रामेछाप, साउन ३२,
शिक्षकलाई सर्पको जस्तो ब्यवाहर गर्ने गरेको नेपाल शिक्षक राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले बताएका छन् । नेपाल शिक्षक महासंघ रामेछापको आयोजनामा शनिबार रामेछापको सदरमुकाम मन्थलीको मन्थली मा.विमा शिक्षक महासंघ रामेछापका अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षतामा गरेको प्रथम जिल्ला परिषद कार्यक्रममा सो कुरा बताएका हनु । ३ सय ६५ दिनमा जाँहा भेटो त्यहि मार्ने र एक दिन नाग भनेर नाग पञ्चामिको सर्पलाई पुजा गर्ने ब्यवाहर शिक्षकलाई सरकारले गरिरहेको उनले जिकिर गरे । शिक्षकहरु देशको सम्पुर्ण क्षेत्रसंग प्रत्यक्ष जोडिएकाले अबका दिनमा मिलेर अघि बढ्न उनले जोड्दिए । शैक्षिक आन्दोलन जरुरि रहेको र शान्तिपुर्ण आन्दोलनको मात्रै खाँचो रहेको उनले दाबी गरे । उनले रामेछाप जिल्लाभित्र अध्ययपन गराउने सम्पुर्ण शिक्षाकहरुको वृद्धि विकासका लागि केन्द्रिय तहबाट खेलनु पर्ने भुमिकामा संघ सदैब तयार रहेको प्रतिबद्धता ब्यक्ता गरे । शैक्षिक विकासका लागि विभिन्न तालिम,अध्ययन अनुसन्धान, लगाएत धेरैकुराको आवश्यकता रहेकाले आगामी दिनमा त्यसको ब्यवस्था गर्ने आश्वसन दिए ।
यसैबिच जिल्ला शिक्षक महासंघ रामेछापका अध्यक्ष राम बहादुर श्रेष्ठले जिल्लाका सबै स्थानिय तहमा शिक्षाकहरु विविध कारणले समस्यमा परेको र उनिहरुको समस्यामा केन्द्र, प्रदेशले भुमिका खेलनु पर्ने बताए । साथै उनले जिल्लाको शिक्षाकले राम्रो पारिश्रमीक,सेवासुविधाबाट बञ्चित भएको गुनासो गरेका थिए ।
कार्यक्रममा संगठनको वर्षीक आर्थिक प्रतिवेदन प्रस्तुत र भावि कार्यायोजना बारेमा छलफल गरिएको थियो । परिषदमा नेपाल राष्ट्रिय शिक्षक संघ प्रदेश नं ३ का अध्यक्ष निरबहादुर कार्की, नेपाल शिक्षक संघ प्रदेश नं ३ की महासचिव कमला थापा ,लगाएतले बोलेका थिए ।
परिषदमा रामेछाप जिल्लाका आठ वटै स्थानिय तहमा कार्यरत शिक्षक, प्रधानध्यपक, स्थानिय जनप्रतिनीधिको सहभागिता रहेको थियो ।
मिलन बि.क