Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कक्षा ९ देखि १२ सम्म योग, प्राकृतिक चिकित्सा शिक्षा तत्कालैं अध्यापन हुनुपर्नेमा पाठ्यक्रम समितिको जोड्

Milan Ghimire by Milan Ghimire
August 19, 2019
in समाचार
0
कक्षा ९ देखि १२ सम्म योग, प्राकृतिक चिकित्सा शिक्षा तत्कालैं अध्यापन हुनुपर्नेमा पाठ्यक्रम समितिको जोड्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं भदौ,०२

आवश्यक तयारी र छलफल पछी सुझाव कार्यान्वयन गर्ने मन्त्री पोखरेलको प्रतिवद्धता

योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयारगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औंचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरुको पहिचान गर्न नेपाल संस्कृत विश्व विद्यालयका योग एवं प्राकृतिक बिषय समितिका अध्यक्ष डा. हरिप्रसाद पोखरेलको संयोजकत्वमा गठित समितिले मन्त्री पोखरेललाई प्रतिवेदन बुझाएको हो ।

योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको पाठ्यक्रम तयार
तत्कालैं अध्यापनको व्यवस्था गर्नुपर्ने समितिको भनाई,


समितिको प्रतिवेदन बुझ्दैं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आवश्यक तयारी र छलफल पछी समितिले बुझाएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो बिषय आफ्नो प्राथामिकतामा रहेको उल्लेख गर्दै तत्कालै कार्यान्वयनमा लैंजान आवश्यक कदम चाल्ने पनि आश्वासन दिए ।

समितिले योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा बिद्यार्थीहरुको आकर्षण बढाउनको लागी कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक बिषयहरु तत्कालैं अध्यापनको व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि दिएको छ ।
नयाँ पाठ्यक्रममा नेपालको जडिबुडी सम्बन्धी वास्तविक अध्ययन समेटिएको समितिका संयोजक डा. पोखरेलको भनाई छ । विभिन्न उप – समितीहरु निर्माणगरी करिब ४ महिनामा प्रतिवेदन तयार पारिएको पोखरेलले बताए । नयाँ पाठ्यक्रममा नेपालको संस्कृति, सभ्यता, योगदेखी नेपालका बनजंगल जडिबुडीको अध्ययन गर्न सकिने पोखरेलले बताए । योगमाया विश्व विद्यालय बन्दैं गरेको स्मरण गर्दै संयोजक पोखरेलले यसबाट उच्च शिक्षा पढ्न समेत सुनिश्चतता हुने बताए ।
समितिको सदस्यहरुमा प्रा.डा. सञ्जय पोखरेल, प्रा.डा. नन्दबहादुर सिंह, डा. शेषराज आर्चाय, डा. जनकबहादुर बस्नेत, डा. लेखनाथ पौंडेल, सञ्जिवकुमार राई रहेका थिए भने सदस्य सचिव प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका पाठ्यक्रम विकास महाशाखाका निर्देशक दिपकप्रसाद पौंडेल रहेका थिए । २०७६ बैंसाख १९ गतेको मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ट्रक दुर्घटनामा परी एक गम्भिर घाईते : ट्रक बेपत्ता

Next Post

भलवाडबासी सास्ती खेप्न बाध्य

Next Post
भलवाडबासी सास्ती खेप्न बाध्य

भलवाडबासी सास्ती खेप्न बाध्य

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.