Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नयाँ गोरख गणमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

जनता भ्वाइस by जनता भ्वाइस
April 1, 2021
in राष्ट्रिय समाचार, समाचार
0
नयाँ गोरख गणमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


चैत्र २०, जनता भ्वाइस संवाददाता, रामेछाप ।


रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको श्री नयाँ गोरख गणले सो गणको मुख्यालय रामेछाप व्यारेकमा सेवा निवृत्त सैनिकहरुको वृहद् सम्मेलन सम्पन्न गरेको छ । गत मंगलबार श्री नं ९ बाहिनी अड्डाका बाहिनीपतिको प्रमुख आतिथ्यता तथा आयोजक गणका गणपति लगायत भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरण उपभोग गरिरहेका एकल महिला समेतको उल्लासमय सहभागीतामा उक्त सम्मेलन सम्पन्न भएको हो । पछिल्लो समयमा भारत लगायतका तेस्रो मुलुकहरुमा विशेष सक्रियता जनाउँदै गरेको कोरोना भाइरस कोभिड १९ को सम्भावित संक्रमणलाई दृष्टिगत गरी सावधानीपूर्वक भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको कार्यक्रमको आयोजक नयाँ गोरख गणले जनकारी दिएकाे छ ।


नेपाली सेनाका भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारहरुका लागि कल्याणकारी तथा आयमूलक कार्यहरुलाई प्रभावकारी रुपमा विकेन्द्रीकृत तथा विकास गरी हिताधिकारीहरुको घर दैलोसम्म पुर्याउने उदेश्यले उक्त सम्मेलन गरिएको जनाइएको छ । श्री मध्ये पूर्वी पृतना हेडक्वार्टर बर्दिबासमा मुख्य शिविर र रामेछाप जिल्लाबाट निवृतिभरण प्राप्त गर्ने हिताधिकारीहरुलाई लक्षित गरी श्री नयाँ गोरख गणले सहायक शिविरको रुपमा भूतपूर्व सैनिक सम्मेलन रामेछापमा संचालन गरेको हो ।


कोरोना भाइरस कोभिड–१९ को संक्रमणको कारण जिल्लाका १ सय जना भूतपूर्व सैनिक तथा एकल महिलाहरु सहभागी गराई मुख्य शिविरबाट नेपाली सेनाका प्रधान सेनापतिले दिनु भएको मन्तव्य प्रत्यक्ष रुपमा श्रव्यदृष्य मार्फत देखाइएको थियो भने भूतपूर्व सैनिक, पारिवारिक निवृत्तभरण उपभोग गरिरहेका एकल महिला तथा तिनका आश्रित परिवारहरुको सामान्य स्वास्थ्य परिक्षण गरि शारीरिक रुपमा अशक्त भएका भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारहरुका १५ सदस्यहरुलार्ई श्री नं.९ बाहिनी अड्डाका वाहिनीपति सहायकरथी ध्रुवप्रकाश शाहबाट ह्वीलचेयर र वैशाखी वितरण गरिएको कार्यक्रम आयोजक नयाँ गोरख गणका प्रमुखले जानकारी दिएका छन् ।


उक्त कार्यक्रमका प्रमुख अथिति सहायक रथी ध्रुवप्रकाश शाहले सहभागी भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारसँग विशेष अन्तक्र्रिया गर्नुका साथै उनीहरुको रायसुझाव र गुनासोहरुको संम्बोधन गर्नुभएको थियो । सम्मेलनमा सहभागी भएका भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारहरुलाई विविध दैनिक उपभोग्य सामग्रीहरुको वितरण गर्दै प्रमुख अतिथि शाहबाट नेपाली सेना कल्याणकारीद्वारा संचालन भएका विभिन्न सेवा सुविधाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा उपस्थित हुन नसकेका अन्य भूतपूर्व सैनिक तथा तिनका एकल महिलाहरुलाई सैनिक कल्याणकारीबाट प्राप्त सामग्रीहरु एक हप्तासम्म वितरण गर्ने श्री नयाँ गोरख गणले जानकारी दिएको छ ।


हाल रामेछाप जिल्लामा नेपाली सेनाका भूतपूर्व सैनिकहरुको कूल संख्या ३ हजार ३ सय २४ जना रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा सुमित श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

Next Post

महिला स्वास्थ्य सम्बन्धी १ दिने कार्यक्रम मन्थलीमा सम्पन्न

Next Post
महिला स्वास्थ्य सम्बन्धी १ दिने कार्यक्रम मन्थलीमा सम्पन्न

महिला स्वास्थ्य सम्बन्धी १ दिने कार्यक्रम मन्थलीमा सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...