Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अवैध लागूऔषध सहित पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
February 2, 2021
in समाचार
0
कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ २०
तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ बेलचौताराबाट ३ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-२६ जलधारे बस्ने विवेक राउत र सुमन विक रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले उक्त लागूऔषध गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध गाँजा मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट ३ ग्राम १ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो सहित सोही ठाउँ बस्ने ३० वर्षीय वीरेन्द्र वलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रको राजित जनरल स्टोरमा अवैध लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्नेक्रममा स्टोरभित्र उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुर चोकबाट १ ग्राम ५ सय ८० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कपिलवस्तु नगरपालिका-११ जहदी बस्ने २५ वर्षीय भेषराज यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भेषराजलाई प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ खैरीघाटबाट ११ ग्राम १ सय ६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित बेलौरी नगरपालिका-१० शिबनगर बस्ने ५७ वर्षीय टिका बहादुर केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र ईलाका प्रहरी कार्यालय बेलडाडीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
ईलाम, माई नगरपालिका-४ शुखानीको जंगलबाट ८७ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित देउमाई नगरपालिका-३ शान्तिडाँडा बस्ने ४७ वर्षीय रमेश अधिकारीलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । मे.१० प ५१७४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार रमेशलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

हराए गाउँका नाटक

Next Post

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

Next Post
तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.