Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नामाडी घटनामा बोल्यो तरुण , सत्ताको निरंकुशता नरोकिए जे पनि हुनसक्ने (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
नामाडी घटनामा बोल्यो तरुण , सत्ताको निरंकुशता नरोकिए जे पनि हुनसक्ने (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसीर ४, रामेछाप
नेपाल तरुण दलले जिल्ला कार्यसमिति रामेछापले आज मन्थलीमा पत्रकार सम्मेलन गर्दै एक प्रेस विज्ञप्ती जारी गरेको छ । केही दिन अघि जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीमा भएको कुटपिटको घटनामा तरुणदल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’ विरुद्ध प्रहरीमा उजुरी परेपछि तरुण दलले यस्तो विज्ञप्ती जारी गरेको हो ।


तरुणदल जिल्ला कार्यसमितिका उपाध्यक्ष बासुदेव फुँयाल र सचिव विश्वराज कोइरालाद्वारा हस्तक्षरित विज्ञप्तीमा भनिएको छ, ‘नेपाली काँग्रेसको सालिनता, अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तिको आडमा गरिने निरंकुशता गतिविधि अघि बढ्दै गए नेपाल तरुणदल चुप लागेर नबस्ने र सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मा प्रशासन स्वयमले लिनुपर्ने चेतावनी समेत दिन चाहान्छौं ।’

यस्तो छ विज्ञप्तीको पूर्ण पाठ :

आफ्नो स्थापना कालदेखि नै नेपाल तरुण दलले आफ्नो बर्गिय चरित्र अनुरुप गलत प्रवृत्तिको डटेर खबरदारी गरिरहेको इतिहास जगजाहेरै छ । यसै सन्दर्भमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीको घटना प्रक्रियालाई लिएर जे जसरी वास्तविकतालाई तोडमोड गर्दै घटनाको प्रक्रियामा कुनै पनि संलग्नता नरहेका व्यक्तिहरु माथि जबरजस्त ढंगबाट राजनीतिक प्रतिशोध साँध्ने र पूर्वग्राही ढङ्गले बद्नियत तरवले व्यक्तिको चरित्र हत्या गर्ने गरी नेपाल तरुणदल रामेछापका अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’ लगायतका व्यक्तिमाथि प्रहरीको समेत मिलेमतोमा मिति २०७७।०८।०३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको प्रति नेपाल तरुण दल रामेछाप जिल्ला कार्य समितिको गम्भिर ध्यानकर्षण गराउन चाहान्छौं ।


लोकतन्त्रको दीप गाउँगाउँमा बाल्नुपर्छ अनि समाजको सर्वाङगीण विकास हुनुपर्छ भनेर गाउँको सेवामा तल्लिन रहेको व्यक्ति जसको समाज प्रतिको बढ्दो आकर्षण अनि हरेक खालका विकासका गतिविधिमा पहरेदारी गरेको देख्न नसक्ने तत्वहरुले जाल र षड्न्त्र रची आज सत्ता र शक्तिको आडमा निर्दोश व्यक्तिमाथी घटनाको प्रकृतिको यर्थाथ नै नबुझी जुन ढंगले घटना क्रम विकसित हुदै गएको छ । त्यो सत्यता बाहिर आउने छ र वास्तविकता के हो भन्ने कुरा सबैले बुझ्ने छन् । अनि कानुन भन्दा माथि कोही छैन् भन्ने कुराको पूर्ण आभाष हुने छ भन्ने विश्वास हामीले लिएका छौं र सत्यतथ्य छानविन होस् दोषी उपर कार्वाही होस् र निर्दोष व्यक्तिलाई फसाउने तवरले तानाबाना नबुनियोस् भनि जोडदार माग गर्दछौं । नेपाल तरुण दल कानुनी राज्यको पूर्ण पालना गर्दै समाजमा रहेका हरेक खालका कुरीति र कुसंस्कारको रुपमा रहेको तत्वहरुको भण्डाफोर गरिरहेका छौं र आगामी दिनमा पनि त्यस्ता खालका गतिविधिका विरुद्धमा भण्डाफोर गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।


नेपाली काँग्रेसको सालिनता, अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तिको आडमा गरिने निरंकुशता गतिविधि अघि बढ्दै गए नेपाल तरुणदल चुप लागेर नबस्ने र सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मा प्रशासन स्वयमले लिनुपर्ने चेतावनी समेत दिन चाहान्छौं ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

किन आमा जस्तै हुन थाले पिताहरु ?

Next Post

किसानलाई घाँसको बिउ बाँढ्दैछ मन्थली नगरपालिका, ७० प्रतिशतसम्म अनुदान ।

Next Post
किसानलाई घाँसको बिउ बाँढ्दैछ मन्थली नगरपालिका, ७० प्रतिशतसम्म अनुदान ।

किसानलाई घाँसको बिउ बाँढ्दैछ मन्थली नगरपालिका, ७० प्रतिशतसम्म अनुदान ।

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.