Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको विरोधमा उत्रिए माझी समुदाय

जनता भ्वाइस by जनता भ्वाइस
August 5, 2021
in राष्ट्रिय समाचार, समाचार
0
सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको विरोधमा उत्रिए माझी समुदाय
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

साउन १७ रामेछाप ।
सुनकोशी –२ जलविद्युत आयोजना निर्माणको बिरोध गर्दै रामेछापका माझी समुदाय विरोधमा उत्रिएका छन् । जलविधुत आयोजना निर्माण हुँदा सुनकोशी र तामाकोशी नदिको किनार आसपास बसोबास गर्ने सबै माझी समुदाय विस्थापित हुने भन्दै आन्दोलनमा उत्रिएका हुन । आयोजना निमार्ण भए माझी समुदाय मात्र नभइ रामेछापको सदरमुकाम सहित २ वटा नगरपालिका र एक गाउँपालिका समेत डुवान हुने भएकोले उनिहरुले बिरोध गरेका हुन । नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिती रामेछापको आयोजनामा भएको बिरोध कार्यक्रममा सुनकोशी–२ जलविधुत आयोजना चाहिदैन,जातिय पहिचान मास्न पाइदैन भन्दै सयौंको संख्यामा माझी समुदाय जलबिद्युत आयोजनाको विरोध गर्दै सडकमा उत्रेका हुन् ।


आयोजना निर्माण हुदा आफ्नो धर्म संस्कार संस्कृतीको बिनास हुनका साथै समाज विभाजन तर्फ जाने भन्दै आफुहरु पुर्खाको थाक थलो नछोड्ने माझी नेपाल माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्र बहादुर माझीको भनाई छ ।

जलविद्युत आयोजनाले केहि पैसा दिदैमा आफ्नो संस्कार र संस्कृती त्याग्न नसक्ने हुनाले आफुहरु कुनै हालतमा आयोजना सञ्चालन हुन नदिने भन्दै आन्दोलनमा एक जुट भएर लाग्नु पर्ने बागमती प्रदेश प्रदेश सभा सदस्य रिता माझी बताउँछिन् ।

जलविद्युत आयोजना निर्माण भएमा रामेछापको सदरमुकाम मन्थली लगाएत सिन्धुलीका विभिन्न बस्ती सहित ६ हजार भन्दा बढी घरधुरी डुबानमा पर्ने सुनकोशी–२ जलविधुत आयोजना जलविधुत आयोजना इन्जिनियर सुवास थपलिया बताउँछन् ।

योजना निमार्ण हुदा रामेछापको सदरमुकाम मन्थली सहित रामेछापको ३ वटा र सिन्धुलीको ३ वटा स्थानिय तहकोको अधिकांश भु–भाग डुबानमा पर्ने भएकोले योजना निर्माण गर्न भने सहज अवस्था छैन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सत्र वर्ष पछि मुल फुट्यो

Next Post

म्याद गुज्रेका सामानमा नयाँ मिति राखी बिक्री गर्ने २ जना पक्राउ

Next Post
कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ

म्याद गुज्रेका सामानमा नयाँ मिति राखी बिक्री गर्ने २ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...