Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा पाईदैन रासायनिक मल

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा पाईदैन रासायनिक मल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । यसबर्ष पनि रामेछापमा रासायनिक मल अभाव भएको छ । रामेछापका किसानहरुले बिगतका बर्षमा बेहोर्नु परेको सास्ती यो बर्षपनि बेहोर्नु पर्ने देखिन्छ । समयमै मल नपाउँदा किसानहरु चिन्तित हुन थालेका छन । गाई भैंसीको मल प्रयाप्त नहुने हुँदा किसानहरु रासायनिक मलमा भर पर्नु पर्ने बाध्यता रामेछापका किसानको रहेको छ । किसानको आवस्यकता अनुसारको रासायनिक मलको लागि कृषि सामाग्री केन्द्रलाई जानकारी गराइएको भए पनि हाल सम्म पनि उपलब्ध गराउन नसकेको पालिकाहरुले जनाएका छन् ।


किसानको समस्या चाँडै समाधान गर्न पालिका लागिरहेको र रासायनिक मलको समस्या हुन नदिने लिखु तामाकोसी गाँउपलिकाले जनाएको छ । जसरी हुन्छ किसानले खेती लगाउने बेला सम्म आफुले रासायनिक मल उपलब्ध गराउने लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले जानकारी दिएका छन् । सुनापती र दोरम्बा गाँपालिकामा पनि समस्य उस्तै रहेको पलिकाहरुले जानकारी दिएका छन् । मल लिनको लागि पटक पटक गाडी पठाउँदा पनि बनेपाको साल्ट ट्रेडिङले खाली पठाएको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बताए । किसानको बिगतमा किसानले भोगेको समस्या यो बर्ष नहोस् भनेर लाग्दा पनि सम्बन्धित निकायले रासायनिक मल उपलब्ध गराउन नसकेको लामाको भनाई छ ।
विभिन्न कृषि सहकारीलाई रासायनिक मल आपूर्ति गरेर किसानलाई सहज बनाउन स्वीकृति दिएको भए पनि किसानको माग अनुसार आपूर्ति हुन नसकेको दोरम्बा गाँउपालिकाका कृषी शाखा प्रमुख राजकुमार श्रेष्ठले ले जानकारी दिएका छन् । किसानले जति बेला आवश्यक पर्छ त्यति बेला मात्र माग गरेकाले यस्तो समस्या आएको उनको भनाई रहेको छ ।
किसानलाई रासायनिक मल अभाव नहोस् भनेर उमाकुण्ड गाँउपालिका उपाध्यक्ष उर्मिला कार्की संयोजकत्वमा समिति बनाएर आपूर्ति सहज गराउने प्रयत्न गरेको थियो । तर पालिकामा किसानलाई आवश्यक पर्ने रासायनिक मल प्राप्त गर्न नसकेको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बताउछिन् । आफुहरुले सक्दो प्रयास गरिरहेको र सम्बन्धि निकाय संग कुरा गरिरहेको पनि कार्कीले बताइन् । रामेछापको बिकट गाउँ गुम्देल रहेको गाउँपालिका हो उमाकुण्ड गाउँपालिका ।
मन्थली नगरपालिकाको वडा नं १ बाहेक बाकी सबै वडामा रासायनिक मल हाहाकार भएको छ । आपूर्ति सहज बनाउन विभिन्न कृषि सहकारीलाई अनुमति दिएको भए पनि रासायनिक मल पाउन नसकेको मन्थली नगरपालिका वडा नं २ का अध्यक्ष तरणी शंकर अधिकारीले बताएका छन् ।
यता मन्थली नगरपालिकाले भने माग गर्न आउने सबैलाई सिफारिस दिएर पठाएको बताएको छ । नगरपालिका भित्रका १४ वटै वडामा एक एक वटा सप्लायर्स छनोट गरि आपूर्तिको लागि सिफारिस गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख योवन राज सुनुवारले जानकारी दिएका छन् । सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानले मार खेप्नु परेको पनि सुनुवारको भनाइ छ । रामेछाप नगरपालिकामा भने आंशिक रुपमा रासायनिक मल ल्याएको भएपनी पुर्ण रुपमा नपुगेको नगरपालिकाले जनाएको छ । दुईवटा नगरपालिका र छ वटा गाँउपलिका रहेको रामेछापमा केही पालिकाले भने समयमै आफ्ना किसानलाई रासायनिक मल उपलब्ध गराएको जनाएका छन् ।


यस्तै खाँडादेवी गाँउपालिकाले भने समयमै किसानलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराइसकेको जनाएको छ । बिगतका बर्षमा धेरै झमेला भएकाले यो बर्ष समयमै किसानको माग अनुसारको रासायनिक मल उपलब्ध गराएको खाँडादेवी गाँउपलिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिएका छन् । गोकुलगंगा गाउँपालिकाले भने सधैं रासायनिक मल अभाव भइरहने समस्या नआओस् भनेर किसानहरुलाई प्राङ्ग्रारिक मल उत्पादनमा जोड दिएको छ । अभियान नै संचालन गरेर किसानहरूलाई प्राङ्ग्रारिक मल उत्पादन गर्न आह्वान गरेको गाँउपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी दिएका छन् । रामेछापमा वार्षिक युरियामल ३ हजार ७ सय ५२ टन , डिएपी मल १ हजार ९ सय ५७ टन र पोटास मल १ हजार ३९ टन आवस्यक पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गाउँ गाउँमा बढ्दै कोरोना संक्रमण

Next Post

कोरोनाको भ्याक्सीनको दुरुपयोग

Next Post
कोरोनाको भ्याक्सीनको  दुरुपयोग

कोरोनाको भ्याक्सीनको दुरुपयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.