भिटेनको ‘पारा’ र सरकारको ‘पारा’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.