Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिटिल स्टारले पूरा गर्यो २५ वर्ष, रजत जयन्तीमा भव्य कार्यक्रम

जनता भ्वाइस by जनता भ्वाइस
February 18, 2021
in जनता स्पेसल, राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
लिटिल स्टारले पूरा गर्यो २५ वर्ष, रजत जयन्तीमा  भव्य कार्यक्रम
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

फागुन ६, रामेछाप


रामेछाप जिल्लाको पहिलो संस्थागत विद्यालय लिटिल स्टार इङ्लिस स्कूलले आफ्नो स्थापनाको २५ औं स्थापना दिवस तथा रजत जयन्ती समारोह भव्यताका साथ मनाएको छ । मङ्गलबार विद्यालयको प्राङ्गणमा विद्यालयका विद्यार्थी, अभिभावक तथा आगन्तुक सहित् करिब ७ सय जना सहभागीको माझमा उक्त विद्यालयले रजत जयन्ती समारोह मनाएको हो । सरस्वती पूजा सहित मनाइएको रजत जयन्तीमा विद्यालयले आफ्नो यात्राका विविध गतिविधि समेट्दै कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेत, विद्यालयका प्रधानाध्यापक धनलाल योञ्जन सहित् अतिथिहरुको हातबाट रजत जयन्ती स्मारिका समेत विमोचन गरेको छ ।


रामेछाप जिल्लाको मन्थली आसपासमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी स्थापना गरिएको उक्त संस्थागत विद्यालय मध्येमा रजत जयन्तीको यात्रासम्म आइपुग्न सफल भएको विद्यालयमा यो विद्यालय परेको छ ।

‘स्थानीय बुद्धिजीवी शिक्षाविद्हरुको सक्रिय सहयोगमा वि.स २०५२ सालमा रामेछाप जिल्लाको मन्थली एक अङ्ग्रेजी विद्यालय सथापना गरी सामान्य आर्थिक स्रोत भएका अभिभावकहरुका नानीबाबुहरुहरुलाई अङ्ग्रेजी माध्यमबाट पठनपाठनमा पहँुच पु¥याउने उच्च अभिलाषाका साथ लिटिल स्टार इङ्लिस इस्कुल नामाकरण गरी जिल्लाकै पहिलो अङ्ग्रेजी संस्थागत विद्यालय स्थापना भएको हो । यस समुदायमा अंग्रेजी शिक्षाको विस्तार मोह बढिरहेको अवस्थामा अङ्ग्रेजी माध्यममा शिक्षाको ज्योति फैलाउने महान अभिभारा बोकेर शैक्षिक सफलताको इतिहास आत्मसाथ गर्दै आज यस विद्यालय २५ औ वसन्तमा आफ्ना सफलताका पाइलाहरु अगाडी बढाइरहेको छ । शैक्षिक यात्राको अनेक उकाली ओरालीहरु आरोह, अवरोहहरु घुम्ती र मोडहरु पार गर्दै आज यस विद्यालय आफ्नो स्थापनाको रजत जयन्ती मनाउने क्षणसम्म आइपुग्दा थुप्रै शैक्षि उपलब्धिहरु हासिल गरिसकेको छ । हिजो स्थापना कालमा ४८ जना बालबालिकाहरु र ५ जना शिक्षकशिक्षिकाहरु बाट सुरु गरिएको विद्यालय आज माध्यमिक तहसम्म गुणस्तरीय व्यवहारिक साथै जीवनोपयोगी र संस्कारयुक्त शिक्षा प्रदान गर्दै वि.स. २०६४ सालमा पहिलो पटक जिल्लकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । परिणाम त एस.एल सी ÷ एस.ई .ई पश्चात यस विद्यालयबाट सफल विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नका लागि देश विदेशमा गई उत्कृष्ट कलेजमा अध्ययन गर्ने अवसर पाउनुका साथै आफूलाई विज्ञान, वाणिज्य शास्त्र र अन्य प्राविधिक विषयमा दक्ष र अब्बल दर्जामा सावित हुन सफलताका सिढी हुन् । अन्तत ः यस विद्यालयले यस जिल्ला लगायत देशका विभिन्न क्षेत्रका लागि आवश्यक दक्ष सक्षम र सुयोग्य जनशक्ति उत्पादन गर्नमा अग्रीणी भूमिका खेलेको छ । विद्यालय सुधारमा विगतमा झै अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी अन्य सम्पूर्ण शैक्षिक सरोकारवालाहरुका साथ र सहयोग कायम रहने विश्वास लिनुका साथै विद्यालयको विविध पक्षहरु यहाँहरुको अगाडी छर्लङ्ग छ ।’

विद्यालयले प्रस्तुत गरेको आफ्नो यात्राको स्मरणमा भनेको छ ।


वि.सं. २०५२ साल पौष १५ गतेबाट पूर्व प्राथमिक तहमा आफ्नो पठनपाठन सुरु गरेको उक्त विद्यालयले त्यसको ६ वर्ष अर्थात् २०५८ मा प्रा.वि. त्यसको २ वर्ष अर्थात् २०६० सालमा निमावि र २०६४ सालदेखि तत्कालिन एसएलसी परीक्षामा आफ्ना विद्यार्थीलाई सहभागी गराएको हो । वि.सं. २०६४ सालदेखि गत वर्ष अर्थात् २०७६ सालसम्म आइपुग्दा यस विद्यालयबाट एसएलसी÷एसइई उतिर्ण हुने ३७२ जना बालबालिकाहरु रहेको विद्यालय स्रोतले बताएको छ ।

लिटिल स्टार इङ्लिस स्कूलले मनाएको रजत जयन्ती समारोहमा रामेछाप जिल्लामा रहेर दीर्घ शिक्षा सेवा गर्ने ४ जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । मन्थली मावि मन्थलीका प्रधानाध्यापक तथा मन्थली सहिद् स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठ, तामाकोसी जनजागृति मा.वि. खिम्तीका प्रधानाध्यापक पवनराज पौडेल, हिमगङ्गा मावि साँघुटारका प्रधानाध्यापक झनहरि दाहाल र मन्थली माविका शिक्षक तथा लिटिल स्टार इङ्लिस स्कूलका विद्यालय व्वस्थापन समितिका अध्यक्ष तारानिधि सुवेदीलाई दोसल्ला र प्रमाणपत्र सहित् सम्मान गरेको हो । साथै सोही विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई समेत विद्यालयले सम्मान गरेको छ । जसमा विगत २३ वर्षदेखि ५ वर्षसम्म निरन्तर काम गर्ने शिक्षक कर्मचारीहरुलाई खादा र प्रमाणपत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा सम्मानित हुने पूर्व शिक्षक तथा दीर्घ शिक्षा सेवामा समर्पित तामाकोसी जनजागृति मावि खिम्तीका पूर्व प्र.अ. पवनराज पौडेलले विद्यालयले आफूहरुको योगदानको कदरगर्दै गरेको सम्मानले आफूमा अझ यो समाजको शिक्षा क्षेत्रका लागि कार्यसम्पादन गर्ने जाँगर पलाएको बताएका छन् । सम्मान कार्यक्रम पछि उपस्थिति सभालाई सम्बोधन गर्ने क्रममा पौडेलले यस्तो बताएका हुन् ।


सरस्वती पूजालाई लक्षित गरी २५ औं अभिभावक दिवस, रजत जयन्ती कार्यक्रम संयोजन गरिरहँदा अघिल्लो दिन अर्थात् सोमबार बेलुका विद्यालयले दीपावली समेत गरेको थियो भने कार्यक्रमका दिन विद्यालयलका बालबालिकाहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत देखएका थिए । हाल करिब ५ सय ५० जना बालबालिकाहरुले अध्ययन गरिरहेको उक्त विद्यालयले आधुनिक र सुविधा सम्पन्न आफ्नो भवन मन्थलीमा निर्माण गरिरहेको विद्यालयका प्रधानाध्यापक धनलाल योञ्जनले बताएका छन् ।

रजत जयन्ती कार्यक्रममा विमोचन गरिएको विद्यालयको २५ औं वसन्तको स्मरण ‘रजत जयन्ती स्मारिका’ विद्यालयका विभिन्न शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षहरुको समेत प्रक्षेपण गरिएको छ । जसमा निम्न पक्षहरु विद्यालले समेटेको छ ।

अतिरिक्त क्रियाकलापहरु


विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शारीरिक मानशिक र वौदिक विकासका लागि विद्यालयको वार्षिक क्यालेन्डर अनुसार हरेक शुक्रबार तहगत र सदनबिच अतिरिक्त क्रियाकलापहरु संचालनको लागि विद्यालयको अतिरिक्त क्रियकलाप प्रमुख बाल क्लव खेलकुद क्लव को सक्रियतामा इनडोर र आउटडोर क्रियाकलापहरु संचालन गर्दै आएको छ । यस विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरु निम्नानुसार रहेका छन् ः


क) विद्यार्थीहरुको अन्र्तनिहित क्षमता विकासका लागि साहित्कि सांस्कृति कार्यक्रम सप्ताहव्यापी खेलकुद आयोजना गरिएको ।
ख) प्रदुषण मुक्त बनाउन वातावरण सरसफाई अभियान सञ्चालन
ग) स्थानीय राष्ट्रिय र अन्र्तराष्ट्रिय पर्वहरुको बारेमा महत्व सम्बन्धी विहानी प्रार्थना सभामा शिक्षक विद्यार्थीहरुको विचार व्यक्त गरिएको ।
घ) चित्रकला, शैक्षिक सामग्री प्रदर्शन
ङ्) मार्सल आटर्स अन्र्तगत कराते तेक्वान्दो र उस्सु सिक्नका लागि प्रोत्साहन गरिएको ।
च) वियमित कार्यक्रम अन्र्तगत कविता वाचन निवन्ध लेखन (अङ्ग्रेजी र नेपाली माध्यमा ) वक्तृत्वकला, वादविवाद, र हाजिरी जवाफ कार्यक्रमहरु सदन वीच प्रतिस्पर्धा गराई उचित पुरस्कारको व्यवस्था गरिएको ।
छ) विद्यार्थी प्रतिभा प्रदर्शनका लागि नियमित विहानी प्रार्थना सभामा विद्यार्थीहरुलाई मौका दिनु,
ज) विद्यार्थीहरुको लेखन तथा सोच सिर्जना विकासका लागि वाल क्लव र क्याप्टेन कमिटिको सक्रियतामा पाक्षिक आँकुरा पत्रिका प्रकशन गरिएको ,
झ) लिटिल स्टारको उत्पादित आँकुरा वाल कार्यक्रम तामाकोसी रेडियो बाट हरेक शनिवार प्रसारित भएको ।

भौतिक पक्ष

हालसम्म यस विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १ सम्म पक्की भवन र कक्षा २ देखि १० सम्मका कक्षाहरु अन्य ब्लकमा संचालन भएको छ । यी सबै भवन गरी जम्मा २८ वटा कोठाहरु रहेका छन् । प्रत्येक भवन र ब्लकमा शौचालयको व्यवस्था छ । विद्यार्थीहरु आरामदायी बसाई व्यवस्थापनका लागि पर्याप्त फर्निचर र प्रत्येक कक्षामा गर्मी मौसमको लागि पंखाको समेत उपयुक्त व्यवस्था गरिएको छ । स्वच्छ खानेपानी र चमेनागृह समेत संचालनमा ल्याएको छ । विद्यार्थी सुरक्षा उच्च सतर्कता अपनाउन गेटहरु निर्माण गरियो ।

आर्थिक पक्ष

विद्यालयको समग्र भौतिक व्यवस्थापन कर्मचारी शिक्षक तलब भत्ता र विविध अतिरिक्त क्रियाकलाप संचालनकाको लागि विविध शीर्षकमा शुल्क असुल गर्न गरिएको छ । विद्यालयको श्ुल्क निर्धारणको लागि अभिभावको निर्णयानुसार मात्र कार्यान्वयन गरिने हुँदा विद्यार्थी शुल्कहरु समयमा नै अभिभावकहरुले बुझाउने अर्काे महत्वपुर्ण पक्ष हो । विद्यालयले लिइने शुल्कमा भर्ना शुल्क भर्नाशुल्क कक्षोन्नती शुल्क मासिक शुल्क परीक्षा शुल्क कम्यूटर शुल्क रहेको छ ।

भावी रणनीति तथा कार्यक्रमहरु

यस विद्यालयले दक्ष र संक्षम जनशक्ति उत्पादन गरी देशको चौतर्फी विकासमा टेला पुगोस भन्ने हेतुले समय सापेक्ष योजना निर्माण तथा कार्यान्वयन गर्दै आएको छ । विगतदेखि शैक्षिक सुधारका लागि आफ्ना पहल कदमिहरु भइरहेको अवगत नै छ । अवको केहीवर्षभित्र यस विद्यालय थप विकासका लागि निम्न कार्य गर्ने छ ः
क) भौतिक पूर्वाधार अन्र्तगत जिल्लाकै सुविधा संपन्न भवन निर्माण गरी विज्ञान र व्यवस्थापन संकायको कक्षाहरु संचालन गर्ने ,
ख) भौतिक निर्माण पुननिर्माण र मर्मत संहार जस्ता कार्यलाई प्राथमिकतामा राखिने,
ग) हाल संचालन भइरहेको कम्प्यूटर ल्याव र विज्ञान त्यसलाई स्थगित गर्दै लैजाने,
घ) विद्यालयमा स्थापित स्काउट ड्रप बाल क्लव क्याप्टेन कमिटि र सदन संयोजकहरुलाई व्यक्तित्वविकास तालिमहरु संचालन गर्ने,
ङ) यस विद्यालयले प्रकाशन गर्र्दै आइरहेको प्रयास बुलेटिन र पाक्षिक आँकुरालाई प्रकाशन गर्न निरन्तर दिइने,
च) विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न विगतमा संचालन गर्दै आइरहेको जिल्ला स्तरीय हाजीरीजवाफ रनिङशिल्ड आयोजना गर्ने ,
छ) शिक्षणसिकाईलाई सहज बनाउन ई बुक ई कपि र इन्टरनेटको व्यवस्थालाई निरन्तरता दिने,
ज) खेल विद्याम राष्ट्रिय अन्र्तराष्ट्रिय पदक प्राप्त विद्यार्थीहरुसँग अध्ययनमा छुट दिने,
झ) हाल संचालन भइरहेको स्कुल बस मा अरु थप गर्दै लैजाने
ञ) विद्यार्थीहरुको शैक्षिस्तर अभिवृद्धिको लागि थप कक्षाहरु जस्तै ः विशेष कक्षा कोचिङ कक्षाहरु आवश्यकताको आधारमा संचालन गर्ने ,
ट) शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमलाई निरन्तरता दिदै जाने,
ठ) विद्यार्थीको शिक्षणसिकाई उपलब्धीमा उर्तिण प्रतिशतको आधारमा विषगत शिक्षकलाई पुरस्कार तथा सम्मान गर्ने,
ड) २१ औ शताब्दिमा प्रविधिको प्रयोग गरी शिक्षणमा सहज बनाउने समय सान्दर्भिक बनाउने ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन मिल्दा प्यार, मन मिल्न छाडे त्यही प्यार हुने बलात्कार ?

Next Post

आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक

Next Post
आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक

आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...