Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

होमस्टेको सिको गर्न गोकुलगंगा हेरे पुग्छ (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
November 25, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
होमस्टेको सिको गर्न गोकुलगंगा हेरे पुग्छ (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


मंसीर ९, रामेछाप ।
अर्गानिक कृषि व्यवसाय र पर्या पर्यटनलाई प्रवर्धन गरेर मात्र आफ्नो पालिका समृद्ध हुन्छ भन्ने मान्यतामा दृढ रहेको गोकुलगंगा गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि घरबास अर्थात् होमस्टे संचालनको कार्यलाई द्रुत गतिमा अगाडि लगेको छ । गाउँपालिकाको १ नं. वडा चुचुरेको शिवालय, गर्जाङ, खरानेटार, चाके लागयतका क्षेत्रमा होमस्टे निर्माणको कार्यलाई बढावा दिएको हो ।
चुचुरेको खरानेटार भन्दा केही माथि रहेको चाके भन्ने स्थानमा बागमती प्रदेश सरकारको लगानीमा होमस्टे निर्माण भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय हेटौंडाको कूल पचासलाख रुपैयाँमा निर्माण भएको होमस्टे संचालन हुने तयारीमा रहेको छ । पाँच पोखरी, जट्टा पोखरी, भाले पोखरी, तामे लगायतका क्षेत्रको पदमार्गसँगै निर्माण भएको होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको बसोबास रहने सामुदायिक अवास गृह निर्माण उपभोक्ता समितिकी अध्यक्ष मञ्जुमाया कार्की बताउँछिन् ।


हाल भौतिक निर्माणको चरण समापन भइसकेको भएपनि होमस्टेको भित्री डेकोरेशन तथा जोरजाम भने केही समयपछि मात्र हुने कार्कीको भनाइ रहेको छ । चुचुरेको खोसिङ्खर्क भन्ने स्थानसँगै बन्न लागेको भ्यूटावर निर्माण भएपछि लगत्तै चाके क्षेत्रबाट पदमार्गको संचालन हुने निर्माणपक्षले जनाएको छ ।

गोकुलगंगाको चुचुरे क्षेत्रमा भएका पर्यटकीय स्थलहरुका कारणले खरानेटार, गर्जाङ तथा चाके क्षेत्रको निकै सुन्दर भविष्य देख्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको आवतजावत बढ्दै गएपछि यो ठाउँका अन्य घरहरुमा समेत होमस्टे संचालन गर्नुपर्ने आवश्यकता छ । यो वास्तविकतालाई गोकुलगंगा गाउँ कार्यपालिका सदस्य लोककुमारी गुभाजु ‘ललिता’ समेत स्वीकार्छिन् ।


विश्वको सर्वोच्च शिखर सगरमाथा तथा खुम्बु क्षेत्रमा प्रवेश गर्ने एउटा अर्को नाका पनि यसै स्थानबाट गएको छ । सगरमाथा पदमार्गको रुपमा समेत गनिएको गर्जाङ क्षेत्र नजिकै रहेका अन्य धेरै स्थानहरु समेत पर्यापर्यटनका लागि सम्भावना बोकेका क्षेत्रहरु हुन् । प्रदेश सरकारकै लागनीमा चाकेमा बनेको होमस्टे संचालनको आवश्यकतालाई स्थानीय ज्ञानी शेर्पाले स्थानीय स्तरमा हुने रोजगारीसँग यसको फाइदालाई जोडेकी छिन् ।


रामेछाप जिल्लाका सबै पालिकाहरु जस्तै गोकुलगंगा गाउँपालिमा अझ धेरै प्राकृतिक विशेषता रहेको छ । यस क्षेत्रमा हुने जडिबुटी तथा अर्गानिक उत्पादनले हालका दिनमा समेत यस गाउँपालिकालाई निकै टेवा पुर्याएको छ । झन यस्ता होमस्टे संचालन हुँदैगर्दा आन्तरिक श्रोतको उपार्जनमा यस गाउँपालिकालाई निकै सहज हुने देखिन्छ । आफ्नो वडामा भएको पर्यटकीय सम्भावना तथा त्यसको प्रचारप्रशारमा आफू र आफ्नो गाउँपालिकाले समेत विशेष महत्व दिएको र अझ त्यसलाई थप प्रभावकारी बनाउने तर्फ आफ्नो योजना रहेको गोकुलगंगा गाउँपालिका वडा नं. १ का अध्यक्ष मणिकुमार लामा भन्छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कृषि मार्फत समृद्धिमा उक्लदै गोकुलगंगा, कृषक लक्षित अनुदानमा उदार

Next Post

बढी मूल्य लिएर मल बेचेका लामाको गोदाममा लागेको ताला खुल्यो

Next Post
बढी मूल्य लिएर मल बेचेका लामाको गोदाममा लागेको ताला खुल्यो

बढी मूल्य लिएर मल बेचेका लामाको गोदाममा लागेको ताला खुल्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.