Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली मा वि.मा काण्डै काण्ड, काण्डमा मुछिने मन्थली नगरका कर्मचारी पनि

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, फिचर, राष्ट्रिय समाचार, समाचार
0
मन्थली मा वि.मा काण्डै काण्ड, काण्डमा मुछिने मन्थली नगरका कर्मचारी पनि
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । संक्षिप्त प्रतिवेदनका नाममा गत बुधबार पत्रकार सम्मेलन मार्फत मन्थली मा विको छानविन प्रतिवेदन सार्वजनिक गरेको मन्थली नगरपालिकाले चौतर्फी दवाबका बीच आइतबार सामाजिक सञ्जाल मार्फत समितिको पूर्र्ण विवरण उपलब्ध गराउने जनाएको छ । उसले नियमानुसार राजश्व तिरेर प्रतिवेदन लिन चाहनेहरुका लागि प्रतिवेदनको प्रमाणित नक्ललप्रति आइतबारबाटै उपलब्ध गराएको हो ।
प्रतिवेदनले मन्थली मा वि काण्डैकाण्डको भूमरीमा फसेको प्रमाणित गरेको छ । भुमरीमा फसेको प्रमाणित हुनेहरुमा मन्थली नगरपालिकाका कर्मचारीदेखि, विद्यालय ब्यवस्थापन समितिका सदस्य, शिक्षक र कर्मचारीहरुसम्म रहेका छन् । उनीहरु मध्ये धेरैजसो कतै न कतै आर्थिक रुपमा जोडिएका छन् । नाम जोडिनेहरुमा नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीदेखि, दर्जन भन्दा बढी शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य ओमबाबु पुरीसम्म रहेका छन् ।
जिल्लामा नमूना मा विको रुपमा उँचो स्थान बनाएको हालको विद्यालय ब्यवस्थापन समिति गठन प्रक्रियादेखि विभिन्न भौतिक संरचना निर्माणको क्रममा भए गरेका कमी कमजोरी र अनियमितता, कर्मचारी र शिक्षक नियुक्ति, अनि तलब भुक्तानी प्रक्रिया, विद्यार्थीसंगको शुल्क असुली र तलब भत्ता प्रकरणमा शिक्षक तथा नगरपालिकाका कर्मचारीहरुको समेत काण्ड जोडिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति नै अवैधानिक



वि.व्य.स. गठन सहयोग समितिले सार्वजनिक गरेको अभिभावकको नामावलीमा अभिभावकको संख्या १ हजार ६ सय ८९ जना थियो । तर २०७६÷१०÷०८ मा बसेको अभिभावक भेलामा उपस्थित अभिभावकको संख्या ४८३ मात्र रहेको देखिन्छ । यसलाई आधार मान्ने हो भने विद्यालय व्यवस्थापन समिति गठनको लागि गणपूरक संख्या नपुगिकन भेला र निर्वाचन गरेको देखिन आउँछ । त्यस बाहेक उम्मेदवार दर्ता बाहेकका निर्वाचनसँग सम्बन्धित अन्य कार्यहरु कार्यतालिका बमोजिम सञ्चालन गरेको समेत देखिदैन । वि.व्य.स. छनौट सहजिकरण समितिको वैंठकमा समेत सवै उम्मेदवार उपस्थित भएका थिएनन् । मनोनयन दर्ता गराउने को मनोनयन नै फिर्ता नलिई मनोमानी ढंगले विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिने लगायतका कामको आधारलाई हेर्ने हो भने वर्तमान ब्यवस्थापन समिति अवैधानिक देखिन आउँछ ।

नियम विपरीत भत्ता लिनेमा नगरका कर्मचारी र शिक्षक पनि



विद्यालयले सञ्चालन गरेको विविध कार्यक्रममा खाजा खर्च तथा भत्ता धेरै लिनेमा मन्थली नगरपालिकाका कर्मचारीदेखि शिक्षकसम्म रहेका छन् । छिमेकी विद्यालय अनुभव आदानप्रदान कार्यक्रममा मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले एकै दिन ६ हजारको खाजा खाएका छन् । त्यस्तै २०७८ असार २९ गतेको शिक्षक मनोपरामर्श र नेतृत्व विकास तालिममा समेत नगरपालिकाको कार्यसञ्चालन निर्देशिका विपरीत बुढाथोकीले एकै दिन १२ हजार भत्ता लिए । त्यसैगरी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सौभाग्य न्यौपानेले समेत सोही शीर्षकमा १२ हजार रुपैयाँ र तत्कालीन रामेछाप नगर शिक्षा शाखा प्रमुख शुकदेव नेपालले पनि ३ हजार भत्ता लिए । तर मन्थली नगरपालिकाको कार्य सञ्चालन निर्देशिकामा कार्यपत्र प्रस्तुत कर्तालाई २ हजार र तयारीकर्तालाई १ हजार दिने भनि प्रष्ट लेखिएको छ ।
छिमेकी विद्यालय अनुभब आदानप्रदान कार्यक्रममा मन्थली मा विकै शिक्षक चन्द्रसिं धामीले ४ हजारको खाजा खाए भने शिक्षक नरसिंह धामीले पनि ३ हजारको खाजा खाएका छन् ।

शिक्षक भर्ना र शिक्षकको तलब



विद्यालयले कर्मचारी भर्ना सम्बन्धि सामान्य नियम पनि पालना नगरी मनोमानी रुपमा शिक्षक भर्ना गरेको छ । सूचनानै प्रकाशन नगरी सोझै नियुक्ति पाउनेहरुमा २१ जना शिक्षक, ४ जना कार्यालय सहयोगी र चालक ३ जना, सहचालक २ जना र एक जना पुस्तकालयका कर्मचारी रहेका छन् । त्यसै गरी १० जना शिक्षकहरुले अध्यापन अनुमति पत्र विना नै जागिर खाने अवसर पाएका छन् ।
भविष्यको कर्णधार उत्पादन गर्ने जिम्मा लिएको विद्यालयले समेत कुनै ऐन कानून नमान्नुले मन्थली माध्यमिक विद्यालयको नैतिकतामा प्रश्न उठेको छ । शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९, मन्थली नगरपालिकाको आधारभूत तथा माध्यामिक शिक्षा ऐन, २०७५ र मन्थली मा विको शिक्षक तथा कर्मचारी छनौट र व्यवस्थापन कार्यविधि, २०७७ मा रहेको प्रक्रियासमेत वास्ता नगर्नुले मन्थली माध्यमिक विद्यालय ऐन कानुन विपरीत चलेको पुष्टि भएको छ । त्यस बाहेक मन्थली माध्यमिक विद्यालयले शिक्षकको तलबमा पनि किर्ते गरेको छ । उसले मन्थली नगरपालिकालाई बुझाएको तलवी भर्पाईमा र विद्यालयमा भएको भर्पाईमा धेरै फरक देखिएको छ । मन्थली नगरपालिकालाई बुझाउने भर्पाईमा तलब स्केल बढी देखाउँदै विद्यालयले शिक्षकलाई भने कम तलव दिने गरेको पनि पुष्टि भएको छ ।

लेखापालको दोहोरो तलब



२०७७ पौष १ गते नियुक्ति लिएका लेखापाल संजिव श्रेष्ठको नाममा मन्थली माध्यमिक विद्यालयले उक्त मिति भन्दा अगाडि देखिनै उनको नाममा तलव निकासा गरेको छ । विद्यालयले लेखापाल श्रेष्ठ २०७५ फागुन १ गतेदेखि नै निरन्तर काम गरेको देखाई २०७७ माघ ११ गते म्याद थपि २०७७ साउन १ गतेदेखि २०७८ असारसम्म २५ हजारका दरले तलब बुझेको भर्पाई गरेको छ । सोझो आँखाले हेर्दासमेत निजको नाममा ६ महिना दोहोरो तलब लिएको देखिन्छ ।

अभिभावकसँग जबर्जस्ती शुल्क असुली



मन्थली माध्यमिक विद्यालयले आर्थिक वर्ष २०७७/७८ मा सहयोग शुल्क र मासिक किस्ता सहयोग शुल्कको नाममा गरी अभिभावकसँग जबर्जस्ती सहयोग शुल्क उठाइएको छ । उसले एक वर्षमा कुल ४३ लाख १८ हजार १ सय असुलेको छ । नेपाल सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गराएको छ तर अभिभावकसँग जबर्जस्ती उठाएको पैसाको सही सदुपयोग हुन सकेन । मन्थली माध्यमिक विद्यालयले अभिभावकसँग उठाएको रकम खाजा, चार्डपर्व खर्च र भत्ता शीर्षकमा खर्च गरेको छ । जसमा विद्यालयले ठाडो भर्पाई मार्फत र नगद उधारो बीलका आधारमा समेत भुक्तानी दिन पछि परेन ।

अनियमित देखिएको ४ लाख भन्दा बढि असुल्न निर्देशन

प्रतिवेदनले नगरका कर्मचारीदेखि शिक्षकसम्मले तलब, खाजा, लगायत विभिन्न शीर्षकको भत्ता वापतको शीर्षकमा नियम बाहिर गएर सुविधा लिए वापतको र प्र अ तथा शिक्षकहरुले समेत १५ प्रतिशत कर तिर्नु पर्नेमा १ प्रतिशत मात्र तिरेकोले तोकिएका व्यक्तिहरुसँगको सबै शीर्षकबाट गरी करिब ४ लाख १० हजार २ सय ४५ रुपैयाँ असुल उपर गर्न पनि भनेको छ ।
यस बाहेक नमुना विद्यालय कार्यक्रम अन्तर्गत नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त मन्थली मा.वि.को भौतिक निर्माणका लागि १ करोड भन्दा वढीको लागत मूल्य भएको टेण्डर प्रक्रियामा जान पर्ने हुन्छ तर मन्थली माध्यामिक विद्यालयले छात्रावास भवन निर्माणको काम गर्दा आर्थिक नियमको प्रक्रियालाई पनि बेवास्ता गरेको छ ।
उक्त शीर्षकमा विद्यालयले १ करोड ५ लाख वरावरको लागत अनुमान तयार गरी स्थानीय तहबाट स्वीकृत गराई टेण्डर प्रक्रियामा जानु पथ्र्योे तर मन्थली मा विले त्यसो नगरी बजेट ब्रेक डाउन गरी छात्रावास भवनको अधुरो कामको लागत स्टमेट तयार गराई विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहाल स्वयम् आफैले स्वीकृत गरी भौतिक निर्माणमा खर्च गरेका छन् । जुन प्रचलित खरिद ऐन तथा नियमावलीको विरुद्ध हो ।
प्रतिवेदनका अनसार– विद्यालयको नमूना विद्यालय निर्माण सम्बन्धि कार्यको अभिलेख अध्ययन गर्दा लागत अनुमान तीन लाल कन्ट्रक्सन एण्ड कन्सल्टेन्ट प्रा लि द्वारा रु १ करोड ४९ लाख २५ हजार ३ सय उनान्सत्तरी रुपैया ७० पैसाको गरेको थियो । सो लागत अनुमान प्रधानाध्यापक टंकप्रसाद दाहालले प्रमाणित गरी मन्थली नगरपालिकामा सम्झौताका लागि पेश गरेका थिए ।
आर्थिक वर्ष २०७७÷७८ मा नमुना विद्यालय कार्यक्रमका लागि नगरपालिकासँग भएको सम्झौता अनुसार सम्झौता रकम रु १ करोड, ७४ लाख, ९४ हजार २ सय ७० थियो र कार्य सम्पन्न मिति २०७८÷०३÷३१ सम्म थियो । सम्झौता अनुसार नमुना विद्यालय कार्यक्रमबाट १ करोड ५० लाख र सम्बन्धित विद्यालयको रु २४ लाख ९४ हजार २ सय ७० गरी जम्मा १ करोड ७४ लाख ९४ हजार २ सय ७० को डिजाइन, लागत अनुमान अनुसारको कार्य हुनुपर्ने हुन्छ । तर विद्यालयले पुन दोस्रो पटक सोही आयोजनाको लागत अनुमान ग्रयाब ईन्जिनियरिङ प्रा.लि. बाट गरायो र सोको लागत रु ७८ लाख २० हजार १ सय २ पैसा ९४ लाई पनि प्र.अ. टंकप्रसाद दाहालले स्वीकृत गरे । सोही डिजाइन इस्टिमेट अनुसार निर्माण कार्य गर्ने भनी उपसमितिले निर्णय पनि ग¥यो ।
मन्थली मा विले बिना ल्याव टेस्ट, बिना आयोजना सूचना बोर्ड र सम्बन्धित पक्षले ब्यहोर्नु पर्ने रकम जस्ता महत्वपूर्ण पक्षलाई ध्यान नै नदिई सरासर कामलाई अघि वढायो । विद्यालयमा भएका कार्य मध्ये शौचालय जाने बाटोमा पाली निर्माणका लागि रू ३ लाख ४४ हजार ८ सय ४२ पैसा ७४ र साइन्स ल्याब मन्दिर माथिको बाटोमा ब्लक राख्न रू ६ लाख ३३ हजार ७ सय ९९ पैसा ०७ लागतको अनुमानित ईष्टमेट गर्न सोही विद्यालयका प्राविधिक शिक्षक दिपेश बस्नेतलाई तयार गर्न लगाई प्र.अ.ले नै स्वीकृत गरे । जुन उपयोजना बनाउने र खर्च गर्ने कुनै पनि कानुनी अधिकार विद्यालयसँग थिएन ।
छात्रावास निर्माण कार्यको दोस्रो पटक गरिएको लागत अनुमानमा विद्यालयको पुरानो दुई कोठे ट्रस्ट भवन भत्काउने र हटाउने वापत खर्च हुने गरि रु १ लाख २९ हजार १ सय १४ पैसा ३४ राखे पनि ट्रस्ट भवनबाट आएका जस्ता पाता, फलामे ट्रस्ट तथा झ्याल ढोकाहरु कहाँ र कसको जिम्मामा छ भन्ने कुराको कुनै पत्तो छैन ।
निर्माणाधीन छात्रावास भवनको दोस्रो पटक तयार गरिएको नक्सा बमोजिम एक तला भवन निर्माण कार्य निर्माणाधीन अवस्थामा छ । तर उक्त शीर्षकको रकम मन्थली माध्यमिक विद्यालयले भवन निर्माण नै नसकी निणर््ायका आधारमा आफ्नो खातामा निकासा गराएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो समाचार भदौ २८ को पालिका आवाजमा प्रकाशित भएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

एमाले एक ढिक्का छ– मन्त्री पौडेल

Next Post

पार्क समिति, स्थानीय सरकार र मन्त्रीहरुलाई गिज्याउँदै बिटारपार्क

Next Post
पार्क समिति, स्थानीय सरकार र मन्त्रीहरुलाई गिज्याउँदै बिटारपार्क

पार्क समिति, स्थानीय सरकार र मन्त्रीहरुलाई गिज्याउँदै बिटारपार्क

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.