Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भलवाडबासी सास्ती खेप्न बाध्य

Milan Ghimire by Milan Ghimire
August 20, 2019
in समाचार
0
भलवाडबासी सास्ती खेप्न बाध्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु भाद्र ३

वर्षायामा आउने बाढीले गर्दा भलवाडबासी सास्ती खेप्न बाध्य भएका छन । कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नम्बर ७ र ९ को सिमा क्षेत्रको कजवे पुलको दुरावस्थाले अहिले सामान्य वर्षामा पनि दुवै वडाका नागरिकले जोखिमको यात्रा गर्न बाध्य भएका छन् । आइतबार आएको अविरल वर्षाले ल्याएको बाढीले गर्दा मंगलबार बिहान त्यहाका स्थानिय मात्र होईन विद्यालय हिडेका विद्यार्थी र पढाउन हिडेका शिक्षक समेत समस्यामा परेका छन् ।
अर्घाखाँचीसंग जोडिएको भलवाड वाणगंगा नगरपालिकाको महत्वपूर्ण वडा हो । तर, भलवाड जाने मुख्य बाटोमै पूल नहुँदा बर्खायाममा भलवाडवासी समस्यामा परेका त्यहाँका स्थानियहरुले बताएका छन् ।
उता बाढीले गर्दा पढाईमा पनि समस्या भएको विद्यार्थीहरुको पनि गुनासो रहेको छ । नदीमा आएको बाढी हेरेर वारी र पारी बसिरहेका सयौँ नगरिकहरु पानीको बाहव घटेपछि यात्रारत गन्तव्यमा पुग्ने आशमा बसिरहेका हुन्छन् । नदीको सतह पूल सँगै जोडिन पुगेको हुर्दा हाल सामान्य वर्षाको समयमा पनि पानीको बहाब सडक भन्दा माथि पुग्ने गरेको छ ।
सो सडक वाणगंगा नगरपालिका वडा नम्बर ७ महेन्द्र राजमार्ग बनगाई देखि वडा नम्बर ९ भलवाड जिनुवा हुँदै अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका डोहोटे जोड्ने जिल्लाको सबैभन्दा पुरानो सडक हो । भलवाडदेखि सदरमुकाम तौलिहवा, बुटवल, अर्घाखाँचीका लागि साना तथा ठूला सवारी साधन आवतजावत गर्ने गर्दछन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कक्षा ९ देखि १२ सम्म योग, प्राकृतिक चिकित्सा शिक्षा तत्कालैं अध्यापन हुनुपर्नेमा पाठ्यक्रम समितिको जोड्

Next Post

कान्छीबजारमा आगलागी हुँदा लाखौंको क्षति

Next Post
कान्छीबजारमा आगलागी हुँदा लाखौंको क्षति

कान्छीबजारमा आगलागी हुँदा लाखौंको क्षति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.