Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एप्पलको म्याकबुक प्रो हवाइजहाजमा प्रतिबन्ध

Milan Ghimire by Milan Ghimire
August 19, 2019
in समाचार
0
एप्पलको म्याकबुक प्रो हवाइजहाजमा प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२ भदौ काठमाडौं

अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो ।

गत जुन महिनामा एप्पलले सन् २०१५ देखि २०१७ को बीचमा उत्पादन भएका आफ्ना म्याकबुक प्रो ल्यापटप बजारबाट फिर्ता लिएको थियो । ब्याट्रीमा समस्या देखिएको भन्दै एप्पलले ती ल्यापटपलाई फिर्ता लिएको बताएको थियो । उक्त ल्यापटपको ब्याट्रीमा समस्याका कारण बढी तात्ने र आगो लाग्नसक्ने खतरा रहेको एप्पलले जनाएको छ ।

अमेरिकी उड्डयन प्रशासनको निर्णयसँगै अब अमेरिकी विमान सेवा तथा अमेरिकामा जाने कुनैपनि उडान सेवाहरुमा यात्रुहरुले १५ इन्चको म्याकबुक प्रो साथमा राखेर यात्रा गर्न पाउने छैनन् । यात्रुहरुले आफूसँग ल्यापटप राख्न नपाउने मात्र होइन कार्गोको रुपमा समेत हवाइजहाजमा राख्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । एयर इटाली, एयर ट्रान्सेट, थोमस कुक एयरलाइन्सलगायतले पनि यो ल्यापटपमाथि हवाई यात्रामा प्रतिबन्ध लगाइसकेका छन् ।

म्याकबुक प्रो हवाइ उडानमा प्रतिबन्धित भएको पहिलो डिभाइस भने होइन । यसअघि सामसुङको ग्यालेक्सी नोट सेभेनलाई पनि विमान सेवा कम्पनीहरुले प्रतिबन्ध लगाइसकेका छन् । नोट सेभेनमा पनि ब्याट्रीसँग सम्बन्धित समस्या देखिएको थियो ।
– एजेन्सीको सहयोगमा

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गुगल म्यापलाई टक्कर दिँदै हुवावेले ल्याउँदै आफ्नै म्याप सर्भिस

Next Post

विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी पुरस्कृत

Next Post
विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी  पुरस्कृत

विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी पुरस्कृत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.