फागुन १० रामेछाप
मन्थली नगर तेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा स्वर्ण पदक प्राप्त गर्ने आफ्ना सबै खेलाडिहरूलाई केब्स स्कूलले मासिक शुल्कमा शत प्रतिशत छुट दिने घाेषणा गरेकाे छ ।
केब्सले आफूले प्राप्त गरेकाे सुखद परिणामलाई समग्र संस्थागत स्कूलहरूकै गाैरवकाे रूपमा लिँदै फागुन १० गते साेमबार विजेता खेलाडि र खेल प्रशिक्षकहरूलाई एक समाराेहबीच सम्मान गरेकाे छ ।
खेलकुद क्षेत्रमा संस्थागत विद्यालयले उत्कृष्ट खेल देखाउँदै मन्थली नगर तेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा विभिन्न विधामा उत्कृष्टता हाँसिल गर्न सफल भएका छन् ।
प्रतियाेगितामा मार्चपासमा “सर्वाेत्कृष्ट” स्थान सहित ५ स्वर्ण, ८ रजत र ९ काँस्य पदक विजय गरी संस्थागत मावि केब्स बाेर्डिङ स्कूल प्रतियाेगिताकाे उपविजेता बन्दै समग्रमा दाेस्राे स्थान प्राप्त गर्न सफल भएकाे छ ।
छात्रा कबड्डिमा तामाकाेशी बाेर्डिङले जिल्लाकै सबैभन्दा ठूलाे सामुदायिक विद्यालय मन्थली माविलाई पराजित गरेकाे थियाे भने जिल्लाकाे जेठाे संस्थागत स्कूल लिट्टिल स्टारले समेत छात्र कराँते तर्फ स्वर्ण स्थान प्राप्त गरेकाे छ ।
प्रतियाेगितामा मन्थली मावि प्रथम, केब्स बाेर्डिङ स्कुल द्वितीय र सेतीदेवी मावि सालु तृतीय भएका थिए । मन्थली नगर तेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु हुने दिन सो खेलका लागि आउँदै गर्दा खेलाडी बोकेको बस दुर्घटनामा परेको थियो । त्यसको बाबजुद सेतिदेवी माविले भलिबलमा बर्चस्व जमाउँदै आएको मन्थली माविलाई पराजित गरेको थियो ।