रामेछाप २६ असार ।
यात्रीहरु संग दोब्बर भाडा लिने अरनिको बसलाई जिल्ला ट्राफिक कार्यालयले कार्वाहि गरेको छ । शनिबार काठमाडौ बाट मन्थली तर्फ आउँदै गरेको बा ५ ख २९५ नं को अरनिको यातायात समितिको बसले यात्रीहरुलाई दोब्बर भाडा लिएर यात्रीहरुलाई ठगि गरेको भन्दै नियन्त्रणमा लिएर कार्वाहि गरेको हो ।
८ जना यात्रीहरुलाई दोब्बर भाडा लिएर काठमाडौबाट आउँदै गरेको सुचनाका आधारमा बस र बसको चालकलाई नियन्त्रणमा लिएर सबै यात्रीहरुको आधा भाडा फिर्ता गराई ३ हजार जरिवान गरि पुन गल्ती नदोहोर्याउने सर्तमा कागज गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरिक्षक नबराज ढुंगानाले जानकारी दिए।