Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कृषी ज्ञान केन्द्रको कार्यक्रमले साना किसान समेट्न सकेन

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
कृषी ज्ञान केन्द्रको कार्यक्रमले साना किसान समेट्न सकेन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१२ मंसिर, रामेछाप ।

अबका दिनमा ठुला, मझौला, तथा साना  कृषकहरुलाई समेट्ने गरि कार्यक्रम अगाडी बढाउन आवश्यक रहेको कृषी ज्ञान केन्द्र रामेछाप र दोलखाकी प्रमुख निर्मला गुरुङको भनाई रहेको छ ।

गुरुङका अनुसार-जिल्लामा भएका किसानहरुको बालीनालीमा आएका विभिन्न समस्याहरुलाई प्रत्यक्ष अनुगमन मार्फत समन्वय गर्दै समस्याको समाधान गरिएको छ ।

 रामेछाप जिल्लामा खाद्यान्न बालीमा भन्दापनि फलफुलमा धेरै रोगले सताएको उनी स्वीकार्छिन् । उत्पादित वस्तुहरुको बजारीकरणमा केही समस्या रहेपनि  उत्पादित वस्तु भने नघटेको गुरुङ बताउछिन ।

रामेछाप धान खेतीका लागी उपयुक्त छ भने गहुँ र मकै खेतीको लागी दोलखामा उपयुक्त भएको पाईन्छ । गुरुङको भनाई अनुसार  खाद्यान्न वालीमा धानको उत्पादनलाई हेर्दा  हाइब्रेट धानमा किसानहरु अधिक मात्रामा पल्कीएपनि भविष्यमा यसको ठुलो असर पर्ने छ ।

कृषी ज्ञान केन्द्रले ५ टन भन्दा बढी उन्नत विउ (धान, गहुँ, मकैको  ) उत्पादन गरे वापत प्रति केजी २० रुपैयाँको दरले किसानहरुलाई अनुदान दिने व्यवस्था गरको छ । यो कार्यले खाद्यन्न बालीको विस्तार गर्ने छ । 

गुरुङ भन्छिन् :  ठुलाठुला अनुदानमा कार्यक्रम गरिने हुदा साना किसानहरु  कार्यक्रबाट बन्चित हुने गरेका छन् । जुन अनुदानमा रहेको कार्यक्रम साना किसानहरुले गर्न नसक्ने भएको कारण नै साना किसानहरु छुटेका हुन् । साना किसानहरुलाई कसरी समेट्ने भन्ने विषयमा मन्त्रालयबाटै छलफल कार्य अगाडी बढाएर एकिकृत बनाउने लक्ष्य कृषी ज्ञान केन्द्रको रहेको छ ।

 गुरुङको भनाई अनुसार उन्नत विउ र बजारीकरणलाई सहजीकरण गर्न सकियो भने उत्पादनमा बढावा आउने छ ।

रामेछाप र दोलखाको कृषी क्षेत्रलाई रामेछापमै बसेर हेर्नुपर्दा धेरै समस्या रहेको र थोरै कर्मचारीले धेरै ठाउँमा सेवा प्रदान गर्नु पर्दा रामेछापका किसानले लिए जति फाइदा दोलखाका किसानहरुले नलिएको उनले बताएकी छिन् ।

 समय अनुसार आउने विभिन्न प्रकारका मौसमी रोगहरुलाई समयमै अनुगमन गरेर फलफुलमा किरा पर्ने जस्ता समस्याको नियन्त्रण गर्न सकिने कुरामा गुरुङ विस्वस्त छिन् । उनका अनुसार, यस्ता समस्याहरुको समाधान गर्नको लागी किसानलाई तालिमको आवश्यकता पर्छ । तालिम संचालनका लागी बजेटको  अभाव रहेको छ । बजेट नहुदापनि अन्य कार्यक्रम अन्तर्गत प्राविधिक ज्ञान सीपहरु दिइरहेको छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गर्जाङमा आज आँखा शिविर चल्दै, भोलि शिवालयमा हुने

Next Post

घट्यो मन्थली बचतको नाफा

Next Post

घट्यो मन्थली बचतको नाफा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.