Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१६ वर्ष पछि निर्दोष सावित भए कार्की

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
१६ वर्ष पछि निर्दोष सावित भए कार्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेस रामेछापका सचिब लेख बहादुर कार्कीले आफुले १६ बर्ष पछी न्याय पाएका छन् । कार्कीले मंगलवार पत्रकारहरु संग कुरा गर्दै भने – ‘मलाई ठगी मुद्दामा अदालतले १६ वर्ष सम्म अन्याय गर्यो तर आज १६ पछि सफाइ दियो ।  हचुवाको भरमा दिएको मुद्दामा अदालतले समयमा फैसला नसुनाउदा मैले १६ बर्ष अन्यायमा दिन बिताए । ढिला न्याय पाउनु भनेको अन्यायहुनु रहेछ उनले भने ‘मलाई नखाएको विष लाग्यो। त्यो सहकारीको निर्णायक पदमा पनि म थिइनँ म सदस्य मात्र थिए । बजारमा गरेको लगानी नउठेको कारण सहकारी डुबेछ । पैसा उठाउँदै फिर्ता गर्दै गर्ने क्रममा संस्थामा ताला लगाइएपछि केही बचतकर्ताको रकम फिर्ता गर्न बाँकी रहेछ ।आफु जिल्ला आएकोले यी सबै कुरा मलाई थाहा पनि भएन । न सहकारिमा समस्या आएको सबै कुरा थाहा भयो न म माथि मुद्दा परेको कुरा थाहा भयो। मुद्दा हाल्नेहरु अदालतमा प्रमाण लिएर आउन भन्दा पनि वयान दिन गएनछन् तर जिल्ला अदालतको फैसला पछि जेल बस्न पर्यो’ ।

लगातार १६ वर्षसम्म आफूले अपमान र ठगको आरोप सहनु परेको कार्कीले बताए । ‘जेल बसियो, जरिवाना तिरियो, पार्टी भित्र, बाहिर र कतिपय सार्वजनिक स्थानमा समेत अपमानित हुनुपर्यो, कतिपय ठाउँमा बहिष्कृत समेत हुनुपर्यो’ भन्दै कार्कीले गुनासो सुनाए ।

सर्वोच्च अदालतको फैसला बमोजिम आफूले जरिवाना तिरेको रकम फिर्ता पाउने भए पनि जेल बस्दा भएको क्षति र मानसिक रुपमा अपमानित भए वापत पाउने क्षतिपूर्ति कसले दिने ? भन्दै उहाँले प्रश्न समेत गरे ।

कांग्रेस नेता कार्की काठमाडौंको एक सहकारी संस्थाको सञ्चालक समिति सदस्य रहेको बेला सहकारीको पैसा हिनामिना गरी सहकारी डुबाएको भन्दै कार्कीलगायत चार जनालाई गठी मुद्दा लागेको थियो । सो मुद्दामा कार्की सहित चार जनालाई काठमाडौं जिल्ला अदालतले २०६२ साल असार १४ गते जनही २ वर्ष जेल र ६ लाख ८२ हजार ५ सय ५२ रुपैँया जरिवाना सुनाएको थियो ।

द्वन्द्वको बेला भएको र आफू रामेछापमा नै रहेको कारण मुद्दा परेको कुरै थाहा नभएकोले आफूले प्रतिवादी समेत लगाउन नपाएको कांग्रेस नेता कार्कीले बताए । फैसला आएपछि थाहा पाएर २०६४ सालमा १३ महिना ११ दिन जेल बसी सजाय भुक्तानी र जरिवानाको रकम समेत तिरेर कार्की रामेछाप कारागारबाट छुटेका थिए ।

सो मुद्दामा २०६५ माघ १२ गते पुनरावेदन अदालत पाटनले आरोपी मध्ये चन्द्रबहादुर खड्कालाई १ लाख ३६ हजार ५ सय १० रुपैँया जरिवाना गर्ने र अन्यलाई भने जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला सुनाएको थियो ।

त्यसका विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा न्यायाधीश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले कार्की लगायत चारै जनालाई सफाइ दिएको छ । संयुक्त इजलासले गत पुष १२ गते सो फैसला सुनाएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेफस्कोनले मनायो स्थापना दिवस

Next Post

फुट्यो एमाले

Next Post
फुट्यो एमाले

फुट्यो एमाले

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.