Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कृषि मार्फत समृद्धिमा उक्लदै गोकुलगंगा, कृषक लक्षित अनुदानमा उदार

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार
0
कृषि मार्फत समृद्धिमा उक्लदै गोकुलगंगा, कृषक लक्षित अनुदानमा उदार
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

गोकुलगंगा गाउँपालिकाले १ दिने कृषि सम्मेलन आयोजना गरेको छ । गाउँपालिका केन्द्र रहेको रस्नालुको पालिका सभाहलमा आज भएको कार्यक्रममा पालिका क्षेत्र भित्र भएका व्यवसायिक कृषक, कृषिका सरोकारवाला, स्थानीयबासी लगायत २ सय जनाको सहभागिता रहेको थियो । कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई उच्च सतर्कताका साथ संचालन भएको कार्यक्रममा विशेषगरी अर्गानिक उत्पादनमा गाउँपालिकाको योजना, कृषिमा आत्मनिर्भरताको सम्भावना र कृषकहरुलाई कृषि उत्पादनमा जोड दिनका लागि गाउँपालिकाले गर्ने सहजिकरण आदि विषयलाई विशेषरुपमा उठाइएको थियो ।


बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम बेलुका ६ बजेसम्म चलेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले यदि गोकुलगंगा गाउँपालिकालाई साँच्चै समृद्ध पालिका बनाउने र आर्थिक स्तरलाई उँभो लगाउने हो भने आधुनिक कृषि कर्ममा लाग्नुपर्ने धारणा व्यक्त गरेकी छिन् । जनता भ्वाइसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेवारले भनिन् ‘गोकुलगंगाको एकमात्र गहना भनेको यहाँको प्रकृति हो । यस प्रकृतिमा कृषिका व्यापक सम्भावनाहरुको खोजी जरुरी छ । यहाँ उत्पादन हुने किवी, छुर्पी, आलु लगायतका कृषि उत्पादनहरुलाई निर्यातमुखी बनाउनका लागि अब चाहना मात्रै होइन, काम गरेरै फल प्राप्त गर्ने दिशामा लाग्नु पर्छ । त्यसका लागि गाउँपालिकाले कृषकहरुलाई के कस्तो सहयोग गर्नुपर्ने हो, त्यो गर्न जुनसकै बेला पनि गाउँपालिका तयार छ । कृषकहरुले बगाएको पसिना अन्ततः गाउँपालिकाको शान नै हो । त्यसैले आफ्ना पालिकाबासी दाजुभाइ, दिदीबहिनीहरुलाई कृषिलाई आफ्नो मिसन बनाउनु पर्छ भन्ने मेरो आग्रह छ ।’


त्यस्तै गाउँपालिका अध्यक्ष खड्कबहादुर सुनुवारले आफ्नो पालिकाको कृषिलाई अझ मजबुद बनाउँदै आयस्तरमा बढावा गर्न गाउँपालिकाले गहकिलो योजना बनाएको बताएका छन् । कार्यक्रमको सुरुआतीसँगै आफ्नो विचार राख्दै सुनुवारले गाउँपालिकाको कृषि सम्बन्धी नीति, कार्यक्रम र उद्धेश्यहरुलाई प्रष्ट्याएका थिए । सुनुवारको नीति, कार्यक्रम र उद्धेश्य लगानीको अभावमा कृषि कार्यलाई आधुनिकीकरण गरी आयआर्जन बढाउन नसकेका पालिका बासीहरुलाई समूह मार्फत् काम गर्न र समस्या परे गाउँपालिकासँग सहयोग माग्न आग्रह गरेका थिए । गाउँपालिकाको स्थापनासँगै हाल ३ वर्ष बितिसकेको अवस्थामा अहिलेसम्म २ हजार रोपनी जग्गामा किवीखेती विस्तार गरिसकेको उनले जनाएका छन् । त्यस्तै ४ वटा व्यवसायिक नर्सरीको स्थापना, ३० वटा आधुनिक बाख्रापालन व्यवसाय संचालन गरिएको अध्यक्षले प्रस्तुत गरेको दृष्य सामग्रीमा उल्लेख गरिएको छ ।


पालिका क्षेत्रभित्रका विभिन्न ४० वटा कुखुरापालन व्यवसाय संचालन गरेको बारे बोल्दै सुनुवार भन्छन्, ‘गाउँपालिकाले अनुदानको व्यवस्था गरिरहेको अवस्थामा व्यवसायिक कृषि कार्यमा अब युवाहरुको अझ जोश बढ्नु पर्छ । तब मात्रै हामीले सोचेको पालिकाको स्तरोन्नति हुनेछ ।’
करिब २ सय रोपनी जग्गामा व्यवसायिक लसुन र प्याजको खेती सहित १ सय ५० रोपनी जग्गामा सेतो सिमी खेती बिस्तारको कार्यबारे सुनुवारले प्रस्तुति दिइरहँदा सभाहलमा उपस्थितहरुले निकै चासो दिएका देखिन्थे ।


कृषकहरुलाई अनुदान मार्फत् उत्प्रेरणा जगाउने कार्यमा गोकुलगंगा गाउँपालिका निकै उदार देखिएको छ । धेरै कृषि फर्म तथा समूहहरुलाई विविध कृषि शिर्षकमा अनुदान प्रदान गरेको बारे बोल्दै अध्यक्ष सुनुवारले भने, ‘गाउँपालिकाले गरेको अनुदान लागनीले प्रतिफल आउनु पर्छ । काम गर्ने इच्छाशक्ति देखाउने जो कोहीलाई पनि गाउँपालिका अविभावक भएर साथ दिन पछि पर्दैन । तर पालिकाले गरेको अनुदानको लागनीलाई भने उल्फाको धन, फूपूको सराद्धे भनेजस्तो हुनु हुँदैन ।’


कृषि सम्मेलनलाई काठमाडौंमा रहेको जिबिडी ग्रुप कम्पनीले सह आयोजकको भूमिकामा सहयोग गरेको थियो भने बागमती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलको प्रमुख आत्थ्यितामा कार्यक्रम सम्पन्न भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गोकुलगंगामा एक दिने कृषि सम्मेलन हुँदै

Next Post

होमस्टेको सिको गर्न गोकुलगंगा हेरे पुग्छ (भिडियो सहित)

Next Post
होमस्टेको सिको गर्न गोकुलगंगा हेरे पुग्छ (भिडियो सहित)

होमस्टेको सिको गर्न गोकुलगंगा हेरे पुग्छ (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...