Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बस्ती मुनीको सडक पहिरियो

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
बस्ती मुनीको सडक पहिरियो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

निर्माण ब्यवसायिले कमजोर संरचना निर्माण गरेको कारण सडक भत्किएको स्थानीयको आरोप

कुमार श्रेष्ठ
रामेछापको मन्थली नगरपालिका वडा नं. ८ को जखनिटारमा बस्ती मुनीबाट निर्माण गरिएको सडक पहिरिएपछि स्थानीय त्रसित भएका छन् । कालोपत्रे भएको १ महिना पनि नबित्दै सडकमा पहिरो गएपछि स्थानीय त्रसित भएका हुन् ।


रामेछापको मन्थली नगरपालिका वडा नं. ८ जखनिटारमा बस्ती मुनीबाट निर्माण गरिएको कालोपत्रे सडकमा पहिरो गएपछि बस्ती समेत जोखिममा परेको भन्दै स्थानीयबासी त्रसित भएका छन् । सडकमा पहिरो गएपछि सडक छेउमा घर भएका पाँच परिवारका मानिस घर छोडेर आफन्तमा गई बसेका छन् । स्थानीयको घरको समेत संरक्षण हुने गरि सडक तत्कालै निर्माण गरिदिन स्थानीय सारदा श्रेष्ठले सम्बन्धित पक्षसँग माग गरेका छन् ।


मन्थली– गेलु सडक खण्ड अन्तर्गत जखनिटारस्थित सडकको डिलपटीको भागमा लगाइएको मेशिनरी पर्खाल भत्किनुका साथै सडकको बीचभागसम्म पहिरो गएको छ । निर्माण ब्यवसायिले कमजोर संरचना निर्माण गरेको कारण सडक भत्किएको स्थानीयको आरोप छ । जखनिटारको बस्तीमुनी सडक पहिरो जानुका साथै सडकको ठाउँठाउँमा भासिने र चर्किने भएको छ । सडक निर्माणको क्रममा स्थानीयबासीले निर्माण कार्य गुणस्तरहिन भएको भनि विरोध गर्दा समेत निर्माण ब्यवसायिले बेवास्ता गरेको कारण कालोपत्रे भएको १ महिना पनि नवित्दै सडक भत्किएको स्थानीय यसोदा माझीको भनाई छ ।


सडक भत्किदा सिंचाई कुलोमा समेत क्षति पुगेको छ । धान रोप्ने बेलामा सडकमा पहिरो गएर सिंचाई कुलो अवरुद्ध हुदा ३ सय रोपनी भन्दा बढी खेतको रोपाई समेत प्रभावित भएको मन्थली नगरपालिका कार्यपालिका सदस्य गणेश बहादुर माझी बताउँछन् ।
सडकले पुरिएको सिंचाई कुलो तत्कालै सुचारु गराउने मन्थली नगरपालिकाले जनाएको छ । पहिरो गएको सकड तथा सडक सुरक्षाको लागि लगाइएको मेशिनरी पर्खा तत्कालै सम्बन्धित निर्माण ब्यवसायिलाई निर्माण गर्न लगाउने पनि मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताए ।


मन्थली– गेलु सडक खण्ड अन्तर्गत चालू आर्थिक वर्षमा लुमिनस कन्स्टक्सनले ९ सय मिटर सडक कालोपात्रे गरेको थियो भने नौलो सफल बिहानी निर्माण सेवाले मेशिनरी पर्खाल निर्माण गरेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज

Next Post

हरेक नेपालीले निशुल्क कोरोना खोप पाउनेछन् -प्रधानमन्त्री

Next Post
हरेक नेपालीले निशुल्क कोरोना खोप पाउनेछन् -प्रधानमन्त्री

हरेक नेपालीले निशुल्क कोरोना खोप पाउनेछन् -प्रधानमन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.