Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

महिला स्वास्थ्य सम्बन्धी १ दिने कार्यक्रम मन्थलीमा सम्पन्न

जनता भ्वाइस by जनता भ्वाइस
April 4, 2021
in राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
महिला स्वास्थ्य सम्बन्धी १ दिने कार्यक्रम मन्थलीमा सम्पन्न
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter


चैत्र २१, जनता भ्वाइस संवाददाता, रामेछाप


महिला स्वास्थ्य सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम आज मन्थलीमा सम्पन्न भएको छ । मन्थलीस्थिच नेपाल मगर महिला संघको सभाहलमा भएको कार्यक्रममा ३४ जना महिलाहरुको सहभागीता रहेको थियो ।

तस्वीर : कार्यक्रमकाे समापन पछि अनुशिक्षणमा सहभागीका साथमा प्रशिक्षकहरु / जनता भ्वाइस


शुभजीवन हस्पिटल खुर्कोटको समन्वय तथा नेपाल महिला मगर संघ, रामेछाप र त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, रामेछापको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा मनोसामाजिक परामर्श तथा महिला स्वास्थ्यको विषयमा जानकारी गराइएको थियो ।
प्रशिक्षक तथा शुभजीवन हस्पिटलका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. राजन न्यौपानेले महिलाहरुले आफूमा देखा पर्ने स्वास्थ्य समस्या खुलेर अस्पतालसम्म ल्याउन नसक्दा रोग पालेर बस्नुपर्ने बाध्यता रहेको बताएका छन् ।


‘हाम्रो समाजमा अmभै महिलाहरुले लाज र सामाजिक डरका कारण आफूमा रहेको रोग पालेर बस्नु परेको छ’ जनता भ्वाइससँग कुराकानी गर्दै डा. न्यौपानेले भने, ‘आफूलाई यस्तो समस्या भएको छ भनेर अस्पतालमा आएर निर्धक्क बताउन सक्ने वातावरण बन्न सकेको छैन । सोही प्रकृतिको लाज र डरलाई पन्छाएर निर्धक्क सँग आफ्नो रोग खुलाउन सजिलो होस् भनेर हामीले यस्ता कार्यक्रमहरु गर्दै आएका छौँ ।’
आजको कार्यक्रममा सहभागी भएका महिलाले अब आफ्नो र समाजमा भएका अरु महिलामा देखिने स्वास्थ्य समस्याहरु अस्पतालसम्म ल्याउन सहयोग गर्ने उनको विश्वास छ ।


कार्यक्रममा सहभागी अञ्जना राना मगरले महिलाले आफूमा देखिने शारीरिक समस्याहरु लाज र समाजको डरका कारण भित्रै राखेर रोग पालेर बस्नु हुँदैन भन्ने शिक्षा आफूले पाएको बताईन् ।


‘मेरो समाजमा पनि धेरै महिला दिदी बहिनीहरु आफूमा रोग पालेर बसेका छन् । अब तिनीहरुको पहिचान गरेर अस्पतालसम्म पुर्याउने कुरामा म भूमिका खेल्छु’ उनले भनिन्, ‘रोग पालेर बस्ने दिनहरु अब सकिएछन् । खुलेरै आफ्नो स्वास्थ्य समस्या डाक्टरको अघि बताउन गाउँमा उत्प्रेरणा जगाउँछु ।’


गाउँमा भएका महिला दिदी बहिनीहरुमा आउने विभिन्नखाले नैराश्यता, चिन्ता र त्यसको निदानका बारेमा किशोरकुमार थापाले प्रशिक्षण दिएका थिए ।

दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ, खोटाङलगायत जिल्लाको केन्द्रका रुपमा रहेको खुर्कोटस्थित शुभजीवन अस्पतालले महिला स्वस्थ्य तथा प्रसूती र अन्य विविध स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । आफूहरुले भोलिका दिनमा सेवाग्राही लक्षित विभिन्न सेवा सुविधा थप गर्ने हस्पिटलकी प्रमुख व्यवस्थापक अमृता पौडेलले बताईन् ।
आयोजक संस्था त्रिनेत्र अध्यात्मक चिन्तन केन्द्र, जिल्ला समिति रामेछापका अनुसार प्रशिक्षणमा सहभागीले केही मात्रामा भएपनि मानसिक बोझ हलुङ्गो भएको महसुस गरेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नयाँ गोरख गणमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

Next Post

पत्रकार महासंघ रामेछापमा नयाँघरे प्यानल विजयी

Next Post
पत्रकार महासंघ रामेछापमा नयाँघरे प्यानल विजयी

पत्रकार महासंघ रामेछापमा नयाँघरे प्यानल विजयी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...