Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल आज पनि

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच  छलफल आज पनि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन १६, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब आधा घण्टा छलफल भएको हो । प्रधानमन्त्री देउवाका स्वकीयसचिव भानु देउवाका अनुसार उहाँहरुबीच मन्त्रिपरिषद् विस्तार र समसामयिक विषय छलफल भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । काँग्रेस र माओवादीबाट २–२ मन्त्री र १ राज्यमन्त्रीका साथमा देउवाले सरकार चलाइरहेको अवस्था छ । २५ सदस्यीय मन्त्रिपरिषदमा १९ मन्त्री नियुक्त गर्न बाँकी छ ।

काँग्रेस, माओवादी, जसपा, एमालेको माधव नेपाल समूह र जनमोर्चा सम्मिलित गठबन्धनबाट देउवालाई मन्त्री छान्न सकस परेको छ । यद्यपि जनमोर्चाले सरकारमा नजाने नीति लिएको छ भने नेपाल समूहले पनि ठोस निर्णय गरिसकेको अवस्था छैन ।

काँग्रेस, माओवादी र जसपा भने मन्त्री बन्न हानथाप चलिरहेको छ । देउवाले सरकार बहुमतमा रहिरहने गरी मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहेको बताइएको छ । उक्त विषयमा आज विहान देउवा र प्रचण्डबीच पनि छलफल भएको थियो ।

आइतबारसम्म नेपाल समूहबाट सरकारका सन्दर्भमा निर्णय आउने प्रचण्डको भनाइ थियो । जतिसक्दो चाडो मन्त्रिपरिषद विस्तार गर्ने विषयमा देउवा र प्रचण्ड दुबै सहमत रहेको स्वकियसचिव देउवाले बताउनुभयो । प्रधानमन्त्री देउवाले माधव पक्षलाई पनि सरकार समेट्ने गरी जाने परिस्थिति निर्माण गर्न प्रचण्डलाई भन्नु भएको थियो । प्रचण्डले त्यसका लागि नेता नेपालसँग संवाद भइरहेको बताउनुभएको थियो ।

मन्त्रिमण्डल बिस्तार गर्ने सम्बनधमा देउवा र प्रचण्डबीच पटक–पटक भेटवार्ता भइसकेको छ ।नेपाली नेटवर्क

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

म छोरी बोल्दै छु-कविता

Next Post

सत्र वर्ष पछि मुल फुट्यो

Next Post
सत्र वर्ष पछि मुल फुट्यो

सत्र वर्ष पछि मुल फुट्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.