Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्ला अस्पताल रामेछापलाई रत्न गौतमले दिए १ हजार थान एण्टिजीन

जनता भ्वाइस by जनता भ्वाइस
May 19, 2021
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
जिल्ला अस्पताल रामेछापलाई रत्न गौतमले दिए १ हजार थान एण्टिजीन
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

जेठ ०४, प्रकाश न्याैपाने

जिल्लाका निर्माण व्यवसायी तथा नेकपा एमाले बागमती प्रदेश सदस्य रत्नप्रसाद गौतमले कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियण्टको प्रभाव बढ्दै गएपछि जिल्लाका नागरिकहरुप्रति चासो देखाएका छन् । उनले कोरोना भाइरसको संक्रमण भए नभएको तुरुन्तै पत्ता लगाउने एण्टिजीन र्यापिड टेस्ट सामग्री उपलब्ध गराएका हुन् । गौतमले उपलब्ध गराएको १ हजार थान एण्टिजीन बुधबार साँझ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत् जिल्ला अस्पताल रामेछापलाई हस्तान्तरण गरेका हुन् ।


जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनमार्फत् हस्तान्तरण गरिएको एण्टिजीन र्यापिड टेस्टले विगतमा प्रयोगमा आए जस्तो आर.डि.टी नभएको र यो एण्टिजीनमा सम्भावित संक्रमितको स्वाब नै राखी परिक्षण गर्नुपर्ने अध्यक्ष पाख्रिन बताउँछन् । पिसिआर मार्फत् स्वाब संकलन गर्दा समय अधिक लाग्ने र संक्रमित अन्जानमै अन्य असंक्रमितको सम्पर्कमा आई कोरोना संक्रमणको गति तेज हुनेतर्फ यो एण्टिजीनले तुरुन्तै संक्रमित पत्ता लगाउँदा संक्रमित पहिचान गर्न सजिलो हुने नेकपा एमाले जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठले बताएका छन् ।


जिल्ला प्रशासन कार्यालय मार्फत् जिल्ला अस्पताल रामेछापलाई हस्तान्तरण गरिएको उक्त कोरोना टेस्ट सामग्रीलाई भोलिबाटै प्रत्येक गाउँपालिकामा प्रति गाउँपालिका १ सय वटाको दरले भने बाँकी २ वटा नगरपालिकामा २ सयका दरले वितरण गरिने प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजु बताउँछन् । टेस्ट सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सैँजु भन्छन्, ‘रत्न गौतम जस्ता सहयोग अन्य महानुभावहरु पनि आफ्नो जिल्लाको लागि लागि पर्नुपर्ने र उहाँहरुको सहयोगले जिल्लाका नागरिकहरुका लागि बाँच्ने आशा अझ बलियो भएर जान सक्छ । तसर्थ यो जिल्लाबाट व्यापार व्यवसाय गर्ने तथा सामाजसेवी महानुभावहरुलाई यो विषम परिस्थितिमा नागरिकलाई सहयोग गर्न आग्रह गर्दछु ।’


रामेछाप जिल्लका पुराना निर्माण व्यवसायी तथा समाजसेवी रत्नप्रसाद गौतमले जिल्लालाई आइपरेको आपतमा आफूहरुले टुलुटुलु हेरेर बस्न नसक्ने तथा आफूले गर्न सक्नेजति गरिदेखाउनका लागि प्रारम्भमा एण्टिजीन जिल्लामा पुर्याएको प्रतिक्रिया दिएका छन् । जनता भ्वाइससँग कुराकानी गर्दै गौतम भन्छन्, ‘हामी प्रक्रियाको क्रममा छौं । एण्टिजीन टेस्ट मात्र नभई जिल्लाका लागि अझै धेरै सहयोग गर्ने सोच बनाएका छौं । अब केही दिन भित्रै आवश्यक अन्य कुराहरु पनि हामी जिल्ला पठाउँछौं । कतिपय कुराहरु विविध प्रक्रियाका कारणले पनि ढिलाई भइरहेको छ । जसका लागि रामेछापको डिसिसिएमसीले आवश्यक वातावरण मिलाईदिन सके सजिलो हुनेथियो ।’


रत्न गौतमले जिल्लाबासीलाई गर्ने सहयोगलाई तल्लो तहका नागरिकहरुमाझ पुर्याएर नागरिकहरुको जीवन रक्षाका लागि जस्तोसुकै त्याग गर्न समेत नेकपा एमाले रामेछाप तयार रहेको सचिव पुरुषोत्तम कडरियाले बताएका छन् । ‘नागरिकहरुका हरेक सुखदुखलाई नजिकबाट नियाल्ने पार्टी नेकपा एमाले भएको र आगामी दिनमा पनि यस्तै छविलाई काम राखिराख्न पार्टी पंत्ति दत्तचित्त रहेको कडरियाको धारणा छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कान्छारामले दिए तीनवेड आइसियु सहित उपकरण

Next Post

पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल

Next Post
पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल

पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...