Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कान्छारामले दिए तीनवेड आइसियु सहित उपकरण

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
कान्छारामले दिए तीनवेड आइसियु सहित उपकरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेठ ४ रामेछाप

रामेछाप । समाजसेवी पूर्णवहादुर तामाङ्ग (कान्छाराम) ले तीनवेड आइसियु र उपकरण मगंलवार तामाकोशी अस्पतालाई हस्तान्तरण गरेका छन् ।
समाजसेवी कान्छारामले २५ लाख व्यक्तिगत लगानीमा तीनवेड आइसियु, मनिटर लगाएतका उपकरणहरु र चिकित्सक र कर्मचारीहरुलाई पिपिइसेट, सेनिटाइजर लगाएतका सामाग्रहीहरु तामाकोशी सेवा समितिका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।

समाजसेवी एवं नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ (कान्छाराम)ले जिल्लामा आइसियु बेड नहुँदा यसअघि धेरै नागरिकहरुको मृत्यु भएको र हाल पनि कोरोना भाइरसका कारण दुईजना नागरिकहरुले ज्यान गुमाएको खबर सुनेपछि अब कुनै नागरिकहरुको अकालमा ज्यान नजाओस् भनि आइसियु वेड र उपकरणहरु खरिद गरेर अस्पतालाई हस्तान्तरण गरेको बताए ।
त्यस्तै कोरोना भाइरस महामारी अवधिभर आइसियुमा लाग्ने चिकित्सक र चाहिने जनशक्तिलाई आवश्यक तलव भत्ताको समेत स्वंय आफैले व्यवस्थापन गर्ने समाजसेवी कान्छाराम तामाङले बताए ।

मन्थली नगरपालिकाले १२ रोपनी जग्गा व्यवस्थापन गरिदिए आगामी तीन महिनाभित्र अक्सिजन प्लान्ट समेत निमार्ण गरिदिने उनले बताए । अक्सिजन प्लान्ट निमार्णको लागि आवश्यक सहयोग मन्थली र रामेछाप नगरपालिकाको सहयोग पाएमा तत्काल जिल्ला सदरमुकाममा अक्सिजन प्लान्ट निमार्ण गर्ने घोषणा समेत गरेका छन् ।


जिल्लामा आइसियु वेड नहुँदा धेरै समस्या थियो । पहिलो पटक तामाकोशी अस्पताललाई समाजसेवी कान्छाराम तामाङले आइसियु वेड प्रदान गर्नुभएको छ । यसलाई तत्काल संचालनमा ल्याएर गम्भिर भएका कोरोना संक्रमित बिरामीको ज्यान जोगाउन धेरै सहज हुने तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले बताए ।


अस्पतालमा आइसियु वेड नहुँदा विरामीलाई रिफर गरेर पठाउनु पर्ने, कतिपय विरामीहरुको विच वाटोमा नै अकालमा ज्यान गुमाउनु पर्ने र राजधानी पुगेका बिरामीहरुले पनि विभिन्न अस्पताल चाहार्दा पनि वेड पाउन नसक्दा ज्यान गुमाउनु पर्ने वाध्यता अब अन्त्य भएको तामाकोशी अस्पतालका डा.सुमन कर्माचार्यले बताए ।


मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले अस्पताललाई अति आवश्यक आइसियु वेड र उपकरणहरु प्रदान गरेर सहयोग गरेको भन्दै समाजसेवी कान्छारामको प्रशंसा गरेका थिए । उनले– अस्तालालाई आवश्यक पर्ने जस्तो सुकै सहयोग पनि मन्थली नगरपालिकाले गर्ने बताए ।

त्यस्तै रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले अक्सिजनको अभाव र आइसियु वेडको अभाव हुँदा जिल्लामा कोरोना संक्रमित दुईजनाले अकालमा ज्यान गुमाएकाले अब उप्रान्त कुनै यस्तो अप्रिय घटना नहोस् भन्दै अस्पतालाई आवश्यक उपकरण प्रदान गरेर ठूलो गुण लगाएको बताए ।


नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले महामारीको समयमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्तिको अभाव, आवश्यक उपकरणहरुको अभाव खड्किएको बताए । उनले भने– ठूला ठूला महामारीहरु आउँदा त्यसलाई वेवास्थापन गर्ने किसिमको संरचना निमार्णमा हामीहरु चुकेको रहेछौं । यस्तो कोरोना महामारीको समयमा अस्पताललाई उपकरण हस्तान्तरण गरेर राम्रो काम गरेको भन्दै समाजसेवी कान्छारामलाई धन्यावाद व्यक्त गरेका छन् ।


यसैगरी नेपाली काँग्रेसका पार्टी सचिव लेखवहादुर कार्कीले गम्भिर प्रकृतीका कोरोना संक्रमितलाई बचाउने उद्धेश्यले दानबीर एवं समाजसेवी पूर्णवहादुर तामाङ (कान्छाराम)ले अस्पताललाई आइसियु वेड उपलव्ध गराएकोमा पार्टीको तर्फवाट र आम रामेछाप नागरिकहरुको तर्फवाट धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोनाले कुनै पार्टीका नेता वा कार्यकर्ता कसैलाई पनि नचिन्ने भएकाले आम नागरिकहरुलाई कोरोना लागेको खण्डमा बचाउन अति आवश्यक रहेको आइसियु वेड उपलव्ध गराएर आम रामेछापले नागरिकहरुको मन जित्न सफल भएको भन्दै कान्छारामको खुलेर प्रशंसा गरे ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सम्पर्क समितिले गर्यो स्वास्थ्य समाग्री हस्तान्तरण

Next Post

जिल्ला अस्पताल रामेछापलाई रत्न गौतमले दिए १ हजार थान एण्टिजीन

Next Post
जिल्ला अस्पताल रामेछापलाई रत्न गौतमले दिए १ हजार थान एण्टिजीन

जिल्ला अस्पताल रामेछापलाई रत्न गौतमले दिए १ हजार थान एण्टिजीन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.