Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बढी मूल्य लिएर मल बेचेका लामाको गोदाममा लागेको ताला खुल्यो

Kumar Shrestha by Kumar Shrestha
November 25, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
बढी मूल्य लिएर मल बेचेका लामाको गोदाममा लागेको ताला खुल्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसीर ०९, रामेछाप ।
कृषक जागरण कृषि सहकारी संस्था मन्थलीमा गत भदौ २ गते लागेको ताला आज खुलेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकार सहितको रोहवरमा आज सो ताला खुलेको हो ।


एमोनियम सल्फेट नामक मल दिन्छु भनि कृषकलाई युरियामल बेचेका लामाले मल बापत लिएको रकम भने एमोनियम सल्फेटकै रहेको थियो । प्रतिबोरा ८ सय ४६ रुपैयाँ पर्ने मल लामाले १ हजार ८ सय रुपैयाँका दरले बेच्दा कृषकहरुलाई ९ सय ५४ रुपैयाँ बढी तिर्नुपरेको थियो ।


विगत ३ महिना भन्दा बढी समयदेखि आफ्नो गोदाममा लागेको ताला खुल्दा लामाले काम गर्दा नजानेरै गल्ती भएको प्रतिक्रिया दिएका छन् । जनता भ्वाइससँग कुराकानी गर्दै लामा भन्छन्, ‘यो उमेरमा जेल बस्न त रहर थिएन । काम गर्दै जाँदा भएको कामजोरीको कारणले यस्तो भयो । सरकारले लगाएको कानुनको पालना गर्नै पर्यो । अब फेरि मल बेच्ने या नबेच्ने भन्ने मेरो कुरा हो ।


बढी मूल्य लिएर मल बेचेको आरोपमा लामालाई सोही दिन प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको थियो भने अनुसन्धानका क्रममा ७ दिन हिरासतमा राखी २ लाख रुपैयाँ धरैटीमा रिहा गरेको थियो । कृषकसँग मलबापत लिएको बढी मूल्य लामाले सम्बन्धित कृषकलाई नै फिर्ता गरिसकेकाले उनको गोदाममा लागेको ताल खुलेको जिल्ला प्रशासन कार्यालय स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस्..

https://janatavoice.com/2020/08/18/%e0%a4%ae%e0%a4%b2-%e0%a4%ac%e0%a5%87%e0%a4%9a%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%95-%e0%a4%a0%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be/#.X7zDy80zbIU
https://janatavoice.com/2020/08/18/%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ae%e0%a4%b2-%e0%a4%96%e0%a4%b0%e0%a4%bf%e0%a4%a6%e0%a4%ae%e0%a4%be-%e0%a4%a0%e0%a4%97%e0%a4%bf%e0%a4%8f-%e0%a4%95%e0%a5%83%e0%a4%b7/#.X7zDwc0zbIU

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

होमस्टेको सिको गर्न गोकुलगंगा हेरे पुग्छ (भिडियो सहित)

Next Post

कृषि अनुदानमा मात्रै साढे सात करोड

Next Post
कृषि अनुदानमा मात्रै साढे सात करोड

कृषि अनुदानमा मात्रै साढे सात करोड

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.