Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

डेरिले दुध लिन नमानेपछि किसानहरू चिन्तित

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
डेरिले दुध लिन नमानेपछि किसानहरू चिन्तित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैशाख , २५ रामेछाप,

निषेधाज्ञाको कारण रामेछापका दूध किसान मारमा परेका छन् । निषेधाज्ञाका कारण बजार पसल एक समय मात्र खुल्ने हुँदा किसानहरुले उत्पादन गरेको बेलुकाको दूध खेर जाने स्थितिमा पुगेको छ । व्यवसायीक रुपमा दूध उत्पादन गर्दै आएका किसानहरुले यसको प्रत्यक्ष मार खेपिरहेका छन् । आफुहरुले उत्पादन गरेको बिहानको दूध डेरिले लिने तर बेलुकाको उत्पादित दुध लिन नमानेपछि किसानहरू चिन्तित बनेका हुन् ।

बिहानको दूध मात्र डेरिले लिन्छन् बेलुकाको दूध के गर्ने भन्ने चिन्ताले सताएको दूध किसान डुकुना पोखरेल घिमिरे बताउछिन् । निरञ्जन निराकार गाई फार्म संचालन गर्दै आएकी उनी किसानले उत्पादन गरेको दूध डेरीहरुले लिने वातावरण सम्बन्धि निकायले मिलाइदिनु पर्ने बताउछिन् । आफै दुग्ध सहाकारी  रामेछापको अध्यक्ष हुँदा पनि किसानले उत्पादन गरेको दूध खपत नहुँदा चिन्तित भएको घिमिरे बताउछिन् ।

किसानले उत्पादन गरेको दूध बिक्री गर्ने वातावरण प्रशासनले मिलाइदिनु पर्ने अर्का किसान केशर क्षेत्री बताउछन् ।  दैनिक १ सय ३० लिटर उत्पादन गर्दै आएका उनको पनि बेलुकाको दूधले बजार नपाउँदा उनी निरास भएका छन् । दूध बिक्री नहुँदा गाईलाई घाँस र दाना खुवाउन समेत समस्या हुन थालेको खत्रीले बताए । आनन्द पशु पालन फार्मका मार्फत खत्रीले १३ वटा गाई पालेका छन् । आफुहरुले उत्पादन गरेको दूध भणडारण गर्न सक्ने अवस्था नरहेको र डेरीहरुले नलिदिए पछि आफुहरु समस्यामा परेको उनले बताए ।

लकडाउनको कारण खपत कम भए सगैं किसानहरुले उत्पादन गरेको दूध लिन नसकेको डेरी संचालक बताउँछन् ।  “दूध लिएर मात्र के गर्ने किन्ने मान्छे नआएपछि ? आफुहरुले भण्डारण  धेरै गर्न नसकेका कारण यो अबस्था आएको छ” – रामेछाप डेरीका संचालक किशोर पौडेल बताउँछन् । प्रशासनले डेरी ब्यबसायलाई सहज संचालन गर्ने वातावरण बनाइदिनु पर्ने पौडेल बताउँछन् ।

अहिले मन्थली आसपासका किसानले उत्पादन गरेको दूधको मात्रा १९ सय लिटर रहेको छ भने बजारमा खपत ६ सय लिटर मात्र रहेको छ । प्रशासनले दूध तथा दूधजन्य पदार्थको उत्पादन तथा बजारीकरणमा सहजता साथै ढुवानीमा सहजीकरण गरिदिए किसानहरूले उत्पादन गरेको सम्पुर्ण दूध लिन सकिने चिरञ्जीवी डेरीका संचालक भानु श्रेष्ठ बताउँछन् । प्रशासनले  डेरी उद्योगलाई अन्य ब्यबसाय जस्तै समय निर्धारण गरेका कारण किसानले समस्या बेहोर्नु परेको उनको भनाइ छ । डेरी उद्योगलाई दैनिक १२ देखि १५ घण्टा संचालन गर्न दिनु पर्ने उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले भने किसानको समस्या समाधान गर्न आवश्यक ब्यबस्था गरिने जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

काँग्रेस संसदीय दलको बैठक आज

Next Post

उपमेयर चढ्ने गाडी बनाईयो एम्बुलेन्स

Next Post
उपमेयर चढ्ने गाडी बनाईयो एम्बुलेन्स

उपमेयर चढ्ने गाडी बनाईयो एम्बुलेन्स

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.