Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
February 3, 2021
in समाचार
0
मन्थली १० का वडाध्यक्ष बोहोरा पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके, २१ माघ
नेपालगंज उपमहानगरपालिका-१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका-१८ लग्दहवा ठेगाना भएका कर्की भन्ने २४ वर्षीय दिनेश कुमार कुर्मि (बर्मा), सोही ठाउँ बस्ने सुर्खेत गुर्भाकोट नगरपालिका-१४ गुमि घर भएका १९ वर्षीय निश्चल गुरूङ, नेपालगंज उपमहानगरपालिका-४ बसपार्क डेरा गरी बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका-७ घर भएका तेज मगर भन्ने २१ वर्षीय तेज बहादुर बिएम, नेपालगंज उपमहानगरपालिका-६ फुलटेक्रा बस्ने १७ वर्षीय किशोर, नेपालगंज महानगरपालिका-५ बसपार्क ठेगाना भएका १६ वर्षीय किशोर, नेपालगंज उपमहानगरपालिका-४ गणेशपुर बस्ने राप्ति सोनारी गाउँपालिका-१ कुसुम घर भएका १७ वर्षीय किशोर र नेपालगंज उपमहानगरपालिका-२ घरबारीटोल बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० घर भएका १६ वर्षीय किशोर रहेका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका-१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बालकले गरे आत्महत्या

Next Post

प्रतिबन्धित भारतीय नोट सहित पक्राउ

Next Post
प्रतिबन्धित भारतीय नोट सहित पक्राउ

प्रतिबन्धित भारतीय नोट सहित पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.