Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाको भ्याक्सीनको दुरुपयोग

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
कोरोनाको भ्याक्सीनको  दुरुपयोग
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । सरकारले ६२ वर्षदेखि ६४ उमेर समुहका जेष्ठ नागरीकहरूका लागि रामेछाप पठाएको कोरोना विरूद्ध खोप चरम दुरूपयोग भएको छ । कोरोना खोप दुरूपयोग गर्नेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, सुनापति गाउँपालिका लगाएत प्राय सवैजसो गाउँपालिका रहेको छ । जेठ २६ र २७ गतेका लागि स्वास्थ्य मन्त्रालयले उपत्यका वाहिर ६२ वर्षदेखी ६४ उमेर समुहका जेष्ठ नागरिकहरूका लागि लक्षित गरी पठाएको भ्याक्सीन रामेछापमा नगरपालिका र पालिकाका स्वास्थ्य प्रमुखहरूकै निर्देशनमा दुरूपयोग भएको श्रोतको दावी छ ।
श्रोतका अनुसार रामेछाप नगर स्वास्थ्य शाखा र मन्थली नगर स्वास्थ्य शाखाले ६२–६४ वर्ष उमेर समुहका नाममा स्वास्थ्यकर्मी निकट र आफन्त तथा रामेछाप नगरपालिका वडा नं ६ मा रहेका शिक्षकहरूले कोभिड विरूद्धको भेरोशेल खोप लगाएको प्रमाण बाहिर आइसकेपछि अनियमितता प्रकरण बाहिर आएको हो ।
सो वडामा वडा अध्यक्षकै निर्देशनमा शिक्षक तथा त्यस वडाका पहुँचवालाहरूले खोपको दुरूपयोग गरेका छन् । सरकारी निर्देशन र मापदण्ड विपरित संस्थागत समन्वय नै नगरि शिक्षक र पहुँचवालाहरूले खोप लगाएर खोपको दुरूपयोग गराएको भन्ने सम्वन्धमा रामेछाप नगर शिक्षक महासंघका अध्यक्ष नारायणप्रसाद घिमिरेले ठाडै प्रतिवाद गरे । उनले भने– पालिकाले गरेको यस खालको अनियमितता प्रति महासंघको गम्भिर आपत्ति रहेको छ । हैन भने शिक्षकका नाममा राज्यले विभेद गरेर कसैलाई काखा कसैलाई पाखा गर्नु ठिक हैन ।
रामेछाप नगरपालिका स्वास्थ्य प्रमुख विष्णु कार्कीले भने खोपको दुरूपयोग नभएको दावी गरेका छन् । कतिपय वडाहरूमा निर्धारित उमेर समुहका मानिसहरू उपस्थित नभएकाले खोप नष्ट हुनसक्ने भन्दै आफुहरूले अन्य उमेर समुहका मानिसहरूलाई खोप लगाएको कार्कीले बताए । यसवारेमा नगरले सम्वन्धित वडा अध्यक्ष र त्यहाँको वडा स्वास्थ्य प्रमुखहरूकै रोहवरमा खोप बुझाएकाले यसमा नगरको कुनै पनि दोष नरहेको उनको दावी छ ।
सरकारले निश्चित उमेर समुह किटान गरि जेष्ठ नागरिकहरूको लागि किटान गरेको खोप सम्वन्धीत पक्षवाटै दुरूपयोग भएको आरोप सरोकारवालाहरूले लगाएका छन् । रामेछाप स्वास्थ्य केन्द्रवाट खोप लगाउनेहरूमा रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीहरू, नेकपा एमाले र अन्य पार्टीका समेत नगरस्तरीय नेताहरू र नगर शिक्षक महासंघका पदाधिकारीहरू रहेका छन् ।
यता मन्थली नगरपालिकामा सरकारी सूचनाका आधारमा खोप लगाउन पुगेका मन्थली नगरपालिका वडा नं ३ का ६४ वर्षिय मोहन वहादुर थापा दिनभरी प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा खोपको प्रतिक्षामा बसेर खोप नलगाई फर्किन परेको गुनासो गर्छन् । आफुसँगै लाइनमा बसेका आफु भन्दा कान्छा र जेठो उमेरका दुवै थरीका जेष्ठ नागरिहरूले पहुँचको आधारमा खोप लगाए तर आफ्नो भने कुनै पनि आधार नभएकाले दिउँसभरी मन्थलीको तातो घाम कुरेर खोप नै नलगाई फर्कनु परेको पनि थापाको बताए ।
यसरी खोप लगाउनेहरूमा स्वास्थ्यकर्मीका आफन्त, नागरिक समाजका अगुवा, राजनितिक कार्यकर्ता, पहुँचवालाहरू र कोरोना संक्रमण भएको चार हप्ता पुरा नभएका व्यक्तिहरू समेत रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्र श्रोतले बताएको छ ।
दुई नगरपालिका वाहेक अन्य गाउँपालिकामा पठाएको खोप पनि मापदण्ड भित्रका नागरिकहरू उपस्थित नभएको भन्दै त्यहाँका स्वास्थ्यकर्मी,जनप्रतिनिधिहरुको नजिक र आसपासका नागरिकहरूलाई खोप लगाएको बताइएको छ । यसपटक सरकारी मापदण्ड भित्र नपरेका नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीहरूले समेत खोप लगाएका छन् ।
तर प्रहरी श्रोतले भने– नेपाल प्रहरीले ७९, शसस्त्र प्रहरीले २६ र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी ८ जनाले मात्र खोप लगाएको दावी गरेको छ ।नेपाल प्रहरीका लागि १ सय ६४, शसस्त्र प्रहरीको लागि ४० र जिल्लाका संचारकर्मीहरूका लागि २० गरि २ सय २४ भ्याक्सिन मन्थलीका लागि आएको थियो । जसमा प्रहरी फोर्सले १ सय १५ ले मात्र लगाएको थियो भने सञ्चारकर्मीले कसैले पनि खोप लगाउन पाएनन् ।
तर मन्थली नगर स्वास्थ्य कार्यालयले भने सबै खोप ६२–६४ वर्षका जेष्ठ नागरिकहरूले लगाउनु पर्नेमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले जर्वजस्ती लगाएको दावी गरेको छ । सम्वन्धीत पालिकालाई सरकारी मापदण्ड अनुसार खोप लगाउन निर्देशन जारी गरेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । सोही आधारमा कार्यालयले रामेछाप नगरपालिकालाई पहिलो पटक ३ सय र दोश्रो पटक ४ सय ५० भायल खोप पठाएको थापाले बताए ।त्यसैगरी गोकुलगंगा गाउँपालिकालाई २ सय, उमाकुण्ड गाउँपालिकालाई २ सय, सुनापति गाउँपालिकलाई १ सय ५०, दोरम्वा गाउँपालिकालाई १ सय २५, खाँडादेवी गाउँपालिकालाई १ सय ३०, लिखु तामाकोशी गाउँपालिकालाई १ सय ३० र मन्थली नगरपालिकालाई पहिलो पटक ३ सय र दोश्रो पटक १ सय ५० भायल पठाएको भए पनि कतीपय पालिका र वडाहरूमा खोपको दुरूपयोग भएको सूचना कार्यालयलाई प्राप्त भएको थापाले वताए । जिल्ला स्वास्थ्य कार्यालयले मध्यस्तकर्ता मात्र भएको र सबै खोप केन्द्रवाट खोपको विवरण प्राप्त नभएकाले आधिकारीक रूपमा यसै भन्न नसक्ने अवस्था भएको थापा बताउँछन् । यदी खोपको दुरूपयोग भएको हो भने सम्वन्धीत पालिकाको स्वास्थ्य शाखाका पदाधिकारीकै जिम्मामा हुने बताए । यसवाहेक कार्यालयलाई राजनितिक रूपमा पनि खोपको लागि व्यापक दवाव आएको गुनासो पनि थापाले गरे ।
खोप अनियमितता र प्रहरीले पनि खोप प्रयोग गरेको सम्वन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले ६२–६४ उमेर समुहका जिल्लामा करिव २ हजार ६ सय मात्रै जेष्ठ नागरिक भएको र बाँकी रहेको खोप सुरक्षाकर्मीहरूलाई र संञ्चारकर्मीहरूलाई क्रमशः दिने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको बताए ।
उनले आफुले अनियमितता भएको भन्ने सूचना पाएपछि प्राप्त खोपको विवरण खपत खोप र उमेर समुहका नागरिकहरूको संख्याको वारेमा आजै जिल्ला प्रशासन कार्यालयमा विबरण पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा पाईदैन रासायनिक मल

Next Post

उपत्यकामा आजदेखि कुन क्षेत्र कहिले खुला ?

Next Post
उपत्यकामा आजदेखि कुन क्षेत्र कहिले खुला ?

उपत्यकामा आजदेखि कुन क्षेत्र कहिले खुला ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.