Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दुई वटा हात्तीको चित्र भएको हजारको नोटमा झुक्कियो बझाङ प्रहरी

जनता भ्वाइस by जनता भ्वाइस
November 6, 2020
in अर्थतन्त्र, समाचार
0
दुई वटा हात्तीको चित्र भएको हजारको नोटमा झुक्कियो बझाङ प्रहरी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बझाङको जयपृथ्वी नगरपालिका ०९ चिउरी खान (चौड) बजारमा दुई जना अपरिचित व्यक्तिले एक पसलमा ६ सय ५५ रुपैंयाँको चाउचाउ, चिनी लगायत सामान किनेर एक हजारको नयाँ नोट दिए । त्यसमा दुईवटा हात्ति देखिएकाले पसलले नक्कली नोट होृ भन्दै प्रहरीलाई बोलाए ।

प्रहरीले आएर खाद्यान्न किन्ने दुवै जनालाई पक्राउ गरेर लग्यो । पक्राउ गरेको लगत्तै प्रहरीले नक्कली नोटसहित दुई जना पक्राउ भन्दै मुचुल्का गर्‍यो । त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढायो । जब प्रहरीले अनुसन्धानका क्रममा राष्ट्रिय वाणिज्य बैंकलाई जानकारी गरायो । त्यसपछि प्रहरी ठूलो पछुतो भयो कि हामी झुक्कीयौं भनेर । 

नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट २०७७ साउन ७ गतेदेखि बजारमा प्रचलनमा ल्याएको थियो । नयाँ विशेषतासहितको नयाँ नोट बजारमा पठाइए पनि बझाङमा भने उक्त नयाँ नोट खासै प्रचलनमा आएको छैन ।

बजारमा आएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ती हुने गरेकोमा अहिले जुम्ल्याहा हात्ती नयाँ नोटमा रहेका छन् ।
तत्कालीन् गभर्नर डा। चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाइको कार्य भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ ।

राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो । देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् ।

प्रायः हात्तीबाट जुम्ल्याहा बच्चा जन्मिनु दुर्लभ मानिन्छ । तिनै दुर्लभ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् । यसअघिको हजारको नोटमा भएको हात्तीको फोटो कहाँको हो र कसले खिचेको हो भन्ने कसैलाई जानकारी नभएकाे न्यूज टुडेमा खबर छापिएकाे छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खाँडादेवी गाउँपालिकामा जागिरको अवसर, इच्छुकहरुलाई सुवर्ण मौका

Next Post

भारतिय गुप्तचर निकाय ‘र’ को भित्री कुरा

Next Post
भारतिय गुप्तचर निकाय ‘र’ को भित्री कुरा

भारतिय गुप्तचर निकाय ‘र’ को भित्री कुरा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.