रामेछाप १६ बैशाख
सोलुखुम्बु जिल्लामा तत्काल लकडाउन नहुने भएको छ । देशभर कोरोना जोखिम बढेको भएपनी अहिलेसम्म सोलुखुम्बुमा कोरोना संक्रमीत नभएको सरकारी तथ्यांक रहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
तर लिखुपिके गाउँपालिका सोलुखुम्बु र उमाकुण्ड गाउँपालिका रामेछापको सिमा भएर बग्ने लिखु नदिमा संचालित लिखु हाइड्रोपावरमा कार्यरत कामदारमा कोरोना पोजेटिभ देखिएको भन्ने व्यापक हल्ला चलेको कारण आम जनतामा त्रासमा छन् ।
लिखु हाइड्रोपावरका पव्लिक रिलेसन अफिसर (PRO) इन्द्रजित कार्की भने यो खबरमा सत्यता नरहेको बताउछन् ।उनका अनुसार ४२ जनाको स्वाब संकलन गरि पठाईएको र उनिहरुको रिपोर्ट भोलि आउनेछ ।