पौष १३, रामेछाप
वर्तमान ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको विगटन गरेपछि आकाशिएको राजनैतिक गतिरोधको प्रभाव रामेछापका समेत परिरहेको छ । यसै सन्दर्भमा नेपाली काँग्रेस, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल तथा नेपाल महिला संघ रामेछापको संयुक्त सहभागितामा राँके जुलुश गरेको छ । आज साँझ मन्थलीको विपि चोकदेखि देवकोटा चोक हुँदै साविक कटहरबोट पुगेर पुनः देवकोटा चोकमा आएर विसर्जन गरिएको छ । उक्त राँके जुलुशमा करिब १ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
राँके जुलुशमा सहभागीहरुको हातबाट राँको खोस्ने कार्यमा नेपाल प्रहरीको तैनाथ बल असफल भएको छ । केही दिन अघि अनेरास्ववियू प्रचण्ड–नेपाल समर्थित विद्यार्थीहरुले गरेको राँके जुलसलाई भने प्रहरीको पूर्ण हस्तक्षेप रहेको थियो ।
जुलुशमा सहभागीहरुले ओली सरकारले चालेको संसद विघटन कार्यलाई असंवैधानिक भन्दै विभिन्न कडा नाराहरु समेत लगाएका छन् ।