Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जोखिम भत्ता नपाएको स्वस्थ्यकर्मीको गुनासो

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
जोखिम भत्ता नपाएको स्वस्थ्यकर्मीको गुनासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। रामेछाप जिल्लाको मन्थली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वस्थ्यकर्मीले सरकारले घोषणा गरेको कोरोना जोखिम बापतको भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले तोकेको जोखिम बापतको भत्ता एक बर्ष अघि देखिकै नपाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले आफुहरुले पाउनु पर्ने जोखिम बापतको सुबिधा एक बर्ष अघि देखि कै नपाएको बताएका छन ।कोभिड १९ सुरु भए देखी आफुहरुले सामान्य बिरामीका साथै कोरोनका बिरामीहरुको पनि सेवा गरिरहेको तर जोखिम बापतको सुबिधा नपाएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थली निमित्त कार्यालय प्रमुख डाक्टर नबराज श्रेष्ठ बताउछन् ।


रामेछाप जिल्लाका अन्य पालिकाले पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुलाई सरकारले तोकेको सुबिधा भन्दा पनि थप गरेर दिएको तर मन्थली नगरपालिकाले सरकारले तोकेको जति पनि नदिनेको स्वास्थकर्मी बताउछन् । घरपरिवार र आफ्नो ज्यानको प्रबाह नगरी बिरामीको सेवा गर्दा पनि सुबिधा नपाउदा काम गर्ने जोश जागर हराएको श्रेष्ठ बताउँछन् ।


यस्तै अस्पताल ब्यबस्थापन समितिले पनि नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई प्रोत्साहन गर्न नसकेको र बेवास्ता गरेको आरोप लगाएका छन् ।नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि आश्वासन मात्र दिएको तर वास्ता नगरेकोप्राथमिक स्वास्थ केन्द्र मन्थलीब्यबस्थापन समितिका उपाध्यक्षबिरेन्द्र श्रेष्ठलेबताए ।


मन्थली नगरपालिकाले भने स्वास्थ्यकर्मीले बाह्रै महिनाको जोखिम भत्ता दाबी गरेकाले त्यो दिन नसकिने बताएको छ । माहामारी अवधिको सुबिधा उपलब्ध गराएको पनि मन्थली नगरपालिकाले जनाएको छ । जोखिमको समयमा स्वास्थ्यकर्मीले विभिन्न बाहाना बनाउँदै बखेडा झिकेर नागरिकको स्वास्थ्य सगं खेलबाड गरेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले बताएका छन् ।


मन्थली नगरपालिका भित्र एउटा आयुर्वेदिक कार्यालय सहित २४ वटा स्वस्थ्य संस्था रहेका छन् भने तीन जना विद्यालय नर्स सहित १ सय २७ जना स्वस्थ्यकर्मी कार्यरत रहेकाछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कार्कीकाे पहलमा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

Next Post

संसद विघटनपछिको राजनीतिक परिस्थिति बारे छलफल गर्न सर्वदलीय बैठक

Next Post
संसद विघटनपछिको राजनीतिक परिस्थिति बारे छलफल गर्न  सर्वदलीय बैठक

संसद विघटनपछिको राजनीतिक परिस्थिति बारे छलफल गर्न सर्वदलीय बैठक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.