Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हिंसा गर्नेलाई स्थानीय सरकारबाट दिइने कुनैपनि सेवा दिँदैनौं

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
हिंसा गर्नेलाई स्थानीय सरकारबाट दिइने कुनैपनि सेवा दिँदैनौं
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसीर १४, रामेछाप ।


जिल्लाको सुनापति गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई जनतचेतामूलक ¥याली तथा कोणसभा गरी मनाइरहेको छ । पालिकाका पाँचवटै वडाहरुमा पुगि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी घरघरमा हुने लैङ्गिक हिंसालाई न्यूनिकरण गर्ने प्रयास स्वरुप यस्तो कार्यक्रम गरिएको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गीता विष्टले जानकारी दिएकी छिन् ।


आफ्ना गाउँपालिका भित्र भएका सबैखाले घरेलु हिंसाजन्य विषयवस्तुहरु न्यायिक समितिसम्म आइपुगेको खण्डमा न्याय निरुपणका सिद्धान्तहरुको न्यायिक पालना गरी दुबै पक्षलाई आघात नपर्ने तरिकाबाट आपसी मेलमिलाप गराउँदै आफूहरुले न्याय सम्पादको कामहरु गर्दै आएको संयोजक विष्टले बताएकी छिन् । आफ्नो गाउँपालिकामा भएका सबैखाले हिंसाहरुलाई अन्त्य गर्ने जिम्मेवारी आफूलाई प्राप्त भएकोमा सो जिम्मेवारीलाई जुनसुकै हालतमा भएपनि पुरा गरेरै छाड्ने आफ्नो प्रतिवद्धता रहेको विष्टले बताएकी छिन् ।


‘जनचेतनामूलक कार्यक्रम गर्दैमा वास्तविकतामा घरघरमा हुने लैङ्गिक हिंसाको अन्त्य हुन सक्ला ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा विष्ट भन्छिन्, ‘घरमा हुने आफू विरुद्धको हिंसाको बारे न्यायिक समितिमा आयो भने त्यसको सही समाधानको बाटो हामी खोज्छौं नै । त्यो सँगसँगै केही कसैले आफूमाथि भएको हिंसालाई बाहिर ल्याउन नसकेको रहेछ भने उसका लागि आफ्ना कुरा राख्ने ठाउँ पालिकामा छ, भनेर देखाउन र बुझाउनका लागि पनि यो जनचेतनामूलक र्यालीको आवश्यकता छ । यस्ता र्यालीहरुले वडावडामा प्रभाव पार्ने भएकाले नै आयोजना गरिएको हो ।’


यता गाउँपालिकाका अध्यक्ष धावा लामा कुनैपनि खाले लैङ्गिक हिंसा कोही सकैले गरेको थाहा पाएमा उसलाई राज्यस्तरबाट पाउने कुनैपनि सुविधा प्राप्त गर्नबाट बञ्चित गरिने बताउँछन् ।
‘भनेको भरमा मात्रै राज्यस्तरबाट दिने सुविधा नै बञ्चित गर्न मिल्ला त ? राज्यस्तरको सुविधा पाउनु उसको अधिकार नै होइन ? भन्ने जनता भ्वाइसको जिज्ञासामा लामा भन्छन्, ‘यो कुरा हामीले भनेका मात्रै होइनौं । पालिकास्तरीय नीतिगत निर्णय समेत गरेका छौं । वडाभित्र जहाँसुकै लैङ्गिक हिंसा सम्बन्धी घटना भएको थाहा भएमा गाउँपालिकामा जानकारी दिन र पीडितले बिना संकोच आफ्ना पीडाहरु पालिकामा बताउन आग्रह गर्दछु ।’


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई भव्यताका साथ सफल बनाउन गाउँपालकाले जनचेतनामूलक कार्यक्रमका साथै कोणसभा र अभियानको अन्त्यमा गाउँपालिका केन्द्रमा सरोकारवालाहरुसँगको कार्यक्रम समेत गरिने उपाध्यक्ष विष्टले बताएकी छिन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कृषिमय वडा बनाउन तल्लिन नरबिक्रम

Next Post

जापान जान छोडेर कृषिमा लगानी

Next Post
जापान जान छोडेर कृषिमा लगानी

जापान जान छोडेर कृषिमा लगानी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...