Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफूले खान पाए ठिक, नपाए बेठिक । कैलाश ढुङ्गेलको त्यै व्यवहार हो ? : नेता तामाङ

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
ओली सरकार विरुद्ध काङ्ग्रेसको प्रदर्शन (फोटो फिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२९ मंङ्सिर, रामेछाप ।


वर्तमान ओली नेतृत्वको सरकारको विरोधमा नेपाली काँग्रेसको देशब्यापि विरोध ¥यालीको क्रममा सोमबार मन्थलीमा पनि विरोध ¥याली निकालिएको छ । जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सभागितामा भैसेश्वर चोकदेखि कटहरबोटसम्म आइपुगेको ¥यालीमा करिब २ सय जना भन्दा बढिको सहभागिता रहेको थियो ।
पछिल्लो समयमा वर्तमान सरकारको कार्यशैली तथा केही दिन अघि तनहुँमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमाथि प्रहरीले गरेको ज्यादतीको विरोध स्वरुप उक्त ¥यालीको आयोजना गरिएको हो । आइतबार बेलुका मन्थलीको देवकोटा चोकमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता भेला भई सिटी जुलुस पछि आयोजना गरिएको कोणसभामा सोमबार विरोध ¥याली गर्ने घोषणा गरिएको थियो ।
सोमबार भएको विरोध ¥याली पछि देवकोटा चोकमै कोणसभाको समेत गरिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक नजिकै गरिएको सभामा नेपाली काँग्रेसका जिल्लास्तरका नेताहरुले वर्तमान सरकारको चर्को विरोध गर्दै मन्तव्य राखेका थिए । ‘केपी ओलीको चमत्कार, जताततै भ्रष्ट्राचार’ भन्ने जस्ता नारा लगाउँदै गरिएको कार्यक्रममा बोल्ने सबै वक्ताहरुले वर्तमान सरकारको कामगर्ने तरिका र नेता रामचन्द्र पौडेलमाथि भएको प्रहरी दमनको विरोध गरेका थिए ।
नागरिकहरुको प्रत्यक्ष मतदानबाट स्थापना भएको कम्युनिष्ट सरकारबाट नागरिकहरुकै कुनैपनि अत्यावश्कीय मुद्धाहरुको सम्बोधन नभएकोमा काँग्रेस नेतृ गङ्गा अधिकारीले ठाडो कटाक्ष गरेकी थिइन् । नागरिकमैत्री सरकार बनेपछि स्वयं नागरिकहरुका अधिकार र पहुँच स्थापित हुनुपर्ने भन्दै नेतृ अधिकारीले नागरिकहरुले अहिलेको सरकारको कार्यशैली देखेर अबको कार्यकालका लागि नेपाली काँग्रेसलाई मतदान दिनुपर्ने धारणा राखेकी छिन् ।
कोणसभालाई सम्बोधन गर्दै अधिकारीले अगाडि भनिन् ‘नागरिकहरुको शिक्षा र स्वास्थ्यको विषयलाई गहनसँग उठानका लागि समेत अबको कार्यकालका लागि नेपाली काँग्रेसलाई जिताउनु पर्छ ।’
नागरिकहरुका हक र अधिकारलाई सुनिष्चित गर्ने बहानामा संविधानसँग बाझिने गरी विभिन्न विध्येकहरु वर्तमान सरकारले ल्याउने गरेको तर्फ अर्का नेता धु्रव लामाले प्रहार गरेका थिए । पहिलो वर्ष विभिन्न बहाना गरेर कार्यकाल बिताएको वर्तमान सरकारले दोस्रो वर्ष व्यापारिहरुको ढाड सेकिनेगरी बढाएको करको बारेमा लामाले आफ्नो अभिमत व्यक्त गरेका थिए । विकास र संवृद्धिको सुनिष्चितताका खातिर वर्तमान सरकारले बढाएको करको दायराले नेपाली नागरिक र विशेषगरी व्यापारीहरुमा प्रत्यक्ष प्रभाव परेको तर्फ लामाको मन्तव्य केन्द्रीत थियो । मन्तव्यकै क्रममा लामाले अगाडि भन्छन्, कोरोना भाइरसको समयमा विभिन्न खाले मेडिकल माफियासँग मिलेर यो सरकारले करोडमा होइन, अरबौं अबर भ्रष्ट्राचार गरेको छ । डब्लुएचओबाट आएका करोडौं करोड रकम भ्रष्ट्राचार गरेको छ । वर्तमान ओली सरकारको कार्यशैलीका कारण नागरिक सुरक्षा लगायतका ३ वटा ठूलाठूला समस्याहरु चुनौतिको रुपमा खडा भएको छ । वर्तमान संघीय लोकतान्त्रीक व्यवस्थामा माथिको चुनौति समेत खडा भएको छ ।’
बिहान ११ बजेदेखि सुरु भएको ¥याली बाट कोणसभा सम्पन्न हुँदा सम्म करिब ३ घण्टाको समय बितेको थियो । जन उपस्थिति भन्दा पनि बढी कार्यकर्ताहरुको जमातलाई नेपाली काँग्रेसका जिल्लास्तरीय नेताहरुले सम्बोधन गरेझैं लाग्दथ्यो । सम्बोधनका क्रममा नेपाली काँग्रेसका नेता तथा निर्माण व्यवसायी पूर्णबहादुर तामाङ कान्छारामले पनि सम्बोधन गरेका थिए । गत एक वर्षमा आफूले जिल्लाको विभिन्न स्थानमा बाँढेका एम्बुलेन्समाथि आफैंप्रति प्रश्न तेर्सिएको तर्फ इङ्गित गर्दै तामाङ्ले कोरोना भाइरसका कारण भएको लकडाउनमा आफैंले मान्छे ओसार्न एम्बुलेन्स प्रयोग गरेको भन्ने आरोप लागेको समेत उनको धारणा थियो । वर्तमान प्रदेश सभा सांसद तथा बागमती प्रदेशका अर्थमन्त्री समेत रहेको कैलाश ढुङ्गेलले आफूमाथि विभिन्न आरोप लगाएको समेत तामाङ्ले कार्यक्रममा बताएका थिए । नेपालका कम्युनिष्ट हरुले २०६३ सालमा फालि सकिएको राजा पुन ल्याउन लागेको आरोप समेत उनले लगाएका थिए । विभिन्न संरचना निर्माणका लागि आवश्यक पर्ने फलामे रडमा प्रतिकिलो २२ रुपैयाँ सम्म मूल्यवृद्धि गरेर वर्तमान सरकारले अर्को निर्वाचनका लागि नगदको जोहो गर्न लागेको धारणा तामाङ्ले राखेका थिए । सभालाई सम्बोधन गर्दै नेता तामाङले अगाडि भने, ‘वर्तमान समयमा नेपालका सम्पूर्ण प्रदेशहरुमा ३ अरबको भ्रष्ट्राचार भएको छ । भ्रष्ट्राचार नभएको जिल्ला सिन्धुली र रामेछाप मात्रै हो । रामेछापमा उपभोक्ता समिति बनाएर काम गर्नुपर्छ भन्ने कुरा नमान्दा कैलाश ढुङ्गेलले एक इन्जिनियरको सरुवा नै गरिदिएका छन् । आफूले खान पाए ठिक, नपाए बेठिक । कैलाश ढुङ्गेलको त्यो व्यवहार हो ?’ तामाङले प्रश्न उठाएका थिए ।
सभामा बोल्ने सबैजसो वक्ताहरुले वर्तमान सरकारको कार्यशैलीको ठाडो विरोध गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कानुनी सहजकर्ताको स्थायी दरबन्दी नहुँदा न्यायीक समितिमा समस्या

Next Post

कृषि वन कार्यक्रमको नाममा ठगी, शाखा प्रमुखले नै आफ्नै कार्यालय विरुद्ध बुझाए ज्ञापनपत्र

Next Post
कृषि वन कार्यक्रमको नाममा ठगी, शाखा प्रमुखले नै आफ्नै कार्यालय विरुद्ध बुझाए ज्ञापनपत्र

कृषि वन कार्यक्रमको नाममा ठगी, शाखा प्रमुखले नै आफ्नै कार्यालय विरुद्ध बुझाए ज्ञापनपत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.