Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सत्र वर्ष पछि मुल फुट्यो

जनता भ्वाइस by जनता भ्वाइस
August 5, 2021
in राष्ट्रिय समाचार, समाचार
0
सत्र वर्ष पछि मुल फुट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आफुले सदियौ देखि उपभोग गर्दे आएको पुराना धारा र कुवामा सत्र वर्ष पछि मुलफुट्दा रामेछापमा खुसियाली छाएको छ । खडेरिका कारण पुर्ण रुपमा सुकेका पुराना पानिका धारा र कुवामा अत्याधिक वर्षाद संगै पानीको मुल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको हो ।


लामो खडेरिका कारण काकाकुल बनेका बिषेश गरि जिल्लाका रामेछाप नगरपालीका,मन्थली नगरपालीका खाँडादेवी गाउँपालीका र सुनापति गाउँ पालीकाका सवैजसो वडामा खानेपानीको हाहाकार थियो । जसका कारण कतिपय गाउँलेहरु खानेपानीकै लागि बसाई समेत सरिसकेका छन् । तर यस पटक भने मुल फुटेको खुसियालीमा गाउँलेहरु उत्साहित मात्र भएका छैन्, अधिकाँश ठाउँमा बाझै रहेका खेतहरुमा पनि गाउँले रोपाई गर्ने तयारी गरिरहेका छन् ।
ति बस्तिहरुमा पानीको अभाव भएपछि सरकारले जिल्लाका दर्जनौ अधिकाँश स्थानलाई सुख्खाग्रस्त गाउँ घोषणा गरि ति ठाउँहरुमा नदिको पानीलाई लिफट सिस्टमबाट तानेर दिर्घकालीन रुपमा खानेपानीको ब्यावस्था गर्दै आएको थियो । लामो समयको अन्र्तरालमा यस वर्ष पानिको मुल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको रामेछाप नगरपालिका वडा नं ४ का वडा अध्यक्ष टुपेन्द्र तामाड्ढले बताए ।
२०६१ साल पछि वर्षाद नहुँदा गाउँका प्रयाजसो सबै खानेपानीका मुहान सुकेको भएपनि १७ बर्षको अन्तरालमा आफनो गाउँ र आसपासको वस्तिहरुका धारा र पंधेरामा मुल फुटेको रानपा ८ बाबियाखर्कका उज्जवल घिमिरेले वताए । खडेरीले पुराना खानेपानीका मुहान सुकेसंगै खानेपानिको अभावमा कतिपय बस्तीहरु समेत बसाई सरिसकेको अवस्थामा धारा पंधेरामा मुल फुट्को कुराले बालक देखि बृद्धा सम्ममा खुसियाली छाएको पनि घिमिरेले बताए ।

हिमगँगा,देउराली ओख्रेनी साँघुटारका पंधेराहरुमा पनि मुल फुटेको छ । त्यसैगरि मन्थली नगरपालीकाको भलुुवाजोर, ल्याङ्गल्याङ्ग,हुलाक डाँडा, भिरपानी गाउँका खोला खोल्साहरुमा पनि मुल फुटेको छ । गाउँमा रहेका पानीको धारा र कुवाहरुमा मुल फुटेपछि बाँभिएका पाखो जमिन र खेतमा पनि कृषकहरु रोपाइ गर्न तरखरमा लागेको पकरबासको सुकराम घिसिङ्गले जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल आज पनि

Next Post

सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको विरोधमा उत्रिए माझी समुदाय

Next Post
सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको विरोधमा उत्रिए माझी समुदाय

सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको विरोधमा उत्रिए माझी समुदाय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...