Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टेलिकमको सेवा कछुवाको गतिमा, हाकिम भन्छन् ‘समस्या समाधान हुन्छ, ढुक्क हुनुस्’

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार, सूचना प्रविधि
0
टेलिकमको सेवा कछुवाको गतिमा, हाकिम भन्छन् ‘समस्या समाधान हुन्छ, ढुक्क हुनुस्’
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक १९ रामेछाप। सविना कार्की
गोकुलगंगा गाउँपालिकाका नागरिकहरू नेपाल टेलिकमको कार्यशैली र हेलचेक्राई देखेर आजित भएका छन् । गत साउन महिनादेखि मोबाइलको नेटवर्क र एडिएसएल इन्टरनेटमा आएको समस्या आज सम्म समाधान भएको छैन ।


स्थानीय उमेश गुभाजु टेलिकमको सेवा देखेर दिक्क भएका छन् । ४ महिनादेखि आएको नेटवर्कको समस्याका कारण बिहान करिब ८ बजेदेखि इन्टरनेट नचल्ने र साँझ ५ बजे पछि मात्र चल्ने गरेको उनले गुनासो गरेका छन् । ‘केही दिनदेखि इन्टरनेट नै नचलेको कारण र नेटवर्कमा आएको समस्याका कारण समस्या नै समस्या भएको छ ।’ गुभाजु बताउँछन् ।


केहि दिनदेखि नेट नै नचलेकोले चुचुरेका नागरिकहरु इन्टरनेटको पहुँचबाट बाहिरिएको दुखेसो पोख्छन् स्थानीय रामु कार्की । ‘इन्टरनेट चल्दा मोबाइलको नेटवर्क नहुने र मोबाइलमा नेटवर्क हुँदा इन्टरनेट नहुने समस्या समेत पहिलेदेखि हुने गरेको छ ।’ उनी थप्छन् ।


कार्की अजित् हुँदै भन्छ्न, ‘जडान गर्दा ५१२ केबिपिएस् स्पीडको इन्टरनेट दिने भनिएको भए पनि अहिले सो स्पीडको सेवा सेवा प्रदायकले दिन सकेको छैन । जडान गरेको एक हप्तासम्म इन्टरनेटको स्पीड लोभ लाग्दो थियो तर त्यसपछि भने इन्टरनेट नाम मात्रैको मात्र बनेको छ । देखाउनका लागि मात्रै राखे जस्तो भएको छ ।’


गोकुलगंगा गाउँपालिका कार्यपालिका सदस्य ललिता श्रेष्ठका अनुसार ‘नेपाल टेलिकम रामेछापलाई यो समस्या बारम्बार सुनाउँदा पनि उसले समाधानको बाटो खोजेको छैन । विगत ४ महिनादेखि मोबाइलको नेटवर्क र एडिएसएलमा समस्या आउनाले छोराछोरीको अनलाइन कक्षा प्रभावित भएको छ । टेलिकम रामेछापले गुनासोको उचित् सुनुवाई नगरेपछि हेडक्वार्टरमा समेत गुनासो गरेकी थिएँ, तर केही पार लागेन । गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले यो समस्याको बारेमा टेलिकम रामेछापमा खबर गर्दा समेत टेलिकमले वास्ता नगरी कानमा तेल हालेर बसेको झैं भएको छ ।


यता गाउँपालिकाका अध्यक्ष सुनुवार समेत आफूले टेलिकममा सेवा संचालन सम्बन्धी गुनासो राखेको र छिट्टै समाधान गरिदिन्छु भन्ने टेलिकमको जवाफ आए पनि सो समस्या ज्यूँका त्यूँ रहेको बताउँछन् ।’


नेपाल टेलिकम रामेछाप शाखाको भनाई भने सँधै रेडिमेड नै हुने गरेको छ । कार्यालय प्रमुख विष्णु भण्डारी तुरुन्तै समस्याको समाधान हुने बताउन कहिल्यै चुक्दैनन् । सदा जस्तै उनी उही जवाफ यसरी दिन्छन्, ‘हाम्रो प्राविधिक टोली शिवालयमा काम गरिरहेका छन्, यो समस्या आजभोलिमा नै समाधान हुन्छ । पहिले बाम्ती देउरालीको टावरमा समस्या थियो त्यो समस्या हाल समाधान भई सक्यो । अहिले फ्रिक्वेन्सीको समस्या पनि समाधान भएको सकेको छ । अब चुचुरेमा त्यस्तो कुनै समस्या आउँदैन ।’
ढुक्क हुनुस् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन

Next Post

नेपाली माैलिक गीत सङ्गीतमा प्रचलित रामेछाप

Next Post
नेपाली माैलिक गीत सङ्गीतमा प्रचलित रामेछाप

नेपाली माैलिक गीत सङ्गीतमा प्रचलित रामेछाप

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.