Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काँग्रेस संसदीय दलको बैठक आज

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
काँग्रेस संसदीय दलको बैठक आज
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

शनिवार, बैशाख २५

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । आज दिउँसो दुई बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकको सन्दर्भमा आफ्नो रणनीति बनाउन बैठक बस्न लागेको उनको भनाइ छ । २७ गते विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसको निर्णय छ । मंगलबार कसेको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो ।खाणका अनुसार आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई सोही अनुसारको निर्देशन दिने छ ।

बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ । बुधबार विहीबार र शुक्रबार देउवा निवासमा तीन महत्वपूर्ण राजनीतिक भेटवार्ता भएका थिए ।क्रमशः प्रधानमन्त्री ओली, एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवासँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओली विश्वासको मत माग्न पुगेका थिए भने नेपाल र प्रचण्डले देउवासँगको भेटवार्ता विपक्षी गठबन्धन बलियो बनाउने रणनीतिमा केन्द्रित थियो ।देउवाले ओलीलाई विश्वासको मत दिन नसकिने जवाफ फर्काएका छन् भने प्रचण्ड र नेपालसँगको छलफलबारे ठोस कुरा बाहिर आएको छैन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी बेइजिङ जाने

Next Post

डेरिले दुध लिन नमानेपछि किसानहरू चिन्तित

Next Post
डेरिले दुध लिन नमानेपछि किसानहरू चिन्तित

डेरिले दुध लिन नमानेपछि किसानहरू चिन्तित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.