रामेछाप,साउन ३१ मिलन बि.क/कैलाश खत्री
आज भन्दा ठिक १६ वर्ष अगाडि द्वन्दको समयमा रामेछापको दोरम्बमा भएको घटनालाई स्मरण गर्दै दोरम्बा स्मृति दिवस मनाईएका छ । नेपाली सेनाले रामेछापको दोरम्बबाट नियन्त्रणमा लिइ डडुवाको डाँडाकटेरीमा लगेर तत्कालिन नेकपा माआवादीका कार्यकर्तालाई हत्या गरेका थिए ।
त्यसैको सम्झना स्वरुप नेकपा रामेछापले स्मृति सभाको आयोजना गरको हो । स्मृति सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनेपनि मौसममा खराबी भएको भन्दै प्रचण्ड नआएका हुन । प्रचण्ड आउन नसकेपछि नेकपा रामेछाप जिल्ला ईन्चार्ज देवशंखर पौडेलले सभाको सम्बोधन गरेका थिए ।
स्मृती सभाको प्रमुख ३ नं प्रदेशका सहईन्चार्ज एंव प्रतिनीधि सभाका संसद जित बहादुर तामाङले सम्बोधन गरे । उनले सहिदहरुले गरेको बलिदान खेर नजाने विश्वास ब्यक्त गर्नुभयो । उहाँले सरकार जनआन्दोलन र संविधान सभाबाट प्राप्त बलिदानको संस्थागत गर्न अहिले नेकपाको दुईतिहाईको सरकार लागेको दाबी गर्नुभयो ।
उहाँले नेकपाको लक्ष्य भनेको जनावादी क्रान्ति सम्पन्न गरि समाजबादी ब्यवस्था लाग्नु भएको दाबी गर्नु भयो । सो कार्यक्रममा नेकपा ३ नं प्रदेशका सचिव एंव पुर्व मन्त्री आनन्द प्रसाद पोख्ररेल,नेकपा रामेछापका अध्यक्ष्य मैन बहादुर मोक्तान, सहिद परिवारको तर्फबाट,हरि प्रसाद दहाल ललित लगाएतले बोलेका थिए ।
साेहि कार्यक्रममा दाेरम्बा हत्या काण्डमा मारिएका २१ जना तत्कालिन माओवादी पार्टीका कार्यकार्ताकाे अर्धकदका शालिक अनवरणा गरिएकाे छ ।
यसैबिच सहिद परिवारले आफुहरुको जिवन अगाडि लान पार्टी र सरकारको ध्यानाकर्षण गराएका थिए ।