तरुण नेता केसिद्वारा पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार सहयोग


नेपाल तरुण दल रामेछापका जिल्ला सदस्य एवं युवा व्यावसायि सौरभ केसिले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गरेका छन् ।

खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुम घर भएका केसीले पत्रकारहरुको सुरक्षा र संकट ब्यबस्थापनका लागि उक्त रकम सहयोग गरेका हुन् । लामो समय देखि ब्यबसाय गर्दै आएका केसि समाज सेवामा पनि उत्तिकै योगदान गरिरहेका छन् ।

गत स्थानीय निर्वाचनमा वडा सदस्यका प्रत्यासी समेत रहेका केसीले राज्यको चौथो अंग पत्रकार जगतलाई सबैले सहयोग गर्नु पर्ने बताएका छन् । आफुले गरेको सानो सहयोगले अरुलाई पनि सहयोग गर्ने हौसला मिलोस् भन्ने उद्देश्यले यो सहयोग गरेको उनको भनाई रहेको छ ।

रामेछापका धेरै पत्रकारहरु कोभिडको संक्रमित भएका र उचित ब्यबस्थापन गर्न आफुले सहयोग गरेको पनि उनको भनाई रहेको छ ।

तपाईको प्रतिकृया दिनुहोस्