Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

व्यापारिहरुमा उपभोक्ता स्वास्थ्यको परवाह भएन, म्याद नाघेका वस्तुहरु ठूलो परिमाणमा भेटियो

जनता भ्वाइस by जनता भ्वाइस
November 12, 2020
in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाचार
0
व्यापारिहरुमा उपभोक्ता स्वास्थ्यको परवाह भएन, म्याद नाघेका वस्तुहरु ठूलो परिमाणमा भेटियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक २६, रामेछाप ।


चाडपर्वको मुखमा जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाईमा भएको बजार अनुगमनले मन्थलीमा निकै तिव्रता पाएको छ । सोमबार मन्थली बजारमा रहेका विभिन्न खाद्यान्न, तरकारी, फलफूल, कस्मेटिक र हार्डवेयर लगायतका पसलहरुमा जाँच गर्दा धेरै परिमाणमा म्याद नाघेका सामग्रीहरुको बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय, मन्थली नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी तथा पत्रकार लगायतको उपस्थितिमा भएको बजार अनुगमनमा विभिन्न ३३ वटा पसलहरुमा जाँच गर्दा ४२ प्रकारका विभिन्न सामग्रीहरुको बरामद भएको छ ।


अनुगमन टोलीले अनुगमनको क्रममा अनुराग इन्टरप्राइजेजबाट म्याद नाघेका विभिन्न ४ प्रकारका कस्मेटिक सामग्रीहरु बरामद गरेको छ । जसमा इन्च्यान्टर लोशन १४, क्लिनिक प्लस स्याम्पु ४ र बोरो निम पाउडर १४ वटा बरामद गरिएको छ । त्यस्तै शिव स्टोर एण्ड सप्लायर्सबाट मसला धुलो ३ प्याकेट, मिट मसला ६ प्याकेट र पोट्याटो चिप्स १ वटा गरी कूल १० प्रकारका सामग्री बरामद गरिएको हो ।


त्यस्तै समिरा इन्टरप्राइजेजबाट विभिन्न ५ प्रकारका म्याद नाघेका सामग्रीहरुको बरामद भएको छ । जहाँबाट प्राकृतिक स्याम्पु ३, सनसिल्क स्याम्पु १, केराटिन ट्रिटमेन्ट क्रिम ३, इन्च्यान्टर लोशन १ र हिमालय फेसवास ४ वटा बरामद गरिएको छ भने आयुष एण्ड आरभ सप्लायर्सबाट बडी लोशन २५ पिस, पपया कृम ५ पिस, ह्याण्डसम कृम ३ पिस साबुन १४ पिस र निम साबुन १ पिस गरी ४७ पिस बरामद गरिएको छ ।


त्यस्तै दाश जेनेरल स्टोर्स एण्ड सप्लायर्सबाट क्लिजङ् मिल्क १, फाउन्डेशन १८, स्याम्पु १, सेट वेट १, फेसवास १ पिस र मुलतानी मट्टी २ वटा बरामद गरिएको छ भने मा जाल्पा इन्टरप्राइजेजबाट पनि म्यादै नाघेका फेयर एण्ड लभ्ली ७, पोण्ड्स् क्रिम १, पोण्ड्स् पाउडर १, प्रोस्टाइल १ र लिपगार्ड ६ वटा बरामद गरिएको छ ।


मन्थलीको निकै चर्चित र ठूलो हार्डवेयर पसलबाट इनामेल १ लिटरको ३ बट्टा, डिप वरेन्ज १ लिटरको २ बट्टा, डिप ग्रीन १ लिटरको २ बट्टा, लिफ् ब्राउन ५ सय एमएलको ३२ बट्टा, स्मार्ट इनामेल १ लिटरको ३ बट्टा, एपोलो ब्लाक जापान ४ लिटरको २ बट्टा बरामद गरिएको छ । त्यस्तै कोपिला किराना पसलबाट ट्याङ् जुश २ प्याकेट, विग क्रन्ची ५३ प्याकेट र पाउँ अचार २२ प्याकेट गरी कूल ७७ प्याकेट म्याद नाघेका सामग्री बरामद गरिएको छ ।


तामाकोसी अस्पताल नजिकै रहेको दर्ता बिना संचालन भइरहेको पसलबाट डिउ ६ सय मिलिलिटरको ११ बोतल बरामद गर्नुको साथै बिस्कुट १ प्याकेट र १ लिटरवाला जुश १ बोतल कन्चन फलफूल तथा तरकारी पसलबाट बरामद गरिएको छ ।


घरेलु तथा साना उद्योग कार्यालय प्रमुख मेघराज गौतमले पठाएको प्रतिवेदनमा हाल मन्थली बजारमा कालो बजरी, मूल्यवृद्धि नभएको जनाइएको छ । साथै अनुगमनको क्रममा व्यवसायीहरुलाई कालोबजारी र मूल्यवृद्धि जस्ता क्रियाकलापहरु नगर्न निर्देशन समेत दिइएको थियो । दर्ता बिना संचालन भएका पसलहरुलाई ७ दिन भित्र मन्थली नगरपालिका वा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराउनसमेत निर्देशन दिइएको छ । हाल मन्थली बजारमा कुनै पनि खाद्यान्नको अभाव नरहेको समेत बजार अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

खुईलिए महाकवि देवकोटा

Next Post

पालिका उपाध्यक्षहरु भन्छन्, ‘कोभिडका कारण महिला र बालबालिकाहरुमा ठूलो असर पर्यो’

Next Post
पालिका उपाध्यक्षहरु भन्छन्, ‘कोभिडका कारण महिला र बालबालिकाहरुमा ठूलो असर पर्यो’

पालिका उपाध्यक्षहरु भन्छन्, ‘कोभिडका कारण महिला र बालबालिकाहरुमा ठूलो असर पर्यो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...