Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडा अध्यक्षकै डोजर प्रयोग

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडा अध्यक्षकै डोजर प्रयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आफ्नो डोजर प्रयोग गरेका छन् । बेरोजगार युवाहरुलाई रोजगारी दिलाउने उदेश्यले सरकारले ल्याएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा बेरोजगार युवाहरुलाई काम नदिएर वडा अध्यक्षले आफ्नै डोजर प्रयोग गरेका हुन् ।
मन्थली नगरपालिका–१२ मा पर्ने साँवाडाडा ( सिमलबोटे सडकको नाला सफा गर्ने काममा मानिसको प्रयोग नगरी फाइदा कमाउने उदेश्यले वडा अध्यक्षले डोजर प्रयोग गरेको भन्दै स्थानिय आक्रोसित भएका छन् । वडा अध्यक्षले रातको १∕२ वजे पछी डोजर लगाएर नाला सफा गर्ने काम आफ्नै नेतृत्वमा गरेको स्थानियले आरोप लगाएका छन् । रातको समयमा दोजर प्रयोग गरेर सडक नाला सफा गर्दा आफुले किनेर ल्याएको बालुवा समेत माटोले पुरेको स्थानिय सविना तमाङ्गले बताए।
आफुहरुले काम नपाएर कामको खोजिमा भौतारीएको बेला बेरोजगारको नाममा आएको योजनामा डोजर प्रयोग गरेको र केही आफु मातहतका युवाहरुलाई मात्र समेटेर वडा अध्यक्षले काम दिएको स्थानिय युवाहरुको गुनासो छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यरोजगार युवाहरुलाई १ सय दिन काम उपलब्ध गराए बापत ५१ हजार उपलब्ध गराउनु पर्ने हुन्छ तर बेरोजगारहरुको पेटमा लात हान्ने उदेश्यले २६ दिन मात्र काम लगाएर अन्य रकम वडा अध्यक्षले पचाउन खोजेको स्थानिय मनोज खत्री र बलराम खत्रीको आरोप छ । नाला खन्ने काममा समेत वडा अध्यक्ष अधिकारीले बेरोजगार युवाको नाममा स्कुलका बिद्यार्थीहरु प्रयोग गरेको स्थानिय बताउछन् ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा डोजर प्रयोग भएको भन्दै नागरीकहरु उजुरी लिएर नगरपालिकामा पुग्दा समेत डोजरको प्रयोग भएको विषय आफुलाई कुनै जानकारी नभएको वडा अध्यक्ष कृष्णहरी अधिकारी बताउछन् ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा मेसीन प्रयोग गर्न नपाउने र मेसीनको प्रयोग गर्न पर्ने भए नगरपालिका संग अनुमती लिएर मात्र मेसीनको प्रयोग गर्नु पर्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल बताउँछन्् ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ब्यरोजगार युवाहरुलाई रोजगारी दिलाउने उदेश्यले लागु गरिएको भएपनी केही वडाका वडा अध्यक्षहरुले भने त्यस्को दुरुपयोग गर्दै आएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

अरनिको यातायात सेवा समितिको गाडि कार्वाहिमा

Next Post

एक डोज लगाए पुग्ने अमेरिकन खोप भोलि नेपाल आउदै

Next Post
एक डोज लगाए पुग्ने अमेरिकन खोप भोलि नेपाल आउदै

एक डोज लगाए पुग्ने अमेरिकन खोप भोलि नेपाल आउदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.