रामेछाप सदरमुकाम मन्थलीमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ। आकाशेमा निर्माण हुन लागेको उक्त अस्पताल भवनको शिलान्यास मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले गरेका छन् । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरि १५ शैयाको अस्पताल बनाउन लागिएको हो ।
९ करोड ३२ लाख ५० हजारको लागतमा सो अस्पताल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछापमार्फत बन्न लागेको हो ।
२०७९ मंसिर ३० गते निर्माणका सम्पन्न गर्ने गरी गाल्वा/लाल शुभ मेन्द्रो जेभी काठमाडौँले निर्माणको जिम्मेवारी पाएको छ ।
शिलान्यासको कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले आजको दिन आफु जिन्दगिको सबै भन्दा खुसी भएको बताएका छन् । अब यो अस्पताल बनेपछि रामेछापवासीले उपचारका लागि राजधानी धाउन नपर्ने उनको ठहर छ ।