Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सहयोगका नाममा एमालेले बाढ्यो मान्यता नपाएका एन्टेजिन किट

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
जिल्ला अस्पताल रामेछापलाई रत्न गौतमले दिए १ हजार थान एण्टिजीन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter


अप्रिल अधिकारी

रामेछाप । नेकपा एमाले रामेछापले गत मंगलबार जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र मार्पmत विभिन्न पालिका र स्वास्थय संस्थामा जाने गरी सहयोगका नाममा हस्तान्तरण गरिएका १ हजार थान एन्टेजिन किट मान्यता प्राप्त नभएको पाइको छ । उक्त किट विश्व स्वास्थ्य संगठन सहित नेपाल सरकारले मान्यता दिएको २० वटा किटको लिष्टमा नरहेको पाइएको छ ।


जिल्लामा कोरोना परिक्षणका लागि किट अभाव हुन थालेपछि ंसहयोग भन्दै आएका किट जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले तत्कालै सम्बन्धित निकायमा पठाएको थियो । गाउमा किट अभाब भएको बेला किट आएपछि धमाधम परिक्षण थालिए पछि त्यसमा संलग्न स्वास्थ्यकर्मीहरुले गुणस्तरमा शंका व्यक्त गरेपछि घटना बाहिरिएको हो । गुणस्तरमा शंका उब्जिए पछि सो किटमाथि जिल्ला स्वास्थ्य कार्यलय अनुसन्धान गरेपछि सो किट मान्यता प्राप्त नभएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । किटका विषयमा आवाज उठेपछि तत्काल प्रयोग नगर्न भन्नका लागि जिल्ला स्वास्थय कार्यालयलाई निर्देृशन दिइ सकिएको र उक्त किट प्रयोगमा रोक लगाइ सकिएको प्रमुख जिल्ला अधिकारी गौलचन शैजुले जानकारी दिए । उनले किटका विषयमा अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिए । किटको गुणस्तरका विषयमा जानकारी आउना साथ किट प्रयोगमा रोक लगाएर अनुसन्धान थालिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए ।

२०७७ कार्तिक महिनामा इमरजेन्सिमा आपतकालिन अवस्थामा प्रयोगमा ल्याउन अनुमति दिएको भएता पनि पछिल्लो समयमा उक्त किटले अनुमति पाएको अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । अनुमति नै नलिइ औषधि किन चलाएको भनेर बुझ्दा गुणस्तरका लागि प्रक्रियामा रहेको बताएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्णले बताए । प्रत्येक १ देखि २ महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गराइ अनुमति लिएर विक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ र प्रयोगशालालले अनुमति दिएको २० वटा किटको लिष्टमा जिल्लामा बाडिएको किटन नपाइएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । मान्यता प्राप्त किट नभएकाले प्रयोगमा पुर्ण रुपमा रोक लगाइ सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रयोग अनुमति नै नपाएको सामग्री सहयोगका नाममा सस्तोमा ल्याएर जनस्वास्थ्य माथि नै खेलबाड गरिएको नागरिक गुनासो आउन थालेको छ ।


यता नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले ३ महिना अघि अनुमति पाएको भएता पनि पछिल्लो अवस्थामा अनुमति नपाएको भए पनि खराब नै भइ सकेको अवस्था नरहेको बताए । उनले त्यो कुरा आफूहरुलाई जानकारी नभएको र व्यावसायीकै दोष रहेको बताए । उनले तत्काले नयाँ मान्यता प्राप्त किट मगाइ सकिएको पनि बताए । उक्त किट नेकपा एमालेका नेता तथा निर्माण व्यवसायि रत्न प्रसाद गौतमको सहयोगमा नेकपा एमाले रामेछापले जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रेस युनियन द्वारा पत्रकार संकट व्यवस्थापन कोषमा सहयोग

Next Post

कुन–कुन शीर्षकमा कर छुट ?

Next Post
कुन–कुन शीर्षकमा कर छुट ?

कुन–कुन शीर्षकमा कर छुट ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.