Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कृषिमय वडा बनाउन तल्लिन नरबिक्रम

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, समाचार
0
कृषिमय वडा बनाउन तल्लिन नरबिक्रम
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

मंसीर १४ । सविना कार्की, रामेछाप ।


कृषिको प्रचुर सम्भावना बोकेको पालिका गोकुलगंगालाई कृषिमय बनाउन वा गाउँमै व्यवसायिक खेती गरी उक्त पालिकालाई आर्थिक समृद्धिमा लैजानका निमित्त सोही गाउँपालिका वडा नं. ३ रस्नालुका वडाध्यक्ष नरविक्रम कार्की अत्यन्तै मेहनतका साथ जागरुक भएर लागि परेका छन् ।

यस वडामा अनेकौँ उद्योग धन्दादेखि लिएर कृषिको सम्भावना रहेको आफ्नो पालिकालाई देख्दा उनको मनमा यस्तो उर्जा र उत्साह छाएको हो । उनले वडामा रहेका लगभग ७० प्रतिशत कामहरु सम्पन्न गरिसकेका छन् । आफू वडाध्यक्ष पश्चात विभिन्न प्राईभेट कम्पनीहरू भित्र्याई ३ हजार रोपनीमा आलु खेती र ६ सय रोपनीमा किवीका दाना समेत यो मौसममा फलाउन सफल भएका छन् । आफुलाई यो कामका लागि पालिका अध्यक्ष, उपाध्यक्ष, सिङ्गो कार्यपालिका तथा सरोकारवालाहरूले भरपुर सहयोग गरेको उनि बताउछन् ।


कार्की आफ्नो वडामा गरिएको खेतीबाट राम्रो उत्पादन भएको देखेर अत्यन्तै खुसि लागेको बताएका छन् । उनी भन्छन्

‘वडाभित्र रहेका निम्न आयस्तर भएका मानिसहरुलाई आर्थिक समृद्धिको बाटो देखाउनका निमित्त ९० प्रतिशत अनुदानमा ८२ घरधुरीलाई एक घर बराबर २ वटा बङ्गुरका पाठापाठीहरु वितरण गरेको छु । यो वर्षपनि १८ लाखको कार्यक्रम रहेको छ, त्यो रकम समेत यस्तै कामका लागि प्रयोग हुनेछ । फेरि पनि बङ्गुरका पाठापाठी वितरण गर्ने छौ । यस्तो कार्यले निम्न आयस्तरमा रहेका व्यक्तिहरुलाई केही माथी उठ्ने मौका मिलेको छ ।’


सिङ्गो वडालाई नै आर्थिक समृद्धि मार्फत कृषिमय वडा बनाउने ठूलो लक्ष्य लिएका कार्कीले अन्य नागरिकहरूलाई कृषिकार्यमा संलग्न हुन अनुरोध गरिरहेका छन् ।

भावी दिनहरुमा सबैले आ-आफ्नो व्यवसाय संचालन गर्न सकुन् भन्ने उनको उद्धेश्य हो । उनले आफ्नो कार्यकालभित्र गाउँमा भएका हरेक अप्ठ्याराहरुलाई सुल्झाउनका निमित्त टोलटोलमा सडक पुर्याएर कुनै बिरामी पर्दा पनि हरेक व्यत्तिहरुको घरघरमा नै एम्बुलेन्स पुग्नेगरी सडको विस्तारको काम सम्पन्न गरेका छन् । यस्ता कार्यलाई निरन्तर अगाडि बढाएर व्यवसायिक खेती संचालन गरी वडालाई कृषिमय बनाउने उनको लक्ष्यलाई पुरा गर्नका लागि स्थानीय व्यक्ति, गाउँपालिका अथवा जुनसुकै ठाउँ वा व्यक्तिहरुको ठूलो सहयोग रहेको उनको भनाई छ ।

अध्यक्ष कार्कीको अनुसार उनले देखेको कृषीमय वडा निर्माणका लक्ष पुर्तीका लागि स्थानियहरूले समेत २०० भन्दा बढि कृषी फार्महरू दर्ता गरि केहिले काम समेत सुरु गरिसकेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन

Next Post

हिंसा गर्नेलाई स्थानीय सरकारबाट दिइने कुनैपनि सेवा दिँदैनौं

Next Post
हिंसा गर्नेलाई स्थानीय सरकारबाट दिइने कुनैपनि सेवा दिँदैनौं

हिंसा गर्नेलाई स्थानीय सरकारबाट दिइने कुनैपनि सेवा दिँदैनौं

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.