Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा सुरक्षित बैदेशिक रोजगारका लागि पत्रकारहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रम चल्दै ।

जनता भ्वाइस by जनता भ्वाइस
February 25, 2021
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
मन्थलीमा सुरक्षित बैदेशिक रोजगारका लागि पत्रकारहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रम चल्दै ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


फागुन १२, रामेछाप ।


रामेछाप जिल्लाका स्थानीय तहहरु मन्थली नगरपालिका, सुनापति, दोरम्बा र उमाकुण्ड गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित तथा हेल्भेटास नेपाल र सामी परियाेजनाद्वारा सञ्चालित् सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम यतिबेला मन्थलीमा चलिरहेको छ । मन्थलीमा रहेको जि.एस. होटलको सभाहलमा भइरहेको उक्त कार्यक्रममा जिल्लाका धेरैजसो संचारमाध्यम र तिनमा कार्यरत पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको छ । कार्यक्रमको औपचारिक उद्घाटन सत्र समापन भएको छ । उद्घाटन सत्रको सभाध्यक्षताको आसनग्रहण मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले गरेका थिए भने उपस्थित पत्रकार लक्षित स्वागत मन्तव्य मन्थली नगरपालिकाका उपसचिव (प्राविधिक) तथा महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकीले गरेका थिए ।


उद्घाटनसत्रको समापनको अवसरमा मन्तव्य राख्दै कार्यक्रमका सभाध्यक्ष बस्नेतले रामेछापका युवाहरुले आफू र आफ्नो समुदायमा आफूलाई उपयुक्त हुने स्वरोजगारमुखी कार्यक्रममा सहभागी नभई विदेश जानु नै आफ्नो विकल्प देखेको बताउँदै सभाध्यक्ष बस्नेतले अगाडि भने, ‘विकल्पहीन अवस्थामा रहेका रामेछापका युवाहरुलाई धेरै सूचनाको स्रोत बोकेका रामेछापका पत्रकार मित्रहरुले कुनै न कुनै विकल्प देखाइदिने आषयले समाचार संप्रेषण गर्ने कार्यमा लागिदिनु हुनेछ भन्ने हामी अपेक्षा गर्दछौं ।’


कार्यक्रममा स्वागत मन्तव्यलाई उठाउँदै नगरपालिकाका उपसचिव तथा महाशाखा प्रमुख बुढाथोकीले समेत सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिदिने बारेमा नगरपालिकाले राम्रो अपेक्षा राखेको बताएका छन् । पत्रकारहरु नै सूचनाको प्रमुख श्रोत रहेकोले पत्रकारहरुले नै प्रत्यक्ष–परोक्ष रुपमा परामर्शकर्ताको भूमिका खेल्नुपर्ने बुढाथोकीको कथन थियो ।


हाल यो समाचार तयार पार्दसम्म अन्तक्र्रिया कार्यक्रममा कार्यक्रम संयोजक भोजराज सुनुवारले बैदेशिक रोजगारीको अवस्था र चुनौति विषयक प्रस्तुति दिइरहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

स्वर्ण पदक बिजेतालाई केब्सले दियो मासिक शुल्कमा शत प्रतिशत छुट

Next Post

दोरम्बामा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Next Post
दोरम्बामा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

दोरम्बामा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...