Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

म्याद गुज्रेका सामानमा नयाँ मिति राखी बिक्री गर्ने २ जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
August 5, 2021
in समाचार
0
कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन १८
 म्याद गुज्रेका विभिन्न कस्मेटिक्स सामानहरुमा नयाँ मिति राखी बिक्री गरेको अभियोगमा करिब २ करोड मूल्य बराबरको सामान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१३ छाउनी बस्ने पर्सा वीरगंज महानगरपालिका-१३ घर भएका ३१ वर्षीय अबिनाष अग्रवाल र काठमाडौं महानगरपालिका-१५ सानो भर्‍याङ बस्ने भारत राजस्थान सिकर घर भएका ४१ वर्षीय महाबिर गजुर रहेका छन् ।
विभिन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा रहेको पुराना मितिलाई उप्काई स्टिकरमा नयाँ मिति राखी बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै काठमाडौं महानगरपालिका-१५ सानो भर्‍याङस्थित समिट कमर्सियल प्रालिले भाडामा लिएको घरबाट करिब १ करोड रुपैयाँ बराबरको पुराना सामानलाई नयाँ मितिका स्टिकर टाँस गरी बजार पठाउन तयारी गरी राखेको म्याद गुज्रेका कस्मेटिक सामान र काठमाडौं महानगरपालिका-२२ भोटेबहालको गोदामबाट १ करोड रुपैयाँ बराबरको म्याद गुज्रेका अन्य कस्मेटिक सामानहरु गरी जम्मा २ करोड मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई अनुसन्धान तथा कारवाहीका लागि बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमल काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको विरोधमा उत्रिए माझी समुदाय

Next Post

छिन्नमस्ता मन्दिरबाट चोरी भएको मुकुट सहित १ जना पक्राउ

Next Post
मन्थली १० का वडाध्यक्ष बोहोरा पक्राउ

छिन्नमस्ता मन्दिरबाट चोरी भएको मुकुट सहित १ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.